Posts

तामाङहरुको तिमालजात्रा

Image
बौद्ध धर्मावलम्बी तामाङ जातिको संस्कृति अध्ययन गर्दा हरेक पूणिर्माका दिन कुनै न कुनै चाड परेको देखिन्छ । थुप्रै चाडपर्वमध्ये तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको एउटा प्रमुख पर्व हो- तिमालजात्रा । चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो । तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला , सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसीभागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत , बर्मा , भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।  यस जात्राको उत्पत्तिका सम्बन्धमा खोजी गर्दा ठोस प्रमाण र तर्कपूर्ण किंबदन्ती अझै पाउन सकिएको छैन । तर जेजति प्राप्त भएका छन् , त्यसका अनुसार यस जात्राको उत्पत्ति काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत...

तामाङ भाषाको गजल

Image
                                            थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास फूर्ति ओन्सी थाक्लाङ्गो ए , एला जिन्दगी थेरीन निला एसे तिला याङला खेप्पा स्हे , जुवा तास क्लाङसी खास जाजागी मुबा ह्वारी बु क्लाङना क्लाङना थेनोन् बेला दिमरी चाबादा छ्याम्बा गाण्डु आरे फिरक्याप फूर्ति लासी ब्रालास एला जिन्दगी निजी निजी आर्कुदा तिकादा न्हो ङना लासे आपासेमी कान खु बाला विबा दिम थेमेला कात्थेबा आश थाक्लाङ्गो जुवा थेन तास ताला एला ल्हारी बास चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास साभार छार गोङमा Posted by तामाङ ह्युल्ला परिवार सुनसान तामाङ पाख्रिन (Sunsan Tamang Pakhrin)

तामाङ भाषाको कविता शान्तिला ह्युल नेपाल

Image
शान्तिला ह्युल नेपाल ( साभार छार गोङमा) च्योमदान्देसे याङवा मुबा शान्तिला ह्युल नेपाल बिसी गाङसाल नेपाली सिसी जिन्जी ज्योज्यो थेन आले छेसी छेसी तिका याङला ज्योज्यो आलेसे नेपालरी आतंकदा बासी कवा पिन्बा आबा आमादा सेम क्राना लासी आछेगो दारेम नेपालीकादे ल्हानान म्ही सिजी गाङसाल नाना आङाजुगु विधुवा दोसी चिजी आताजी दारेम ह्याङला चु ह्युल्सा जाम्बुलीङरी विशाल न्होङसी निजी दारेम ह्याङला शान्तिला ह्युल नेपाल Posted by तामाङ ह्युल्ला परिवार सुनसान तामाङ पाख्रिन (Sunsan Tamang Pakhrin)

तामाङ कविता (Tamang poem)

म्हिलुइ केबामी नेबारी चु ल्हुइ केजिम क्राबारी एसेम क्राना लासाइनोन गुनासो आरे चु सेमरी । गोङ्मा ङाइ छार् पोबारी छ्यम्नोन एदाइ बोर्बारी आब्रामा ङ्यान्दे ङादेम छ्याम् छार् ग्याम एसे सोजिमाम । मायाला छो ङाइ रिम्जी रिम्बाला सट्टारी ब्राजिम ए टाङ्बारी टाङ्नोन टाङ्जी आखिररी । ब्रान्बा म्हिदा गादे गाह्रो दुङाल् गो आँखाम्जी ङाइमी एदाम सेम पिन्बाम दुङाल्ला ग्योइरी हुइपिन्जी । पुजुसे एदा ब्लोसामी चु तिङरी सुशेर् खामुला मिख्लीला ग्योइरी ङा ब्योङमा नेसी स्यासी टिजिम् ए । डेनमुला तिङरी ब्लोसाइनोन आज्याबा दुङाल् पिन्साइनोन ल्हानान एला छे रेङगाइ लाबा लुङ्सुरसे आबोर्गाइ । आब्रान्बा आहिन ङाइ एदा एनोन गाइजिम खाबारी या चुङ्बारी आपिन्बा आहिन ङाइ एदा एनोन फ्याङजिम ब्याब फुइसी । साभारः     Bhim Dong Tamang

तथ्याङ्क दिन चाहेको छैन ।

तामाङ जातीको जनसंख्या ! श्री ५ को सरकार र हाल नेपाल सरकारले प्रत्यक १०-१० बर्षमा सम्पन्न गर्ने राष्ट्रिय जनगणना २०५८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्या २ करोड ३१ लाख रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अझै पनि नेपालमा बसोबास गर्ने बिबिध जातजातिहरुबारे कुन जातिको जनसंख्या कती छ भनेर तत्कालिन वा बर्तमान सरकारले सही तथ्याङ्क दिन चाहेको छैन । नेपालको आदिवासी तामाङ जाती पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएर बसोबास गर्दै आइरहेको एतिहासिक पृष्ठभूमी रहेको छ । नेपाल सरकारको २०४८ सालको जनगणनाअनुसार तामाङ जातिको कुल जनसंख्या १० , १८ , २५२ रहेको देखिन्छ भने प्रत्यक १०-१० बर्षपछी गरिने जनगणनामा २०५८ सालको तथ्याङ्कअनुसार तामाङ जातिको जनसंख्या १२ , ८२ , ३०४ मध्य तामाङ जातिको जनसंख्या १५ लाख ३९ हजार ८३० देखाएका छन । यो जनगणनाले पनि तामाङ जातिको सही जनसंख्याको तथ्याङ्क दिन सकेन । वास्तबमा तामाङ जातिको जनसंख्या निश्चितरुपमा ३० लाख भन्दा माथि हुनुपर्दछ । तर यती धेरै अन्तर क-कसको गल्तिले हुँदै छ ? ति पाखण्डी राणाशासकहरुको निरङ्कुश राज्यब्याबस्थाको निले गर्दा नेपालबाट भारत गएर बसोबास गर...

ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा

Image
मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको , आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै , नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको , ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्य...

तामाङलाई ह्योल्मो बनाउने अभियान चुनौतीको रुपमा आएको छ

भरतपुर नगरपालिका ११ , प्रगतिपथका सुर्य प्रकाश लामा हाल भरतपुर नगरपालिकामार् इन्जिनियरको रूपमा कार्यरत छन् । पुर्ख्र्यौली थलो सिन्धुपाल्चोक रहे पनि बुबाको पालामा सिन्धुपाल्चोकको कच्छीबाट दार्जिलिङ बसाइँ सरेका थिए । पछि वि.सं. २०२१/२२ सालमा चितवनमा सरेको लामा बताउँछन् । उनले स्कूल लेभलसम्मको पढाइ चितवनबाटै पूरा गरेका थिए । डिप्लोमा पोखराबाट र व्याचलर एक्मी इन्जिनियरिङ कलेज काठमाडौंबाट २०६६ मा पूरा गरेका हुन् । भरतपुर नगर तामाङ समाजको सह-सचिव लगायत विभिन्न सङ्घसंस्थामा आवद्ध लामासँग चितवनका तामाङ समुदायमा केन्द्रित रहेर गरिएको कुराकानीः कस्तो हुँदैछ कामको अनुभव ? अफिसियल काम हो , राम्रै भईरहेको छ । भरतपुर नगरपालिकामा तामाङको मात्र नभएर जनजातिहरूबाटै पनि कोही छैन मेरो (अधिकृत) लेभलको पोष्टमा रहेर काम गर्ने । जनजातिबाट म मात्रै छु , अन्य सबै कर्मचारी गैरजनजाति समुदायका छन् । चितवनको तामाङहरूको बसाइको बारेमा केहि जानकारी गराइदिनुस न । चितवनको इतिहास दुई किसिमको छ । नौ वटा गाविसहरू पहाडी गाविसमा पर्छन् । चितवन भन्ने वित्तिकै सुगम र सम्म भन्ने बुझाइ रहेको हुन्छ । तर ती नौ वटा गाविसहरू...