Posts

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे

Image
साभार:-  Sanchu Blon Tamang तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे | तिनी कातिर्क १ गते । तामाङ लेखनला ऐतिहासिक रे हिन्ना । तामाङ ग्योइ लेखन दिवस बिसी दाङ्बा प्रस्ताव तामाङ साहित्य एकेडेमिसे चु ङच्छान लाबा मुला । चु प्रस्तवा निबा दिङ ङि ङाच्छान एकेडेमिसे लाबा हिन्ना । बि.स १९८९ कार्तिक १ सोमबार कुनु गोर्खापत्र स्योस्योरि तामाङ ग्योइला गिक्छा थेन आधिकारिक प्रकाशन ताबा मुबा । थे दुइरि तामाङ ग्योइरि तत्कालिन ग्रेनलोन्पोला भाषण दा गोर्खापत्र स्योस्यो छिबाला मुबा । त िनी बिमा बोगाल ब्लिसे ङि (८२) दिङ ङाछा तत्कालिन ग्रेनलोन्पो जुद्धशम्सेर राणासे वि.सं. १९८९ अशोज ३१ गते पिन्बा भाषण ला सारदा ल्होलोल्होलो आमाग्योइरि मुबा । ‘ तामाङ ग्योइरि न ब्रि , तामाङ ग्योइदा सोनालाइ बिबा नाराला छ्यामरि तिनी सामाजिक सन्जलका देरि तामाङकादेसे सन्देश प्रभाह लासि चिबा मुला । तामाङ लेखन आन्दोलन ङाच्छा बोर्गे , तामाङ ग्योइरिन साहित्य सिर्जना , आमाग्योइला विकासरि बो किन्गे , तामाङ ग्योइ छार पुस्तादा हस्तान्तरण दा ’ बिबा नाराला छ्यामरि तिनीला रेदा तामाङ ग्योइ थेन ग्योइकाइदा क्षेत्र रि गे ...

संघीयताका अन्तर्राष्ट्रिय अनुभव

साभारः  Amrit Lopchan Tamang डा. मंगलसिद्धि मानन्धर   mangalsidhi अन्तरिम संविधानले २०६३ सालमा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको थियो । त्यसअनुसार पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले पहिचानलाई प्रमुख आधार र सामथ्र्यलाई सहायक आधार मानेर १४ प्रदेशको प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसरी नै ढिलै भए पनि २०६८ मंसिर ६ को मन्त्रिपरिषद् निर्णयअनुसार राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग गठन भयो । त्यसले पनि पहिचानलाई नै प्रमुख आधार बनाई १० प्रदेशको प्रस्ताव अगाडि सार्‍यो । आयोगले थप एक गैरभौगोलिक दलित प्रदेश पनि प्रस्ताव गर्‍यो । तर उल्लिखित प्रस्तावहरूप्रति पार्टीहरूबीच सहमति हुनसकेन । मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसले तीव्र रूपमा असहमति जनाए । तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओवादीले कुनै पनि प्रस्तावलाई प्रक्रियामा लगेर मतदान गराएन । सहमतिमै संविधान बनाउने आशयले संविधान लेखन अधुरै छाडियो । दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो पार्टीहरूको रूपमा स्थापित भए । ...

तामाङ ब्यक्ति परिचय स्तम्भ (थाहा पाई राखौ,चिनौ)

Image
अबिरल अटल निरन्तरःसुलोचना थिङ Sulochana Theeng Tamang ( के गर्नु हुन्छःयो पोस्टलाई लाईक , सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी गराउ र प्रोत्साहित गरौ) तामाङहरुको कुरा खासै संचार माध्यममा त्यति आउदैनन र तामाङ सन्चारकर्मीहरु पनि अहिले केहि बढे पनि यात्रा निकै कठिन नै छ।एउटा तामाङ सन्चारकर्मी भए पछि नियमित पत्रकारिताको चुनौतीहरु मात्र सामना गर्नु नपरी थप अपेक्षा , भ्रम चिर्ने , बुझाउने चुनौतीहरु पनि पक्कै रहन्छ।अझ महिलाको सङख्या त अझ कम छ।यी र यस्ता सबै चुनौतीलाई पार गर्दै हाम्रा एक चेली पनि करिब १५-१६ बर्ष देखी बिधुतिय संचार माध्यममा बिभिन्न कुराहरुलाई पार गर्दै दुर्घटनालाई पनि पर्बाह नगरी निरन्तर रुपमा अगाडि बढदै बिगत लामो समय देखी तामाङ र आदबासी मात्र नभई नेपालकै सम्रग संगित र संचार क्षेत्रलाई योगदान दिदै तामाङको नाम उँचो बनाउने काम गर्दै आउनु भएको छ। उहाँले बालबलिकाको क्षेत्र मार्फत समाज सेबा पनि गर्दै आउनु भएको छ।उहाँले धर्म अध्ययनमा पनि स्ताकोत्तर गर्नु भएको छ।उहाँले नेपालको प्रमुख सन्चार माध्यमहरु काम गरि सक्नु भएको छ। हाल मुख्य executive को रुपमा कार्यर...

बिमलाको मेडल,तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना

Image
साभारः  जनजाति डटनेट लेख-बिश्लेषण-- बिमला  तामाङ बिमलाको मेडल , तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना ( सबै तामाङले पढ्नु होला।प्रतिक्रिया दिनु होला। Share गर्नु होला।लामो भए पनि सबैले पढ्नु होला।महसुस गरौ।) अरुले भन्दा पनि यी कुराहरु तामाङले बुझ्नु पर्ने छ ।जुन दिन हामीले बुझ्ने छौ कसैले रोक्न सक्ने छैनन हामीलाई र हाम्रा प्रतिभाहरुले हराएर जानु पर्ने बाताबरण हट्ने छ।उचित कदर हुनेछ।समृद्द हुने छ।तामाङ १७ लाख जनसङख्या भएको जाति हो।१०-१२ भोटले जितेर जनता माथि राज गरिने परिपेक्षमा हामीले कुरा बुझे कसै सामु मागिरहनु पर्ने जरुरत नै पर्ने छन वा जातिय रुपमा बिभेद हुने स्थिति हुने छैन। हाईलाईट “ राज्यले पठाउने बेला त आफ्नो कर्तब्य निर्बाह गर्न सकेन अब उनलाई उचित सम्मान पुरुस्कार दिएर प्रस्याताप गर्नु पर्छ।१९ बर्षिय तामाङले सहि वाताबरण पाए कम्तिमा ३-४ वटा त ओल्म्पिक नै खेल्न सक्छिन मेडल जित्न सक्छिन(ओल्म्पिकमा पनि एसियाई खेलाडीले नै गोल्ड मेडल जितिरहेकी छन तसर्थ त्यति टाढा छैन)। राज्यले अहिले सम्मान गरि त्यसको लागि दिर्धकालिन योजना बनावोस।मिसन ओल्म्पि...

मेरो सस्कृति, मेरो पहिचान

Image
मेरो सास्कृति, मेरो पहिचान हामी समस्त तामाङ जातिको पहिचान, पहिरन,सस्कृती यहि हुन तपाईं हामी आफ्नो जातिय पहिचान,पहिरन, सस्कृतीलाई सधै माया गर्नु पर्छ तपाईं हामीले आफ्नो धर्म आफ्नो पहिचान सस्कृतीलाई गर्बका साथ बन्नु सक्नुपर्छ कि यो हामी तामाङ जातियको पहिचान हो यो हामी तामाङ जातीको पहिरन हो यो हामी तामाङ जातिको सस्कृती हो बनेर बन्नु सक्नुपर्छ । तर कतिपय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो धर्म बहिरा जानू भएको छ आफ्नो जातिय धर्म छोडेर बहिरी धर्ममा लाग्नु भएको छ वहाँहरुलाई सम्झाउन बुझाउन खोज्दा उल्टै नराम्रो दबाब आउने गरेको छ कत्तीको मुखबाट त यस्तो सम्म पनि बन्ने गरेको सुनियो,। कि तिम्रो त्यो उभिएको ढुंगालाई ढोकेर तिमीलाई खानु नपरेको हो पिउनु नपरेको हो तिम्रो धर्मले के दियौ के गर्यौ बन्ने जस्तो कुराहरु आएको छ । तर यहाँ नीर मैले बन्ने कुनै ठाँउ अनि कुरा पाएन । हेरौ तपाईंहरु को सुझाव अनि सल्लाह ।////लास्सो थुछेछे/// Posted by तामाङ ह्युल्ला परिवार सुनसान तामाङ पाख्रिन (Sunsan Tamang Pakhrin)

दशैं पर्व हाम्रो पर्व होइन बहिस्कार गर्नु पर्छ ।

Image
हिन्दु धर्म तामाङले मनाउदैनन् । तामाङको पर्व दशैं होइन । नेपालीहरु सबैको पर्व दशैँ होइन । हिन्दु धर्म भित्र बुद्धिस्ट धर्म पर्दैन । हामी तामाङ ले मनाउने धर्म भनेको बुद्धिस्ट धर्म हो । बुद्धले कहिल्यै पनि “ बली र मार हान्नु , रगतको टीका लाउनु र रगतले घरको भित्ता रङ्गाउनु  भन्नु भएको छैन । उहाँ शान्ति र अहिंसाको मानव पुजारी हुनुहुन्थ्यो । हाम्रो धर्म भनेको निधारमा रातो रगत लगाउने पर्व होइन, अरुको ज्यान मारेर आफ्नो स्वार्थी पुरा गर्ने धर्म पनि होइन । निधारमा रातो रगत भनेको नराम्रो संकेत पनि हो त्यस्तो निधारमा रातो हुनु भनेको त्यो दिनको बिजय असफलता जस्तै हो । हाम्रो देश नेपाल धर्मनिरपेक्ष राज्य भनी घोषण भई अन्तरीम संविधानमा समेत उल्लेख भइसकेको स्थिति हो यो स्थिति सम्म पनि तामाङले धर्मनिरपेक्ष देशमा हाम्रो पनि पर्व दशैं हो भनेर कहिले पनि मनाउने छैन । नेपाल बहुसांस्कृतिक , बहुभाषिक , बहुधार्मिक , बहुजातीय मुलुकको रूपमा परिचित र संविधानमा उल्लेख भएको छ तर पनि सबै नेपाली बुद्धिस्ट साथीहरु हिन्दु धर्मलाई नै मान्ने तरखरमा लाक्छन् । हाम्रो पर्व भनेको लोछार हो  दशैं एक...

धर्म–संस्कृतिका हिसाबले तामाङ (मुर्मि) हरू तुर्क–मंगोल वंशका मानिंदैनन्।

Image
पहिले ' मुर्मि ' र हिजोआज ' तामाङ ' भनेर चिनिने समुदायको नेपाल प्रवेशकाल बारे धेरै देशी – विदेशी विद्वानले खोजीनिती गरे पनि मतैक्य देखिंदैन ; कसैले प्रागैतिहासिककालदेखि , कसैले आठौं – एघारौं शताब्दीबीच र कसैले १८औं शताब्दीदेखि भनेका छन्। तामाङको उत्पत्तिस्थल (वाप्सा) , वंशसम्बन्ध (रुइ) र कुलदेवता (फोल्हा) का पाइएसम्मका सामग्रीबाट उनीहरू उत्तर चीन (घ्या – नाग्) , पुराङ् (दक्षिण – पश्चिम तिब्बत) , लो वा लोवो (मुस्ताङ्) , मानसरोवर इलाका (गङ्री) , गुङ्थाङ् (मङ्युल् वा जोङ्खा क्यीरोङ्तर्फ) समेतबाट नेपालको हिमाल र हिमाली काँठतिर बसाइँ सर्दै आएको बुझ्िन्छ। पद्मसंभवको गाथा बोकेर भोटबाट नेपाल (वेयुल) झ्रेका प्राचीन बौद्ध निङ् – म – प वा साङ्ङाग् परम्परा मान्नेहरू भने पक्कै पनि नवौं – दशौं शताब्दी वा त्योभन्दा पछि मात्र यता आइपुगेका हुन् भन्न सकिन्छ। तामाङ समुदायको वोन् धर्मानुयायी पुर्खामध्ये केही भने आठौं शताब्दीताका नै मङ्युल्को जोङ्कारबाट क्यीरोङ्हुँदै रसुवा प्रवेश गरिसकेको अनुमान लगाउन सकिन्छ।  इतिहासको डोरो पाँचौं – छैटौं शताब्दीताकासम्म पातलै काठमाडौं उपत्यकाको व...