Posts

hello

Image
(सोनाम ल्होछार ल्हुग ल्होछारको तामाङ फोटोहरु) (Tamang photos) नेपालको पछिल्लो जनगणनाको जम्मा जनसंख्या २६४९४५०४ मा ५.८ प्रतिशत अर्थात् क्षत्री , बाहुन (पहाड) , मगर र थारूपछिको पाँचौं स्थानमा रहेको जाति तामाङ हो।नेपाल भौगोलिक विविधता , विविध सांस्कृतिक परम्परा र उत्सवहरूको अथाह भण्डार रहेको देश हो। अतीतमा सांस्कृतिक गरिमाको सृष्टिमा नेपालका जातजाति पुर्खाहरूको उच्च योगदान रहेकोमा सन्देह रहँदैन। यसै क्रममा शतकौं-शतकदेखि विशेष नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हाली आफ्नो प्रभावी मूल थातथलो बनाई मौलिक सांस्कृतिक वैभवलाई उचाइमा पुर्‍याउँदै आएको मङ्गोल नश्ल अन्तर्गतको समुदाय हो तामाङ । lochhar photos 2851 नेपालभित्र मात्र नभई विश्वभर नै फैलिन पुगेको यो बृहत् समुदायको भाषा , धर्म , संस्कृतिका परम्परागत संरचनाहरू , संस्कारजन्य मान्यताहरू एवं विधि प्रक्रियाहरू उत्तर तिब्बतसँंग सामिप्यता राख्छन्। कतिपय सांस्कृतिक परम्परा बाह्य संस्कृतिको प्रभावले मौलिकता गुमाउने स्थितिमा पुग्ने आँकलन गरिँदैछ। किनकि यो समुदाय पनि आज परिवर्तनको सङ्घारमा उभिएको छ। यद्यपि गर्वको विषय यो छ कि तामाङ ...

(सोनाम ल्होछार ल्हुग ल्होला ज्यबादन्बा) Happy lhochhar 2071

Image

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)

Image
यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई ,  झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म ,  रोग ब्याधा ,  बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता ,  एकअर्कालाई मारेर खानुपर्ने ,  मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्त...

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

Image
तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे , उसै थरमा जीवनभर रहन्छे , जस्तै ‘ मोक्तान ’ थरकी चेली ‘ योन्जन ’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘ योन्जन ’ हुँदैन , तामाङ सामाजिक नियम अनुसार ऊ ‘ मोक्तान ’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा ‘ मोक्तानस्या ’ ( मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ , २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।) मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति , उपजाति , जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा , मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य , मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ। हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो , हाल तामाङ छोरी...

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे

Image
साभार:-  Sanchu Blon Tamang तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे | तिनी कातिर्क १ गते । तामाङ लेखनला ऐतिहासिक रे हिन्ना । तामाङ ग्योइ लेखन दिवस बिसी दाङ्बा प्रस्ताव तामाङ साहित्य एकेडेमिसे चु ङच्छान लाबा मुला । चु प्रस्तवा निबा दिङ ङि ङाच्छान एकेडेमिसे लाबा हिन्ना । बि.स १९८९ कार्तिक १ सोमबार कुनु गोर्खापत्र स्योस्योरि तामाङ ग्योइला गिक्छा थेन आधिकारिक प्रकाशन ताबा मुबा । थे दुइरि तामाङ ग्योइरि तत्कालिन ग्रेनलोन्पोला भाषण दा गोर्खापत्र स्योस्यो छिबाला मुबा । त िनी बिमा बोगाल ब्लिसे ङि (८२) दिङ ङाछा तत्कालिन ग्रेनलोन्पो जुद्धशम्सेर राणासे वि.सं. १९८९ अशोज ३१ गते पिन्बा भाषण ला सारदा ल्होलोल्होलो आमाग्योइरि मुबा । ‘ तामाङ ग्योइरि न ब्रि , तामाङ ग्योइदा सोनालाइ बिबा नाराला छ्यामरि तिनी सामाजिक सन्जलका देरि तामाङकादेसे सन्देश प्रभाह लासि चिबा मुला । तामाङ लेखन आन्दोलन ङाच्छा बोर्गे , तामाङ ग्योइरिन साहित्य सिर्जना , आमाग्योइला विकासरि बो किन्गे , तामाङ ग्योइ छार पुस्तादा हस्तान्तरण दा ’ बिबा नाराला छ्यामरि तिनीला रेदा तामाङ ग्योइ थेन ग्योइकाइदा क्षेत्र रि गे ...

संघीयताका अन्तर्राष्ट्रिय अनुभव

साभारः  Amrit Lopchan Tamang डा. मंगलसिद्धि मानन्धर   mangalsidhi अन्तरिम संविधानले २०६३ सालमा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको थियो । त्यसअनुसार पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले पहिचानलाई प्रमुख आधार र सामथ्र्यलाई सहायक आधार मानेर १४ प्रदेशको प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसरी नै ढिलै भए पनि २०६८ मंसिर ६ को मन्त्रिपरिषद् निर्णयअनुसार राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग गठन भयो । त्यसले पनि पहिचानलाई नै प्रमुख आधार बनाई १० प्रदेशको प्रस्ताव अगाडि सार्‍यो । आयोगले थप एक गैरभौगोलिक दलित प्रदेश पनि प्रस्ताव गर्‍यो । तर उल्लिखित प्रस्तावहरूप्रति पार्टीहरूबीच सहमति हुनसकेन । मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसले तीव्र रूपमा असहमति जनाए । तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओवादीले कुनै पनि प्रस्तावलाई प्रक्रियामा लगेर मतदान गराएन । सहमतिमै संविधान बनाउने आशयले संविधान लेखन अधुरै छाडियो । दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो पार्टीहरूको रूपमा स्थापित भए । ...