धर्म–संस्कृतिका हिसाबले तामाङ (मुर्मि) हरू तुर्क–मंगोल वंशका मानिंदैनन्।
पहिले ' मुर्मि ' र हिजोआज ' तामाङ ' भनेर चिनिने समुदायको नेपाल प्रवेशकाल बारे धेरै देशी – विदेशी विद्वानले खोजीनिती गरे पनि मतैक्य देखिंदैन ; कसैले प्रागैतिहासिककालदेखि , कसैले आठौं – एघारौं शताब्दीबीच र कसैले १८औं शताब्दीदेखि भनेका छन्। तामाङको उत्पत्तिस्थल (वाप्सा) , वंशसम्बन्ध (रुइ) र कुलदेवता (फोल्हा) का पाइएसम्मका सामग्रीबाट उनीहरू उत्तर चीन (घ्या – नाग्) , पुराङ् (दक्षिण – पश्चिम तिब्बत) , लो वा लोवो (मुस्ताङ्) , मानसरोवर इलाका (गङ्री) , गुङ्थाङ् (मङ्युल् वा जोङ्खा क्यीरोङ्तर्फ) समेतबाट नेपालको हिमाल र हिमाली काँठतिर बसाइँ सर्दै आएको बुझ्िन्छ। पद्मसंभवको गाथा बोकेर भोटबाट नेपाल (वेयुल) झ्रेका प्राचीन बौद्ध निङ् – म – प वा साङ्ङाग् परम्परा मान्नेहरू भने पक्कै पनि नवौं – दशौं शताब्दी वा त्योभन्दा पछि मात्र यता आइपुगेका हुन् भन्न सकिन्छ। तामाङ समुदायको वोन् धर्मानुयायी पुर्खामध्ये केही भने आठौं शताब्दीताका नै मङ्युल्को जोङ्कारबाट क्यीरोङ्हुँदै रसुवा प्रवेश गरिसकेको अनुमान लगाउन सकिन्छ। इतिहासको डोरो पाँचौं – छैटौं शताब्दीताकासम्म पातलै काठमाडौं उपत्यकाको व