दशैं पर्व हाम्रो पर्व होइन बहिस्कार गर्नु पर्छ ।

हिन्दु धर्म तामाङले मनाउदैनन् । तामाङको पर्व दशैं होइन । नेपालीहरु सबैको पर्व दशैँ होइन । हिन्दु धर्म भित्र बुद्धिस्ट धर्म पर्दैन । हामी तामाङ ले मनाउने धर्म भनेको बुद्धिस्ट धर्म हो । बुद्धले कहिल्यै पनि बली र मार हान्नु, रगतको टीका लाउनु र रगतले घरको भित्ता रङ्गाउनु  भन्नु भएको छैन । उहाँ शान्ति र अहिंसाको मानव पुजारी हुनुहुन्थ्यो । हाम्रो धर्म भनेको निधारमा रातो रगत लगाउने पर्व होइन, अरुको ज्यान मारेर आफ्नो स्वार्थी पुरा गर्ने धर्म पनि होइन निधारमा रातो रगत भनेको नराम्रो संकेत पनि हो त्यस्तो निधारमा रातो हुनु भनेको त्यो दिनको बिजय असफलता जस्तै हो हाम्रो देश नेपाल धर्मनिरपेक्ष राज्य भनी घोषण भई अन्तरीम संविधानमा समेत उल्लेख भइसकेको स्थिति हो यो स्थिति सम्म पनि तामाङले धर्मनिरपेक्ष देशमा हाम्रो पनि पर्व दशैं हो भनेर कहिले पनि मनाउने छैन नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुकको रूपमा परिचित र संविधानमा उल्लेख भएको छ तर पनि सबै नेपाली बुद्धिस्ट साथीहरु हिन्दु धर्मलाई नै मान्ने तरखरमा लाक्छन् हाम्रो पर्व भनेको लोछार हो  दशैं एक प्रकारले भन्दा सांस्कृतिक पर्व नभएर राजनीतिक पर्व पनि हो । यो हिन्दूहरूले नेपाल उपत्यकाल गायत वरिपरिका तामाङ क्षेत्र विजय गरेपछि मनाएको विज उत्सव पनि हो साथै हिन्दुधर्म सम्बन्धित मिथक अनुसार पौराणिक कथन अनुसार संसारमा भएका मानव जाति, देवताहरू तथा ऋषिमुनिहरूलाई दुःख दिएर विनाश गर्दै आएको अहंकारी रावणलाई भगवान श्रीरामले बध गरी विजय हासिल गरेको र संसारलाई मुक्ति प्रदान गरेको दिन तथा जगत् जननी नवदुर्गा माताले महिषासुरलाई बध गरी दुःख र अहंकारमाथि विजय प्राप्त भएको दिन विजयदशमी हो । त्यसैले दसैँमा उनीहरूले मन्दिरहरूमा बली दिएर रगतको रङ्गको रूपमा रातो टीका लगाएर यो पर्व मनाउँदछन् । पृथ्वीनारायण शाहले हाम्रा गणराज्यहरू माथि अतिक्रमण गरेपछि नै हाम्रो भाषा, धर्म संस्कृति, तथा हाम्रो सामाजिक, आर्थिक जीवनमा पनि ह्रास आएको हो । अतः दसैँ हाम्रा लागि कालो पर्व हो । त्यसकारण पनि हामीले दसैँ मान्दैनौं र मान्नुहुँदैन मनाउदैन् पनि

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)
                                                       जोरपाटी – ३  बौद्ध, काठमाडौं नेपाल

Sharing Buttons