तामाङ रिमठिम





शुभ साइत पारी कार्य आरम्भ गरिन्छ | छेवारको दिन बिहानै बालकलाई सफासुग्घर नुहाइ गरी के काट्ने तयार गरिन्छ | मामा र भान्जालाई पुर्व फर्कएर बसाइन्छ | मण्डपमा मामाले आसन ग्रहन गरेपछि एक पटक सगुन रेम बाँडिन्छ | भान्जा भन्दा ठीक पछाडि भान्जी चेलीहरुले टपरी माथि सेतो कपडा राखेर कपाल थाप्न बस्तछन | कपाल भुइमा पर्न दिनु हुँदैन भन्ने धारणा छ | निम्तलु र आफ्न्तहरु पनि छेवार मन्डप वारीपरी बस्दछन |

त्यसपछि छेवार गर्ने बच्चाको आमा बुवाले भुम्बाको कलशलाई पूजा गरेर छेवार मन्डपलाई भित्र पारी तीन पटक घुम्दछन | बाबुले अघि अघि धुपौरोमा स्युक्पा (धुपी)धुप र बती लिएर सोको पछि पछि आमाले भुम्बाको टुटिबाट पानीको धारा नटुटाइ तीन पटक घुम्दछन |
भान्जाको दशाग्रह जाओस र छेवार कार्यमा कुनै बिध्नबाधाहरु नआओस भनेर मामाले ग्रह शन्तिको लागि पूजा गर्दै भान्जालाई कुखुराको फुलले मन्छाएर पूर्व दिशमा बतिहरुले पनि मन्छाएर दोबटोमा वा मन्डपको चारै सुर र मध्यभागमा राख्ने गरिन्छ |
पुन: एकपटक छेवारमा उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई सगुन रेम दीइन्छ | त्यो भान्जाको कपाल काट्ने कार्य प्रारम्भ गर्नका लागि अनुरोध स्वरुप प्रदान गरिन्छ | साथै भान्जालाई पनि सगुन स्वरुप दही र केरा खान दीइन्छ |
त्यसपछि भान्जाको कपाल भिजाइन्छ र मामा-भान्जाको मुखमा दुबोको झुप्पो हरु राखिन्छन | गान्बाहरुले भान्जाको कपाल खौरने आदेश दिएपछि मामाले भान्जाको दाहिने तिरको कनसिरको केही रौ राखेर कपाल टुपि नरखी कन खौरने गर्दछन | यसरी कन्सिरको रौ राख्नुको अर्थ आफ्नो कपालको बिज राख्नु हो |
कुनै भान्जाको मामाहरु एक भन्दा बदी भए जस्बाट साइत जुर्दछ उनै मामाबाट कपाल काटी खौरने कार्य गर्दछन भने प्राय: जेठो मामाद्वार नै कपाल खौरने गरेको पाईन्छ | त्यस्तै शाहोदर भान्जाहरुको छेवार गरेको भए कपाल खौरद एकले अर्कालाई देख्नु हुँदैन भन्ने धारणा छ |त्यसैले सहोदर भान्जाहरु कपाल मामाले खौरद सेतो कपडाले छेक्ने गरिन्छ|
भनिन्छ, त्यस दिनदेखि भान्जा बौद साँस्कार अनुसार बौद्द धर्ममा पबेश गर्दछन र उनीहरुको चल्दछ | त्यसैले छेवार लाई (टाप्च्यो)पनी भनिन्छ |बौद्द धर्म अनुसार टाप्च्यो भनेको बौद्द शासनमा प्रबेस गर्नु हो | कसै कसैले लामा रिम्बोर्छे हरु बाट पनि टाप्च्यो गराउने गर्दछन| तामाङ समाज मा मामाले भान्जाको कपाल काट्ने अवसरमा गाउका दमाइ हरुले बाजागाजा बजाउने र बन्दुक पड्काउने गर्दछन |
छेवार गर्दा खौरिएको कपाल लाई कचौरा वा टपरी माथि सेतो कपडा राखेर भान्जी चेली हरुले भुइमा पर्न नदिएर थाप्ने गर्दछन | यसैले तामाङ समाजमा छेवार सँस्कारमा तामाङ चेली नभै हुँदैन |
अनी उक्त कपाल लाई लामा द्वारा ठुइ (चोखो)गरी छेवार सम्पन्न भए पछि चोखो ठाउमा राख्ने गरिन्छ | कसै कसैले थापिएको कपाललाई सेतो कपडाले बँधेर जिबन पर्यन्त जतन गरी राख्ने पनि गर्दछन |
छेवारको मुख्य तात्पर्य पुरनो वा जन्मदाको केश मुण्डन गरी नयाँ केश आउन दिनु र बालकको शरीरिक बृदि भएको आभास दिनु नै हो | त्यस पछि भन्जालाई सगुनको स्वरुप माछा, फुल,दुध,मसु,र जाँड वा रक्सी खुवाउने गरिन्छ |अनी भान्जाले लगाएको पुरनो कपडा खोली मामाले ल्यएको नयाँ कपडा लगाइदिने गरिन्छ | यसरी मामाद्वारा उपहार स्वरुप दिने कपडा हरु प्रय: सेत हुन्छन |
कपाड पहिराइ दिने प्रचलन पनि गजबको छ| कपाड लगाइदिदा शिरबाट शुरु गरेर पाउ सम्म पुर्याइन्छ | त्यस पछि मामाले भान्जालाई फेटा गुथाउछन| यसरी दीइने फेटा पनि बिजोर हात लामो हुने गर्दैछ | अनी मामाले भान्जालाई म्हार (घ्यु)लेपी टाटे म्हेन्दो (टोटोलको फुल)को टिका लगाइ खादा पहिराइ दिने गर्दछन |
टिका लगाउदा पनि मर्याद क्रम अनुसार लगाइदिने चलन छ | सर्ब प्रथम मामा, माइजु, बाजे, आपा, आमा, क्रमश: नातागोता आगन्तुक हरुले लगाइदिने गर्दछन | टिका लगाइदिए पछि भान्जाले "छे"(ढोग)गर्दछन भने टिका लगाइदिनेले ढोग थाप्दै आशिर्बद दिने गर्दछन |
दक्षिना दिदा पनि तामाङ् समाजमा दुई प्रकारले दिने गर्दछन |
(१) टपरिमा
(२) थालमा
थालमा दिएको दक्षिना भान्जाको हुने र टपरिमा दिएको दक्षिना भान्जी चेलीको हुने गर्दछ | भान्जालाई टिका लगाइ दक्षिना दिएपछि सँगै बसेकी भान्जी चेलीहरुलाई पनि दिनु पर्दछ | टिका राख्ने कार्य सम्पन्न भए पछि चेवार मा रखिएको सगुन पोङ्लाई टाटे म्हेन्दोले "छ्योत" गर्ने गरिन्छ | उपस्थित सम्पूर्ण महानुभाव हरुलाई सो सगुन बाडिन्छ |
त्यस पछि मन्डप्मा रखिएको १३ सगुनलाई क्रमश: अस्यङ, (मामा) भान्जा, लामा, ताम्बा, गान्बा, चोहो, निम्त बड्ने निम्तलु मध्ये एक, छ्यङ्बस्या, कठौबा, बन्डेल्बा, ओतिबा, भान्जेबा, बोन्बो र बन्दुके समेत लाई दीइन्छ |
त्यस्तै कतै कतै प्राप्त सम्पूर्ण सगुनहरुलाई दुई भागमा बिभाजन गरु एक भाग मामालाई पठाउने, अर्को भागमा उल्लेखित ब्यक्ती हरुलाई बँडेर खुवाउने गरिन्छ | त्यस्तै गरी सगुन हरु पठाउद छिमेकी हरुले, दाजुभाइ खलक हरुले मन्डप्मा ल्याएको सगुनमा केही थप गरी राखी फर्काउने गरिन्छ |
त्यसपछि मामाले भान्जाका बाबु-आमालाई भान्जाका लागि भिक्षदान स्वरुप ल्याएका उपहारहरु बुझाईन्छ | प्राय: यस्त उपहारहरुमा लुगाफाटा, गरगहनाका अतिरिक्त थाल,कचौरा, खड्कुलो, करुवा, फोसी, बाटा, सुन, चाँदि, औकात हेरी हुने गर्दछ |
निम्तलु हरुले पर्म रुपमा सहयोग केही रकम दिने गर्दछन | जस्लाई तामाङ् हरु चरी भन्दछन | जुन पछि टिपोट हेरी निम्तलु हरु कहाँ छेवार गर्दा सो रकम सोही हिसाब-कितबमा फिर्ता गर्ने प्रचलन छ |
त्यस्तै कतै कतै तामाङ् हरुले छेवार गर्दा भान्जालाई गाई गोठ्मा लगेर गाई कै दाम्लोले घिच्रोमा बाँधेर मामाले कपाल काट्ने वा सिधै खौरने गरिएको पनि पाईन्छ| यो हिन्दू धर्मको प्रभाब हो |
कपाल खौरिए पछि चेलीहरुले छेवार गरिएको गाइको दाम्लो फुकाउने गर्दछन | दाम्लो फुकाएर खौरिएको कपाल भुइमा पर्न नदीई सेतो कपाडमा थापेबपात घर तर्फकाले चेली हरुलाई दक्षिण दिने चलन रहेको पाईन्छ | अनी भान्जालाई आँगनमा ल्याएर रखी मामाले पगरी (फेटा) लगाइदिने गर्दछन |
त्यसपछि मामाले भान्जा र भान्जासंगै बसेका चेलीहरुलाई टिका लगाइ दक्षिण दिएर आशिर्बाद (नाम्गर)दिने चलन पनि छ | (हडसन) मन्डपमा वा गोठमा जहाँ राखी छेवार गरेपनि त्यसदिन कपाल खौरदा दाहिने तर्फको कन्सिरमा केही रौ राख्ने प्रचलन छ|
साभारः- Bhim Dong Tamang



         छेवार संस्कारमा मामाको भूमिका महत्वपूर्ण रहन्छ | मामाबिना यो संस्कार सम्पन्न गर्न सकिन्न | यदि कसैको मामा छैनन भने आमाकै थरको कसैलाई मामा बनाइ छेवार गर्नु पर्दछ |भान्जाकै घरमा छेवार गरिएमा सोको लागि भान्जा कहाँ आएका मामाहरुलाई केही कोसेली लिएर परसम्म बहिनी ज्वाँईले गान्बा (गाउका ठुला ठालु)हरु डम्फुरे र बन्दुकेहरु लिना जान्छन |

      जो प्राय: भञ्ज्याङ वा देउराली वा दोबटोसम्म हुने गर्दछ | जहाँ मामा खलक हरु लाई पूर्व फर्कएर गुन्द्री माथि राडीपाखीमा बिछ्याइ बसाइन्छ |

         अनि मामा हरुलाई बहिनी ज्वाँईले घुँडा टेकेर ढोग गर्दछन | त्यस पछि टिकाको साथै टाउको, गाला, कुमहरुमा अबिरहरु लगाइदिइन्छ | अनि सगुन रेम खुवाइन्छ | भान्जा खलक हरुले मामाहरुलाई चेवार मन्डपसम्म बाजागाजाका साथ बन्दुक पड्काउदै बोकेर भित्राउने गर्दछन |
        
        यसरी मामा भित्र्याउदा मामाको घर धेरै टाढा हए एकदिन अघि नजिकै भए छेवारकै दिन बित्र्याउने गरिन्छ | मामाहरुलाई एक दिन अघि भित्र्याएको खण्डमा सोही रात्रीदेखी छेवार कार्य सम्पन्न भई  मामा बिदाबारी नगरेसम्म भान्जापट्टिको डम्फुरे र मामापट्टिको डम्फुरे बीच दिनरात दोहोरो सेलो चल्दछ | त्यस्तै भान्जालाई मामाकै घरमा लगेर छेवार संस्कार सम्पन्न गर्ने परम्परा तामाङ समाजमा छ |

साभारः- Bhim Dong Tamang
     तामाङ जातिमा छेवर महत्वपूर्ण संस्कार हो | भान्जको दिर्घायु र कर्म चलाऊन मामा द्वारा कपाल खौरने कर्मलाई (छेवर)भनिन्छ | यस लाई (क्रा ब्रेबा)भनिन्छ | छेवर सक्नेले मामा डाकी र नसक्नेले मामाको घरमा गएर बिधिबिधन पूर्वक गर्ने प्रचलन छ |
     छेवर कार्य सम्पन्न गर्दा बिशेष चाडपर्ब र उत्सब हरुका साथै सोम वा बुधवार बिजोर बर्ष पारी गर्ने गर्दछ | जोर बर्षमा छेवर गरे अशुभ हुन्छ भन्ने तामाङजातिमा धारणा छ | प्राय: चैत्र, साउन, भदौ,र पुष, महिनमा छेवर गरिदैन | त्यस्तै आईतवार जन्मबार, जन्म महिना, र बाग बर्षमा छेवर गरिदैन |
      छेवर कम्तिमा तीन बर्ष र बदिमा ११ बर्ष भित्र लामाद्वारा साइत हेरेर गर्ने गरिन्छ | जोर बर्षमा आमाले गर्वधारण गरेमा, मराउ परेमा घेवा सम्पन्न नभएसम्म छेवर गरेमा अशुभ हुन्छ भन्ने धारणा छ | छेवर गर्नु पूर्व भान्जले कपाल कट्नु हुँदैन भन्ने मान्यता छ | कथंकदाचित केही गरी छेवर गर्न ढिलो भाईहाल्यो भने पनि विवाह पूर्व अनिवार्य रुपमा गर्दछ्न |छेवर कार्य मामासँग सम्बन्धित भएको हुँदा मामाको समय अनुकुलतामा यो संस्कार गरिन्छ |छेवर गर्दा सर्बप्रथम भन्जाखलकले (म्हेनिङ डाङ)दशै कोसेली लिएर मामा कहाँ जाने गर्दछन | यसरी कोसेली लानुको अर्थ मामालाई भान्जको छेवर हुँदैछ भन्ने सङ्केत गर्नु हो | यसलाई (आस्यङ खि:बा डाङ) पनि भनिन्छ |
     यस्तो कोसेली पाएपछि धेरै मामा खलकहरु एक आपसमा भान्जको छेवर कुन महिना,कुन दिनमा गरिदिने भनेर सरसल्लाह गर्दछन भने अर्कोतिर कुन कोसेली लैजादा मामाको आर्थिक स्थिती र गाउठाउको प्रचलन हेरेर लैजाने गरिन्छ |सामान्यतया मामा कहाँ लगिने कोसेलिहरु तीन प्रकारका हुन्छन :

(क) नागा डाङ (कुखुरा कोसेली)
(ख) रा डाङ   (बाख्रा कोसेली)
(ग) मुइ डङ   (भैंसी कोसेली)

        कतै मामाहरु नै उल्लेखित कोसेली माग गर्दछन | मामाले कोसेली माग गरेकोभए सोही अनुसार लग्ने गरिन्छ | मामा कहाँ लगेकै दिन छेवर मामा कहाँ गर्ने की भान्जको घरमा गर्ने भन्ने र तिथिमिती तय गरिन्छ | त्यसपछि भान्ज कहाँ छेवर गर्ने भए मामा कहाँ सगुन पोङ पठाएर मामाहरु धेरै भए कती जान आउने? कहाँ सम्म लिन आउनुपर्ने हो? निस्चित गरिन्छ | अनी घर तर्फ बाट छेवरमा उपस्थित हुन हाड नाता, इस्टमित्र, गाउले छरछिमेकी हरु निम्त गरिन्छ |
        
     सामान्यतया छेवरमा आउँदा निम्तलुहरुले नाटका आधारमा सगुन कोसेली र पर्मा स्वरुप केही दस्तुर लिएर आउछन |यसरी पर्मा हाल्दा भने १३ दिने दाजुभाइहरुले दुई पाथी मकै वा चामल र एक भारी दाउरा लनु पर्ने प्रचलन छ | छोरीचेली र इस्टमित्रले नाताहेरी सगुन स्वरुप कम्तिमा कुखुरा कोसेली लाने परपरा छ | गाउले निम्तलु पाउनाहरुले केही रकम पर्मा स्वरुप हाल्ने गर्दछ | यसरी हलिएको पर्मा कोसेली र दस्तुरहरु छेवर घरमा गरेमा वा निम्ता गरेमा अरुको छेवर पर्मा फिर्त गर्ने प्रचलन छ | मामाघरमा आफुखुसी निम्तो  नगरि  गरेमा पर्मा फिर्ता नगर्ने चलन छ |
      
      घरमा छेवर गर्दा मामा र मामाखलक सामान्यतया फेटा, टोपी, एउटा गाग्री, एउटा कचौरा,र एक सरोलुगा कम्तिमा लानु पर्ने प्रचलन छ |धुम धामसँग भान्जाको घरमा छेवर गर्दा भने मामा वा भान्जा खलक दुबै धनी भए भान्जलाई सुन्को सिक्री, औठि,तामाको फोसी, बाट लाने गरिन्छ |त्यसतै छेवर गर्नका लागि मामालाई जुन प्रकारका कोसेली लगिन्छ| सोही प्रकारको मुल्य पर्ने उपहार सामाग्रीहरु मामाहरुले लाने प्रचलन छ त्यसै गरी बिदाबादिमा पनि मामालाई ल्यएका सगुन, कोसेली र सामाग्री अनुसार बराबर पर्ने गरी फिर्ता गर्ने प्रचलन छ | यसको वापत छोरी चेलीले मामा पुर्याउन जाँदा बाख्रा, भैंसी आदी कोसेली लाने प्रचलन छ | मामाको घरमा गर्ने छेवरमा मामाको खुशीले भान्जालाई गाग्री,थाल,कचौरा र एक सरोलुगा सिरदेखी पाउसम्मका र जुत्ताधरी दिने प्रचलन छ |
छेवर  बिधिबिधन सँग गर्दा यो तीन दिने संस्कार हो जस्को परिचय तल दीन्छ:     
साभारः- Bhim Dong Tamang

   तामाङ जातिमा जाय जन्म भएमा बच्चाहरुको आठ महिनामा  दाँत उम्रेमा अशुभ मानिन्छ र मामा खलकलाई पिरोल्छ भन्ने धारणा छ | यसको समाधानका लागि सामान्य बिधिबिधन गर्ने प्रचलन छ | यसका लागि घरवालाले भान्जा भान्जिलाई लिएर मामाकहाँ जानुपर्दछ | यसरी मामा कहाँ जाँदा मामालाई कहिले कुन समयमा मामा सगुन कोसेली गर्न पुग्ने हो सो सुचित गर्नु पर्छ | यसो गर्नुको मतलब आठ महिनामा दाँत आएका भान्जा भान्जिको अनुहार सगुन नगरि, उपहार नदिए सम्म हेरेमा पिरोल्छ भनेर हो | त्यस पछि मामाले भान्जा वा भान्जि जस्को दाँत आएको हो, त्यसका लागि थाल कचौरा वा भाँडो जे सकिन्छ त्यो नयाँ उपहार किनेर रख्छन |
    भान्ज भान्जि लिएर आएकी दिदी बहिनीले घरको मुल ढोकामा सगुन राख्छन् | त्यस पछि घरको मुल ढोका भित्र मामाले उल्टो फर्केर भान्ज वा भान्जीलाई उल्टैबाट टिका लगाइ उल्टैबाट उपहार स्वरुप ल्याएको भाँडाले मामालाई नपिरोल है भन्दै उम्रेको दाँतमा तीन चोटि छुवाइ सूल्टो फर्केर भान्जा भान्जिको मुख हेर्ने गर्दछन | अनि दिदी बहिनीले भान्जा भान्जिलाई मामासँग ढोग गराउछन् | दिदिबहिनीले पनि दाजु लाई दोग गर्दै घर भित्र पसी सम्पूर्ण मान्यजन लाई ढोग भेट गर्दछन र खानपिन गर्दछन | यस् बिधिमा कसैलाई निमन्त्रण गर्ने प्रचलन छैन | त्यसै गरि दाँत जुनसुकै उमेरमा फुलेमा सुनको दाँत आँफैले हालेर लाउने प्रचलन पनि छ
                 साभारः- Bhim Dong Tamang


    तामाङ जातिमा नवजात शिशु जन्मेको प्रथमपल्ट नरम अन्न खुवाउने संस्कारलाई (कान ख्वाबा) भनिन्छ | यस दिन आमाले बच्चालाई नुहाइ अफुले पनि शुद्द भै शुद्द बस्त्र लगाइ घरमा भुम्बा (कलश)को स्थापना गरी देवी देवताको पूजा गर्ने गरिन्छ | यो संस्कार बच्चा जन्मेको केही महिनापछि छोरीको भए पाँच महिनामा र छोराको भए छ महिनामा गर्ने गरिन्छ |
तामाङ जातिमा भात खुवाइ सामान्य रुपमा गर्ने हो भने हाड नाता मावली लाई बोलएर गर्ने प्रचलन छ | भब्य तरिकाले बिधिबिधन पुर्वक गर्ने हो भने इस्टमित्र छरछिमेकीहरु र निम्तालुहरु पनि बोलाउने गरिन्छ | भात खुवाइका दिनलाई १२ मुठी वा एकमाना चामल पकाउनु पर्दछ | जसलाई चरेशको थालमा रखिन्छ | भात खुवाइमा सगुन स्वारुप माछा भने अनिवार्य रहनुपर्छ भन्ने तामाङ हरुको धारणा छ |
     खाना खुवाउदा बच्चाको पुर्व मुख गरी खुवाउने गरिन्छ | यो कार्य मामालाई निमन्त्रणा गरिएको भए मामाबाट र नगरिएको भए परिवारको मुली ब्यक्तिबाट सर्वप्रथम नरम खाना १६ दिनमा घाम देखाउदा मुखमा राखेको चाँदी को मोहोर (पैसा)ले सात गाँस वा बिजोरपटक खुवाउने गरिन्छ |
भद्राइ चराको चुच्चोले भात खुवाएमा बच्चाको बोली राम्रो हुन्क्छ भन्ने धारणा छ |
भनिन्छ सर्वप्रथम खाना खुवाउने ब्यक्तिले बिजोर संख्यामा कन्याकेटिहरु राखी तिनलाई टिका लगाएपछि खुवाउने गरिन्छ | भद्राइ (सुङ रेङ )वा मैना चराको चुच्चोबाट खाना ख्वाउन सके बच्चाको बोली ति चराको जस्तै मधुर र राम्रो हुन्छ भन्ने धारणा छ |
     यस अवसरमा मामा खलकले नयाँ भन्जा भन्जी लाई नयाँ बस्त्र र दक्षिण दिने गर्दछन | सक्ने छन भने त्यसदिनपछि घर परिवार वा मामाले भात खुवाइको दिन छोरा भए कानमा सुनको बिरु र छोरी भए नाकमा बुलकी दिने प्रचलन पनि छ | त्यस पछि परिवारका अन्य सदस्य १३ दिने दाजु भाइ (हाडभाइ)र उपस्थित निम्तालु हरुले मर्यद अनुसार खाना खुवाउने कार्यको थालनि पालाई पलो टिका लगाइ खाद पहिराइ अशिर्बद दिने गर्दछ |
यस बिधिबिधन पछि खाना खुवाउने गरिन्छ | खानापिन पछि डम्फुरे हरुले सेलो गाउदै नाच्दै रमाइलो गर्ने प्रचलन छ | अनि भात खुवाइको अवसरमा उपस्थित मान्यवर पाहुना इस्टमित्र निम्तालु हरुलाई सगुन गरेर बिदाइ गर्ने प्रचलन छ |
     त्यसै गरि तामाङ जातिमा पहिले ८४ बर्षमा बुढा बुढी लाई भात खुवाइ गरिने प्रचलन पनि छ जस्लाई (८४ पुजा) भनिन्छ |हाल यस्त प्रचलन लोप भाईसकेको छ |त्यस अवसरमा नवजात शिशुको भात खुवाइ गर्द गरिने प्रकृया ए कार्यक्रम अनुसार गरिने प्रचलन थियो |
                         साभारः- Bhim Dong Tamang

तामाङ जातिमा नाक, चिउडो, हात र खुट्टामा काँडा वा सियोले खोपेर भिबिन्न प्रकारका बुट्टा बनाउने चलन छ | यसरी बुट्टा बनाउदा उनिहरुले सर्बप्रथम जहाँ बुट्टा बनाउने हो त्यहा हाँडीको मोसोमा गोलभेँडको मुन्टोको रस निचोरेर बनएको लेदोले चित्र बनाइन्छ | अनि त्यस माथि सियो वा काँडाले रगत आउन्जेल सम्म खोप्ने गर्दछन | सामान्यतया यसरी बनाइले बुट्टाहरुमा सुर्य, चन्द्र, तीन धर्का फुल, त्रिशुल,र स्वस्तिक लगायत रहने गरेका छन | कसै कसैले आफ्नो नामहरु पनि लेखने गर्दछन | खासगरी महिलाहरुले यस किसिमको चित्रहरु बनाइ आफ्नो शरीरिक सुनदरता कायम गरेको पाईन्छ | केही केही पुरुषहरुले पनि यस किसिमका चित्रहरु बनाउने गरेका छन | यसरी बुट्टा शरीरमा बुट्टाहरु खोपेमा मरेपछि बेचेर खान पाईन्छ भन्ने तामाङ समाजको तामाङ हरुको धारणा रहेको छ |

साभारः- Bhim Dong Tamang

          तामाङ जातिमा जातिय रुपमा नाक कान छेड्ने बिधिबिधन छैन | तर जती सक्दो ससानै अवस्थामा नाक कान छेड्ने गरिन्छ | त्यसैले यो संस्कार सकभर भात खुवाइ पुर्व गरेको पाईन्छ | नभए छोराको हकमा छेवर र छोरीको हकमा गुन्युचोली पछ्यौरा र धोती दिनु पुर्व नाक कान छेड्ने परम्परा छ | यसरी कान छेड्दा भने काँडा वा सियोले छेड्ने गरिन्छ |तर छोराको छेड्दा भने सियो वा काँडा जेले छेडे पनि जुठो गरेर छेडने प्रचलन छ | यसो गर्‍यो भने बन झाँक्रीले लग्दैन भन्ने तामाङ समाजमा धारणा छ | तथापी, तामाङ नारीहरु सुनका गरगहना लगाउन सौखिन भएकोले छोरा छोरीहरुको नाक कान उत्सब बिना छेड्ने गरेको पाईन्छ |
            यस जातिमा नाकमा बुलाकी र कानमा ढुङरी गहना नलगाएमा हामीलाई स्वर्णभुमी (ल्हासा)ले सराप्छ भन्ने धारणा छ | त्यसैगरि तामाङ महिलाहरु नाकमा बुलाकी र कानमा ढुङरी लगाउने प्वाल छेडेमा र पुरुषहरु बिरु लगाउन कान छेडेमा मराउपछि पनि आफ्ना आमा बाबासँग भेट हुन्छ भन्ने गर्दछन | त्यस्तै नाक-कान छेडेपछि तामाङ जातिका महिलाहरुले कानमा चेप्टे सुन, ढुङरी र कर्णफुल, टाउकोमा बन्दी, नाकमा बुलाकी लगाउछन भने तामाङ पुरुषहरु कानमा वीरबल लगाउछन |
            सोन्दार्यताका लागि तामाङ महिलहरु हातमा चाँदीको बाला, छातीमा सुन वा चाँदिको सिक्री,जन्तर र हारी (माला)लगाउछन | विवाह गरेका वा नगरेकाहरुले पोतेमा खिप लगाउछन | पुरुषहरु घाँटिमा चाँदिका जन्तर पनि लगाउछन |  
साभारः- Bhim Dong Tamang


              तामाङ जातिमा नवजात शिशुलाई जन्मेको १६ दिनको दिन घरबाहिर निकालेर घाम दर्शन 

गराउने प्रचलन छ | यसलाई (धिनी उन्बा) भनिन्छ | यसो गर्दा सुत्केरी महिलाले आफ्नो शिशुलाई 

बोकेर संघारमा पूर्याउछन् | जहाँ सगुन पोङ राखिएको हुन्छ | त्यसै ठाउमा उभिएर डबल वा मोहोर 

बच्चाको मुखमा राखेर घामको पहिलो पल्ट दर्शन गराउछन | पछि यही चाँदीको मोहोर वा डबल 

सुरक्षित रखिन्छ र बालकको भात खुवाइमा प्रयोग गरिन्छ |    
                              

साभारः- Bhim Dong Tamang

              सुतकबाट शुद्दी गरीसके पछि धर्मिक बिधिबिधन अनुसार नवजात शिशुको नामाकरण गर्ने काम गरिन्छ | यसलाई (मिन थान्बा) भनिन्छ | न्वारनन्वरनको मुख्य पक्ष नामाकरण गर्ने काम हुन्छ यो बिधिबिधन पनि यस् जातिमा आफ्नै प्रकारको छ |
              लामा पुरोहितले नाम रख्दा प्राय: जन्मबारको आधारमा राख्ने गर्दछन |
जस्तो- आईतवार-ङ्हेमा, सोमबारअ-दावा, मंगलवार-मिङमार बुधवार-लाग्पा, बिहीवार-फुर्ब, शुक्रबार-पासाङ शनिबार-पेमा |
            यसरी राखिएको नामको पछाडि नवजात शिशु छोरा भए (दोर्जे)र छोरी भए (डोल्मा)वा (छिरिङ) जोडेर नामाकरण गरिन्छ | यसको अतिरिक्त लामा गुरुहरुले पात्रो हेरेर पनि बौद देबिदेबताका नामहरु राख्ने गर्दछन | यती गरिसकेपछी घर परिवारको मंगल दिर्घयु र सम्म्रिद्दिका लागि लामाहरुले (टासि सेक्पा र साम्बा लुन्डु)छ्योइ (पुस्तक)पनि पढ्ने गरेको पाईन्छ |
           तामाङ् जातिमा अन्तर जातिय विवाहलाई पनि मान्यता दिएको पाईन्छ | यदी कसैले बिजातिय स्त्री मन पराएर ल्याएमा यस जातिको चोहो मुल्मी ताम्बा ङात्पा दौत्पा गान्बा गौराइहरुको भेलाले उक्त स्त्रिलाई निजको लोग्नेको थर सँग बिहेबारी गर्न मिल्ने थर दिइ तामाङ समाजमा हुल्ने प्रचलन छ | यस्त महिलबाट जन्मिएको नवजात शिशु झर्रा नै हुन्छन |
               तामाङ समाजमा शिशुको उमेर बढ्दै गएपछि हिन्दू धर्मबाट प्रबबित भएर एकतिर आफ्नो छोराछोरीको नामाकरण अर्थत फेरी नाम राख्ने प्रचलन ब्यापक रुपमा रहेको छ | अर्कोतिर धर्मिक जागरणका करणले बौदा देवी देवताको नामहरु राख्ने गरेको पाईन्छ | तर आफ्नो मात्रिभाषाका नाम राख्ने प्रचलन लोप हुँदै गैरहेको छ | हिन्दू धर्म र संस्क्रितीको प्रभाबका कारण समाजमा सामाजिकीकरण हुन तामाङ जातिमा बाल्य अवस्थामा विद्यालय भर्ना हुनेदेखि युबा अवस्थामा नागरिकता प्राप्त गरी स्व:रोजगारको अव्सर प्राप्त गर्न सहज हुन्छ की भनेर हिन्दू देवी देवता हरुको नामहरु राख्ने प्रचलन बढेको छ |
     जस्तो: राम बहादुर तामाङ भिम बहादुर तामाङ बिष्णु तामाङ कृष्ण बहादुर तामाङ नारायण सिंह तामाङ ईन्द्र लामा शिव कुमार लामा अर्जुन लामा गणेश तामाङ आदी आदी |            
 जातिय पहिचन्को सन्दर्भमा यो राम्रो होइन| आजै देखि सुधार गरी आफ्नो जातिय झल्कने नामाकरण गर्नु पर्दछ | त्यसै गरी रासुवका तामाङहरु लामा बोलाई न्वारन र नामाकरण गर्ने परम्परा लाई दाबेन भन्दाछन त हुम्ला र मुगूका तामाङ हरु यस संस्कार गर्ने परम्परा लाई छरतेर्जे भन्दाछन |

साभारः- Bhim Dong Tamang



No comments:

Post a Comment

TAMANG HYULLA PARIWAR

Sharing Buttons