तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ, २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।)
मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति, उपजाति, जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य, मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ।

हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो, हाल तामाङ छोरीचेलीले पनि हिन्दू छोरीचेलीले झै आफ्नो थर फेरेर लोग्नेको थर लेख्ने गरेको पाइन्छ। यो प्रचलन तामाङ सांस्कृतिक मूल्य र मान्यता विपरित छ। कुनै पनि सांस्कृतिक मूल्य र मान्यतालाई समकालीन समाजको आधारमा जोख्नु आवश्यक छ र अनुकूल भए अपनाउनु पर्दछ, नत्र छोड्नु पर्दछ। कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मूल्य र मान्यतालाई स्वीकार्नु हुँदैन। विवाहित चेलीले आफ्नो थर परिवर्तन गरेर लोग्नेको थर झुण्ड्याउनु भनेको श्रीमान् वा श्रीमानको खलकको दासत्व स्वीकार्नु हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो।

हिन्दू समाजमा विवाहपछि छोरीचेलीको जन्मको थर हुँदैन। जुन थरमा उसको जन्म हुन्छ अर्थात् विवाहपूर्व जुन थर हुन्छ विवाहपश्चात् उही थर रहँदैन। विवाहपश्चात् उनको थर श्रीमान्को थरमा परिवर्तन हुन्छ र उसको आनो कुनै जन्मको अस्तित्व देखिँदैन। हिन्दू नारीले लोग्नेको त्वम् शरणम्भएर स्वामीको थर स्थापित गर्नु पर्ने सांस्कृतिक परम्परा र मूल्यमान्यता रहेको देखिन्छ।
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ।
चेलीको थर परिवर्तन हुनु र नहुनुमा सम्वन्धित जातिका सांस्कृतिक मूल्य र मान्यता जिम्मेवार हुन्छन्। तामाङ समुदायमा स्थापित मूल्यमान्यताको व्याख्या ताम्बाले गर्दछ। ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ। तामाङ समाजमा ताम्बाको ठूलो महत्व छ। विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाई सकेपछि भनौं विवाहको चरमोत्कर्ष (चारदाम)मा ताम्बा भन्दछन् – ‘डिन्छेन आपाला का, डिन्छेन आमाला स्या म्हाला स्याप्रि प्रात्चि। रुइवाला चारि (रुइसाङ्) मायुङला छ्यारिन् मुलाअर्थात् बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियो तर चेलीको अस्थि (हाड) माइतीको अधिनमा नै छ। तामाङ समाजमा अस्थिलाई थरको प्रतिक मानिन्छ।
तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत र मासु मात्र दिइन्छ तर रुइसाङ अर्थात् चेलीको अस्थि (थर) दिइदैन। ताम्बाले प्रष्ट शब्दमा भनेका छन् – ‘रुइबाला चारि मायुङ्ला छयारिन् मुलाअर्थात् चेलीको अस्थि माइतिको हातमा नै छ।विवाहपश्चात् पनि चेलीको हाड माइतीमा नै रहने सांस्कृतिक परम्परा रहेको छ। यस प्रक्रियाबाट तामाङ समाजमा विवाहपश्चात् चेलीको थर परिवर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ।
यसपछि बेहुली तर्फका ताम्बा भन्दछन् – ‘स्या का मायुङ्से प्रात्चि, रुइबाला चारि मायुङ्लान्। बुसिङ्ला चु रुइबाला चरि तोरमार तासाम् मायुङ्ला छयारि दोन्ला, मायुङ् रेन्बोर्छेअर्थात् माइतीले चेलीको रगत मासु हामीलाई सुम्पिनु भो। चेलीको अस्थि माइतीको वंशमा नै छ। चेली तलमाथि भयो (मर्यो) भने यो अस्थि (हाड) माइतीलाई फिर्ता गरिदिने छौं।यसरी बेहुला पक्ष रुइसाङ फिर्ता गर्ने बचनबद्ध हुन्छन्। ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ तामाङ चेली गाईवस्तु वा बेचविखनको वस्तु होइन रहेछ भनेर। विवाहपश्चात् पनि चेलीको हकअधिकार र कर्तव्य माइती घरमा रहिरहन्छ।
माथिको सामाजिक संस्कारबाट प्रष्ट हुन्छ तामाङ समाजमा कन्या दानहुँदो रहेनछ। आजभोलि हिन्दूधर्मको प्रभावले हो वा ओजे (ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा विशषगरी तराइतिर कन्या दानदिने चलन चलाएको सुनिन्छ। उनीहरुले बुझ्नु आवश्यक छ – ‘तामाङ छोरीचेली गाईवस्तु जस्तो दान दिने वस्तु होइन, न त दासी नै हो पराया घरको भनेर। तामाङ समाजको लागि छोरी जुवाई भनेको दोस्रो पुस्ताका सन्तान हुन्। तसर्थ गोड धुवाइ गर्ने र जुवाइलाई ढोक्ने परम्परा तामाङ संस्कृतिमा कतै पाइँदैन। यो चलन कन्यादान दिने संस्कृतिको उपज हो।
तामाङ समाजमा माइती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ। आफ्नो जन्मथरको यश राख्न वा कुलको रक्षा गर्न चेली तथा माइतीको समान दायित्व हुन्छ। यसो हुनाले आमाबुबाको मृत्युपश्चात् पनि चेली र माइतीबिच आवतजावत् भइनै रहन्छ। तर हिन्दू समाजमा चेली माइत आउनुको अर्थ जन्मको माया मात्र हो। आमाबुबा मरेपछि त्यो मायाको धागो झिनो हुँदै जान्छ। तामाङ समाजमा चेली माइत आउनुको अर्थ मायामोह मात्र होइन सांस्कृतिक हकअधिकार पनि हो। आमाबुबा नरहे पनि माइतीले चेलीको रेखदेखको पूर्ण जिम्मेवारी बहन गर्नुपर्दछ।
ताम्बाको यस्तो सामाजिक विधानले गर्दा नै तामाङ छोरीहरुको इच्छा विपरित विवाह गरिदैन। विवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ। यदि कसैले जवर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले विराजीको मत जाहेर गरेमा एक हप्तापछि पनि माइती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ। तीन-चार छोराछोरीकी आमा बने पनि चेलीले आफ्नो लोग्नेसँग बस्न अनिच्छा प्रकट गरेमा माइतीमा आउँछिन् र चेलीको इच्छाअनुसारको अर्को कुटुम्बसँग पुन विवाह गरिदिन्छन् अर्थात् चेलीको घरजमको मामिलामा चेलीको विचार नै सर्वोपरि हुन्छ।
चेलीको मृत्यु भएमा माइतीको उपस्थिति र स्वीकृतिबिना लास चलाउन पाइँदैन। माइतीले चेलीको मृत्युको कारण सोधपुछ गरी लासको अनिवार्य निरिक्षण गर्दछन् र ऊ विश्वस्त भएपछि मात्र लास चलाउन स्वीकृति दिन्छन्। यो प्रचलन मेडिकल साइन्सको पोस्टमार्टम जस्तै हो। कुटुम्बाले घेवा अर्थात् अन्तिम मृत्यु संस्कारमा माइतीलाई निम्त्याएर सामाजिक नायकहरु ताम्बा, गान्बा आदि भद्रभलाद्मीको उपस्थितिमा लामाको डाजाङ (आसान)मा चेलीको अस्थि विवाहमा गरिएको सर्तअनुसार फिर्ता गर्दछन्। माइतीले चेलीको रुइबाला चरी (थरको प्रतिक हाड) विधिविधानसहित ग्रहण गर्दछन्। यसरी तामाङ चेली कुटुम्बको घर गएर पनि जन्मथरमै आफ्नो अस्तित्व कायम गर्दछन् र मृत्युपश्चात् पनि ऊ आफ्नो जन्म घर र थरमा नै फर्किएकी हुन्छे।
माइतीले सामाजिक जिम्मेवारीपूर्ण चेलीको अस्ति (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पूर्खाको भूमि अर्थात् हालका पवित्र तिर्थस्थल स्वम्भूमा लगेर शान्तबुद्धलाई समर्पित गर्दछन् र प्रकाशको लागि बौद्ध तथा स्वयम्भूमा नाङ्साल (बत्ती) बाल्दछन्। सो कार्य गर्न माइतीले कारणवश नसक्ने भएमा चावाइ लामा (मूल लामा)लाई अनुरोध गर्दछन् र उनले सो कार्य सम्पन्न गर्दछन्। यी तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आनो पुर्खाको भूमिमा पूर्वजहरुसँग लिन गराउनु हो भन्ने विश्वास रहेको छ। त्यसपछि पनि वर्ष वर्षमा ती पवित्र स्थलहरुमा गएर चेली अध्याँरो यात्रामा होलिन्, उज्यालो होस्, शान्ति होस् भन्दै चेलीको नाममा माइतीले नाङसाल बाल्ने गर्दछन्। आजभोलि पनि प्रत्येक वर्षको चैत्र पूर्णिमाको अगिल्लो दिन बौद्धको चैत्यमा र पूर्णिमाको दिन स्वयम्भूमा मृतकको नाउँमा बत्ती बाल्ने तामाङ श्रद्धालुहरुको भिड हेर्न सकिन्छ।
यसरी तामाङ चेलीमा थर परिवर्तन नहुनुका कारणहरु माथिका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्कारहरुबाट प्रष्ट भएको छ। तामाङ समाजको लागि चेलीले लोग्नेको थर राख्नु भनेको लोग्नेको दासी बन्नु हो, स्वअस्तित्व विलिन गर्नु नै हो, माईतिसँगको सम्बन्ध तोडिनु पनि हो, आवातजावतको बाटो बन्द गरिनु पनि हो। जुन जातिमा चेलीको थर परिवर्तन हुन्छ अर्थात् लोग्नेको थर नै उसको आफ्नो थर हुन्छ, ती सबै जातिका चेली सांस्कृतिकरुपमा दासी सरह हुन्छन् भन्ने पनि छ। तामाङ समाजमा जस्तो सामाजिक तथा सांस्कृतिक वैधानिकता हिन्दू समाजमा नहुनाले छोरीलाई दान दिने वस्तुको रुपमा स्थापित गरिएको पाइन्छ र कन्यादानको परम्पराले गर्दा हिन्दू नारी स्वतन्त्रतानारी मुक्ति आन्दोलनको लक्ष्यएउटा काल्पनिक वस्तु मात्र हुन गएको छ सडक आन्दोलनमा होमिदा होमिदै पनि।
यसरी तामाङ समाजमा ताम्बाले विभिन्न सामाजिक तथा सांस्कृतिक विधिविधानमार्फत् तामाङ चेलीलाई नारी स्वतन्त्रताको सांस्कृतिक तथा सामाजिक वैधानिकता प्रदान गरेको छ। ताम्बाको यस्तो सामाजिकसांस्कृतिक वैधानिकतालाई अङ्गालेर आफ्नो परम्परागत हकअधिकारलाई निरन्तरता दिएर स्वतन्त्रतामा रम्ने वा गैरतामाङ सांस्कृतिक परम्पराको सिको गर्दै मुक्तिको लागि आन्दोलनमा उत्रने यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरो हो। धन्यवाद।

फुट नोट

१ यो लेख सर्वप्रथम नौलो तरङ्ग सामयिक (वर्ष १ अङ्क १, जेष्ठ, २०४९) प्रकाशित भएको हो । परिमार्जनसहित ज्यारुड खास्योर मासिक (वर्ष १ अङ्क ३ साउन, २०५०) मा र पछि अन्यत्र धेरै पत्रपत्रिकामा छापिएका छन् । यस अवधारणासम्बन्धी थप जानकारी र प्रमाणहरु प्रताप बलका पुस्तक दार्जिलिङका ताम्बाहरुको व्याख्यान (२००५) मा हेर्नुहोला।

२ शरीरविज्ञानमा पनि हाडलाई रक्तको स्रोत मानिएको छ अर्थात् हाडमा नै रगत बन्दछ । ताम्बाहरुले शरीरविज्ञान बुझेका रहेछन् भन्ने यसबाट प्रष्ट हुन्छ ।
३ काठमाडौंको बौद्धजोरापाटीस्थित तामाङ गुम्बामा २०६२ सला असारमा सम्पन्न एक विवाहमा सो गुम्बाका मूल लामाले पनि ओजे भएर हो वा के कारणले हो ताम्बाको वचन रुइबाको चरीको विधिविधान नगरिकनै विवाह सम्पन्न गरेका थिए । यस्तो सांस्कृतिक मूल्य, मान्यता र सामाजिक नायकहरुतर्पm पनि तामाङ जाति चनाखो हुनु आवश्यक छ । थप जानकारीको लागि यसै पुस्तकमा रहेको तामाङ जातिको मौलिक तथा गतिशील सांस्कृतिक पक्षहरु हेर्नुहोला ।
४ तामाङ चेली विजातीसँग गएमा पनि माइत आवतजावत गर्न सक्दछन् तर विवाहको रीतभात अर्थात् चारदाम गरिदैन । यसरी विवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीको रगत मासु दिइएको हँुदैन र चेली माइती कुलमा नै रहिरहन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात् अन्तिम संस्कार पनि माइतीले नै गर्नुपर्छ

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

1 comment:

  1. सर्बप्रथम त म सबै धर्मको सम्मान गर्छु ।
    यहाँ हिन्दु धर्म प्रति केहि भ्रामक कुराहरू भएकालेे यहाँहरुलाई हिन्दु धर्ममा भएको महिलाको स्थिति र अधिकार को बारेमा प्रष्ट पार्ने कोशिस गरेको छु ।

    प्रस्न:- हिन्दु धर्म मा महिला को इस्थिती के छ? महिला हरु काे अधिकार को बारे मा हिन्दु धर्म का ग्रन्थ हरु मा के-के लेखे को छ?

    उत्तर:- विश्व मा हिन्दु धर्म लाइ छाडेर कुनै पनि यस्तो धर्म छैन जसमा महिला लाई सम्मान होस् । यसको प्रमाण हरु निम्न लिखित छन्:-

    १. मनुस्मिति ३:५६:-"जुन परिवार मा महिला को आदर-सम्मान हुन्छ त्यहाँ देवता,द्रिब्या गुण,कर्म,स्वभाव,सन्तान, जस्ता दिब्य लाभ आदि प्राप्त हुन्छ, । तर जुन परिवार मा महिला लाइ सम्मान छैन त्यहाँ बिनाश मात्र हुन्छ" ।

    २. मनुस्मिती १:२६ :-"सन्तान को उत्त्पत्ति गरेर धर को भाग्योदय गर्ने वाला महिला आदर -सम्मान को योग्य छन् । महिला ग्रह ज्योति हुन् । सोभा लक्ष्मी र महिला मा कुनै अन्तर छैन । महिला नै घर को सोभा हुन्"

    ३. मनुस्मिति ९:130 :-" पुत्र र पुत्री एक समान हुन्छन । तिनको आत्मा रुप एउटै हो । अतः पिता को सम्पति मा पुत्री(महिला) को पनि बराबर को अधिकारी हुन्छ"

    ४. मनुस्मिति ९:१३१ :-"मतुधन(आमा को सम्पति) मा केवल पुत्री(महिला) को नै अधिकार लाग्छ । अरु कसैको अधिकार लाग्दैन"

    ५. मनुस्मिति ९:२१२,३:५२,८:२ र ८:२१ :- "महिला लाई कमजोर ठानेर यदि कोइ तिनको सम्पति लाई कब्जा गर्न खोज्छ चाहे त्यो उसको भाई या कोइ नातेदार होस् सबै लाइ चोर ले पाउने जस्तै को सजाय दिनु आवस्यक छ"

    ६. मनुस्मिति ८:३२३,९:३२३,८:३५२ :-"यदि कसैले महिला को हत्या गर्छ या महिला को अपहरण गर्छ भने त्यो अपराधी मृत्यु दण्ड को योग्य छ । यदि कसैले कुनै महिला को बलात्कार गर्छ भने त्यसलाई उचित यातना दण्ड दिएर देश निकाला गर्नु पर्छ । सबै पुरुष लाई यो आदेश छ कि कसैले पनि आफ्नो आमा,बहिनि,छोरि, संग झगडा हतपत न गर्नु यदि कसैले यस्तो गर्छ भने त्यसलाई दण्ड दिनु पर्छ । यदि कसैले आफ्नो श्रीमती माथि झूठो आरोप लगाएर त्याग्छ भने त्यसलाई ठुदो दण्ड को प्रावधान छ"

    ७. मनुस्मिति ९:९०-९१,९:१७६,९:५६-६२,३:५१-५४,९:८९ :-"कुनै पनि महिला लाई आफ्नो योग्यता को अनुसार आफ्नो जीवन sathi(पति) आफै रोज्ने अधिकार छ र आफुलाई मन परेको पुरुष संग विवाह गर्ने स्वन्त्रता महिला लाई छ । कुनै पनि बिधवा ले चाहे मा पुनर्विवाह गरेर सन्तान उत्त्पत्ति गर्न सक्छ । विवाह मा कुनै पनि प्रकार को लेनदेन(दहेज) निषेध छ । महिला लाई जीवन भरि अविवाहित रहनु उचित छ तर कुनै पनि गुणहिन, पापी,दुष्ट पुरुष संग बिहे न गर्ने आदेश छ ।

    ८. मनुस्मिति ९:११,२८,९६ र २:४,३:२८ :-"कुनै पनि धार्मिक यज्ञ या पारिवारिक, सामाजिक क्रिया कालाप मा सबै पुरुष ले आफ्नो पत्नी लाई संगै लिएर सामाजिक कार्य गर्ने आदेश छ । सबै धर्म कार्य बिना महिला को पूर्ण हुन्दैन" ।

    ९. मनुस्मिति २:१३८,३:११४ र ११६ :-"सबै पुरुष लाई चाहियो कि नवविवाहित, रोगि, कुमारी, गर्वधरिणी(गर्व धारण गरेकी महिला),बृद्ध महिला लाई पहिला भोजन गराएर मात्र भोजन गर्नु आदेश छ ।

    मित्र मनु विश्व क प्रथम राजा हुन् जसले हिन्दु धर्म को संबिधान(मनुस्मिति) को सचना गरेको थिए । पहिला पुरा विश्व मा संबिधान को रुप मा मनुस्मिति को नै पालना हुन्थियो । यदि हाम्रो देश नेपाल को संबिधान पनि मनुस्मिति को आधारमा बनाउने को भने कुनै पनि बर्ग, जाति, लिङ्ग, क्षेत्र को मानिस माथि अत्याचार हुने छैन । मनुस्मिति मा सबै लाई बराबरी को अधिकार छ । केहि मुर्ख हरु ले मनुस्मिति मा जात पात छ भनेर भन्छन त्यो सरा-सर झुठ र गलत कुरा हो... धेरै ले मनुस्मिति को झुठो कुरा हरु लेख छन्.. जस्तै एउटा मुस्लिम मित् केहि दिन अधि मनुस्मिति को एउटा झुठो कुरा लेखे को थियो, त्यसलाई मैले प्रमाण diyera झुठो साबित गरेको थिए... यो सब हिन्दु धर्म लाइ बद्नाम गर्ने सडियंत्र मात्र हो । मनुस्मिति मा कहिँ पनि भेदभाव र जति-पति को कुरा छैन...

    ReplyDelete

TAMANG HYULLA PARIWAR

Sharing Buttons