(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)

यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ ।
मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाईझै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ ।
नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्मरोग ब्याधाबृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ ।
पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खताएकअर्कालाई मारेर खानुपर्नेमानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ ।
मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु पर्ने कष्ट हो । यो कष्ट लोभ लालच गरे बाट उत्पन्न हुन्छ ।
हूँ शब्दले नर्क लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । नर्कलोकको कष्ट अति नै जाडो र गर्मि खप्नुपर्ने कष्ट हो । यो कष्ट धृणा गरेबाट उत्पन्न हुन्छ ।
गुरु पद्मसंभवको जीवनी पुस्तकमा ओ म नि पद मे हुँ को महत्त्व
गुरु पद्मसंभवले राजा मुतिग र नजिकका चेलाहरूलाई भन्नुभयो-
"हे तिब्बती राजाभद्रपुरुष र जनताहरू ! महा-करुणामयको सार तत्व 'ओं म णि पद् मे हुँ हो । एक पटकमात्र यसको उच्चारण गरे त्यसको पुण्य फल गन्न नसकिने हुन्छ । एउटा कमलको फूलको वीउबाट कति गुणा अन्य फूल उत्पन्न हुनेछत्यो कल्पनासम्म पनि गर्न सकिंदैन । तर त्यससंग तुलना गर्दा एक पटक मात्र पनि यी छवटा अक्षरहरूलाई उच्चारण गर्दा पाइने पुण्य त्यो भन्दा पनि बढी हुन्छ । एउटै तिलको बीउबाट अनेकौं बोट उत्पन्न हुन्छन् । छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गर्दा त्यसको पुण्य त्यो भन्दा बढी हुन्छ । जसरी 'चार महान्'लगायत अन्य अनगीन्ती नदीहरू नुनिलो समुद्रमा पुग्दछन् तर छ अक्षरको मन्त्र एक पटकमात्र उच्चारण गरे त्यो नै बढी हुन्छ । कल्पचिन्तामणीलाई प्रार्थना गरेर आफ्नो सवै इच्छाहरु पुरा गर्नुभन्दा पनि यो छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गरे त्यो नै बढि हुन्छ ।
"ओ मा नी पद् मे हुँ"
बाह्रवर्षसम्मको वर्षा याममा परेको पानीको थोपा गन्न सम्भव होला तर छ अक्षरको मन्त्रलाई एकपटक मात्र उच्चारण गरेवापत प्राप्त हुने पुण्य गन्न सकिंदैन । चारवटै द्विपमा छरेको अन्नको बीउ गन्न सकिएला तर छ अक्षरको उच्चारणबाट पाउने पुण्यलाई गन्न सकिदैन । महासागरको पानीको थोपा एक एक गरी गन्न सकिएला तर छ अक्षर उच्चारण गरेवापत जम्मा हुने पुण्य गन्न सकिंदैन । सबै जनावरको शरीरको रौं गन्न सकिएला तर छ अक्षरलाई उच्चारण गरे वापत कमाइने पुण्यलाई गन्न सकिंदैन ।
"ओ मा नी पद् मे हुँ"
यी छ अक्षरहरु महा-करुणामयको सारतत्व भएकाले एउटा अस्सी हजार माइल अग्लो उल्काको फलामे पहाडलाई एक कल्पमा एकपटक'कसिका'को सबैभन्दा कमलो कपासले रगडेर खियाउन सकिन्छ तर छ अक्षरको मन्त्र उच्चारणले कमाइने पुण्यलाई सिध्याउन सकिंदैन । सम्पूर्ण सुमेरु पर्वतलाई मेरुचे कीराले खाएर सिध्याउन सक्ला तर छ अक्षरलाई एकैपटक उच्चारण गरे पनि त्यसबाट पाइने पुण्यलाई मेटाउन सकिंदैन ।
टिटो चराले गङ्गा नदी किनारको सबै वालुवा आफ्नो चुच्चोले हटाउन सक्ला तर छ वटा अक्षरलाई एकपटक मात्र उच्चारण गरेवापत पाइने पुण्यलाई हटाउन सकिंदैन । सुमेरु र चारवटै द्विपको माटोलाई हावाले उडाएर लान सक्ला तर छ अक्षरलाई एकपटकमात्र उच्चारण गर्दा जम्मा हुने पुण्यलाई खत्तम गर्न सकिंदैन ।ओ मा नी पद् मे हुँ
सबै ब्रम्हाण्डको बुद्धको अस्तु र सातवटा बहुमूल्य वस्तु राखेर बनाइएको स्तुप र त्यसमा अर्पण गरिने दैनिक पूजा-आजा र प्रसादबाट प्राप्त हुने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र एक पटकमात्र उच्चारण गरेवापत जम्मा हुने पुण्यलाई गणना गर्न सकिंदैन । बुद्ध र बुद्धक्षेत्रलाई अर्पण गरिने धूपनैवेद्यबत्तीअत्तरनुहाउने पानीसङ्गीत आदि सबै ब्रम्हाण्डको बालुवा जत्तिकै अर्पण गरेवापत कमाइने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र उच्चारण एक पटक मात्र गरे त्यसबाट प्राप्त हुने पुण्यलाई गणना गरेर पुण्य आँक्न सकिंदैन ।
ओ मा नी पद् मे हुँ
यी छ अक्षर महा-करुणामयको चित्तको सार तत्व भएकाले यदि तिमीले यो मन्त्र दिनको एकसय आठ पटक उच्चारण गरे त्रि्रो पुनर्जन्म तीनवटा तल्लो जुनी -दर्ुगती)मा हुने छैन । आउने जीवनमा तिमीले मानिसको शरीर प्राप्त गर्नेछौ र तिमीले आर्य अवलोकितेश्वरको साँचिकै दर्शन पाउनेछौं । यदि तिमीले यो मन्त्र ठीकसँग दिनको एक्काईसपटक उच्चारण गरेमा बुद्धिमान् हुनेछौ र आफूले सिकेको कुरा बिर्सने छैनौ । तिम्रो स्वर सङ्गीतमय हुनेछ र बुद्ध धर्मका सबै अर्थहरू बुझ्न सक्ने हुनेछौं । यदि तिमीले यो मन्त्र दिनको सातपटक उच्चारण गरेमा तिम्रो सबै कुकार्यहरूको शुद्धीकरण हुनेछ र तिम्रा सबै बाधा-व्यवधानहरू समाप्त भएर जानेछन् । आउने जीवनहरूमा जहाँ जन्म भए पनि तिमी आर्य अवलोकितेश्वरबाट कहिल्यै छुटिनेछैनौ ।
जब कसैलाई रोगले ग्रस्त पार्दछ वा भूतप्रेतले समाउँछ त्यसबेला निको पार्ने अन्य सांसारिक पूजा र वाधाहरू हटाउने प्रार्थना भन्दा छ अक्षर उच्चारणबाट प्राप्त हुने फल बढी प्रभावकारी हुनेछ । कुनै पनि औषधि उपचार भन्दा छ अक्षरको मन्त्र रोग-व्याधीको लागि प्रभावकारी हुन्छ ।
छ अक्षरको मन्त्रको पुण्य यति व्यापक छ कि तीन कालको बुद्धले पनि त्यसको पूरा वर्णन गर्न सक्तैनन् । त्यस्तो किन - किनकि यो मन्त्र महा करुणामय बोधिसत्त्व आर्य अवलोकितेश्वरको चित्तको सारसत्व होजसले छ वटै लोकका प्राणीहरूलाई करुणा दृष्टिले निरन्तर हेरिरहनु हुन्छ । त्यसकारण यो मन्त्र उच्चारण गर्नाले छ वटै लोकका प्राणीहरूले संसारबाट मुक्ति पाउँदछन्
हे भविष्यका राजा र अनुयायीहरू ! आफ्नो यिदमको रूपमा महा-करुणामयलाई लिनू । छ अक्षरको सार मन्त्रलाई निरन्तर जप्नू । तल्लो लोकमा जाने शंकाबाट मुक्त हुनू । हिमाली भेगकालागि खटिएका एकमात्र देव आर्य अवलोकितेश्वर हुनुहुन्छ । उहाँलाई श्रद्धा र भक्तिले प्रार्थना गर्नू । तिमीले आशीर्वाद र सिद्धि प्राप्त गर्नेछौ । साथै शङ्का र हिच्किचाहटबाट मुक्त हुनेछौ । तीनवटै कालका बुद्धहरुले सिकाएको धर्ममा यो भन्दा छिटो र गहिरो धर्म नभएको कुरा म पद्मसंभवलाई थाहा छ । म पद्मसंभव अब जाने भएकाले हाल उपस्थित वा भविष्यमा देखापर्ने तिब्बती अनुयायीराजा र जनताहरूले यसलाई हृदयमा राख्नू । "
गुरुपद्मका यो शब्दहरू सुनेर तिब्बतका राजा र नजिकका अनुयायीहरू हर्षविभोर भए र गुरु पद्मलाई जमीनमा झुकेर दण्डवत गरे ।
महा-करुणामयीको छ अक्षरको मन्त्रको पुण्यहरुबारे बर्णन गरिएको'मणिमालानामक गुरु पद्मसंभवको जातक सम्बन्धि धर्म र इतिहासको उन्चालीसौं अध्याय समाप्त भयो ।

ओ मा नी पद् मे हुँमन्त्र जप्नुका फाईदाहरु
ओ म नि पद मे हुँ मन्त्र जप्नुका फाईदाहरु आकाश जत्तिकै अनन्त छ। मन्त्र जप गर्ने मानिसको मन सहि अर्थमा कति योग्य छ भन्ने कुराहरु र उसको उत्प्रेरणामा भर परेर ओ मा नि पद् मे हुँ लाई एकपटक उच्चारण गर्दा समेत यसबाट नकारात्मक कर्म शुद्धिकरण हुन्छ । उदाहरणको लागि चारवटा सम्पूर्ण दोषहरुलाई प्राप्त गरेका पूर्णतया प्रवजित भीक्षुले त्यस ज्यादै ठुलो अकुशल कर्मलाई एक पटक मत्र ओ म नि पद् मे हुँ मन्त्र उच्चारण गरेर शुद्धिकरण गर्न सक्छ । यसप्रकारले यो ज्यादै शक्तिशाली छ प्रत्येक दिन एकहजारपटक मन्त्र जप गर्नुः"ओ मा नी पद् मे हुँ" जप्नुका फाईदाहरु यति धेरै छन कि त्यसबारेको वर्णन कहिल्यै पनि समाप्त हुँदैन भनेर उपदेशहरुमा भनिएको छ । उपदेशहरुमा वर्णन गरिए अनुसार यदि कसैले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा सात पुस्ता सम्मका उसका बालबच्चाहरुको तल्लो जुनीमा पुनर्जन्म हुने छैन । यसप्रकारले उदाहरणको लागि यदि माता पिताहरुले ओ मा नि पद् मे हुँ मन्त्र दिनको एकहजारपटक उच्चारण गरेमा तिनीहरुको बालबच्चाहरु र ती बालबच्चाहरुको पनि बाल बच्चाहरु ईत्यादि गरेर सात पुस्ता सम्मका बालबच्चाहरुको जन्म तल्लो लोकमा कहिले पनि हुने छैन । यसप्रकारले माता पिताहरुको ज्यादै ठूलो उत्तरदायित्त्व छ ! माता पिताहरुले आफ्ना नाती पनातीहरुका लागि फाईदा पुर्‍याउन सक्ने यो एउटा तरिका हो ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको शरीर आशिर्वादयुक्त हुन्छ । यसप्रकारले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गर्ने कोही उदाहरणको लागि पानी भित्रनदी वा समुद्रमा जाँदाखेरि त्यो पानी आशिर्वादयुक्त हुन्छ । त्यस पानीले माछा वा सानो वा ठुलो जीवहरु अथवा सानो किराहरु जेसुकैलाई छोए पनि ती सम्पूर्ण चेतनशील प्राणीहरुको नकारात्मक कर्म शुद्धिकरण हुन्छ र तीनीहरुको पुनर्जन्म तल्लो जुनीहरुमा हुँदैन ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको देहान्त भएर उसको शरीरलाई जलाउँदाखेरि त्यसबाट उत्पन्न हुने धुँवाले छुने वा त्यसलाई सुँघ्ने जोसुकैको नकारात्मक कर्मलाई समेत शुद्धिकरण गर्छ । ती चेतनशील प्राणीहरुको तल्लो जुनीहरुमा पुनर्जन्म लिने नकारात्मक कर्म शुद्धिकरण हुन्छ
पन्ध्रवटा मुख्य लाभहरुः१. सम्पूर्ण जीवनकालभरि नै पुण्यवान मानिसहरू भएको स्थानमा जन्म हुन्छ र पुण्यवान मानिसहरू रहेको त्यस्तो स्थानमा रहँदा धर्म अभ्यास गर्ने प्रसस्त अवशरहरु प्राप्त हुन्छन् ।
२. सँधै प्रसस्त धर्म अभ्यासहरु गरिनेप्रसस्त मन्दिरहरु रहेकोप्रसस्त अर्पणहरु चढाउन सकिनेप्रसस्त पवित्र बस्तुहरुमुर्तिहरुस्तुपहरु ईत्यादि रहेको पुण्यवान स्थानहरुमा पुनर्जन्म हुनेछ । यी सम्पूर्ण पवित्र बस्तुहरु भएको स्थानमा रहनाले धर्म अभ्यास गर्नेखुशीको कारण उत्पन्न गर्ने र पुण्य संग्रह गर्ने अवशर उपलब्ध हुन्छ र धर्म अभ्यास गर्ने मानिसहरु प्रसस्त भएको स्थानमा रहनाले खुशी उत्पन्न हुने कारण -धर्मको अभ्यास गर्नका लागि प्रेरणा प्राप्त हुन्छ ।
३. सँधै धर्म अभ्यासलाई मद्दत पुर्‍याउने भाग्यशाली समय र असल परिस्थितीहरु प्राप्त हुन्छ ।
४. कैयन असल कुराहरु हुने भएकाले त्यसले धर्म अभ्यास गर्नउपदेशहरु प्राप्त गर्न र ध्यान गर्नका लागि प्रेरणा दिन्छ ।
५. सँधै पुण्यवान मित्रहरुसँग भेट गर्न सक्षम भईन्छ ।
६. सँधै त्रुटिविहिन मानव शरीर प्राप्त हुन्छ ।
७. पथ र पुण्यसँग मन परिचित हुन्छ ।
८. तपाईं वरिपरिका मानिसहरु परिवारको सदस्यहरुधर्मका विद्यार्थीहरु,कार्यलयका मानिसहरु इत्यादी तपाईं प्रति दयालु र सुसंगत हुनेछन् ।
९. तपाईंसँग जहिले पनि जीउने माध्यम -सम्पत्ति हुनेछ ।
१०. तपाईंलाई अरुले जहिले पनि सुरक्षा र सेवा गर्नेछन् ।
११. तपाईंको सम्पत्ति अरुबाट चोरी हुने र अरुबाट लगिने छैन
१२. तपाईंले चाहेको सवैकुरा पुरा हुनेछ ।
१३. तपाईं जहिले पनि पुण्यवान नाग र देवहरुद्वारा सुरक्षीत हुनुहुनेछ ।
१४. सम्पूर्ण जीवनकालहरुमा तपाईंले बुद्धलाई देख्नुहुनेछ र धर्मलाई सुन्न सक्षम हुनुहुनेछ
१५. शुद्ध धर्मलाई सुनेर तपाईंले गहन अर्थशुन्यतालाई साक्षात्कार गर्न सक्नुहुनेछ ।
उपदेशहरुमा भनिए अनुसार करुणाका साथ यस मन्त्रलाई उच्चारण गर्ने देव वा मनुस्य जो कोही ले यी पुण्यहरु प्राप्त गर्नेछन् । त्यसबाहेक यस मन्त्रमा कैयन प्रकारका रोगहरुबाट चङ्गा पार्ने र सवै प्रकारको हानीबाट सुरक्षा गर्ने शक्ति छ ।
मन्त्रको रुपमा प्रकट हुने करुणावान बुद्धले हामीलाई सम्यक सम्बोधितर्फ डोर्‍याउँछ । करुणावान बुद्धको पवित्र कायको सम्बन्धमा हामी अर्पणहरु चढाउँछौपुण्य संग्रह गर्छौशुद्धिकरण गर्छौ र ध्यान गर्छौ । त्यसपछि करुणावान बुद्ध ओ म नि पद् मे हुँ मन्त्रको रुपमा प्रकट हुनुहुन्छ । यो मन्त्र उच्चारण गर्नाले हाम्रा नकारात्मक कर्महरु एकत्र हुन्छन र हामीले गुरु भक्तिदेखि त्यागबोधिचित्त र शुन्यता देखी तन्त्रका दुइवटा स्तरसम्म साक्षात्कार गर्नका लागि कारक बन्छ । त्यसपछि हामी सम्पूर्ण चेतनशील प्राणीहरुलाई सम्यक सम्बोधि सम्म ल्याउनका लागि सक्षम हुन्छौं । यस मन्त्रले हामीलाई कसरी लाभ पुर्‍याउँछ भन्ने कुरा यहि हो । यो हामीलाई फाईदा पुर्‍याउनका लागि वाह्य रुपमा देखा परेको करुणावान बुद्धको पवित्र वचन हो ।

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन
(Sunsan Tamang Pakhrin)

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ, २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।)
मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति, उपजाति, जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य, मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ।

हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो, हाल तामाङ छोरीचेलीले पनि हिन्दू छोरीचेलीले झै आफ्नो थर फेरेर लोग्नेको थर लेख्ने गरेको पाइन्छ। यो प्रचलन तामाङ सांस्कृतिक मूल्य र मान्यता विपरित छ। कुनै पनि सांस्कृतिक मूल्य र मान्यतालाई समकालीन समाजको आधारमा जोख्नु आवश्यक छ र अनुकूल भए अपनाउनु पर्दछ, नत्र छोड्नु पर्दछ। कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मूल्य र मान्यतालाई स्वीकार्नु हुँदैन। विवाहित चेलीले आफ्नो थर परिवर्तन गरेर लोग्नेको थर झुण्ड्याउनु भनेको श्रीमान् वा श्रीमानको खलकको दासत्व स्वीकार्नु हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो।

हिन्दू समाजमा विवाहपछि छोरीचेलीको जन्मको थर हुँदैन। जुन थरमा उसको जन्म हुन्छ अर्थात् विवाहपूर्व जुन थर हुन्छ विवाहपश्चात् उही थर रहँदैन। विवाहपश्चात् उनको थर श्रीमान्को थरमा परिवर्तन हुन्छ र उसको आनो कुनै जन्मको अस्तित्व देखिँदैन। हिन्दू नारीले लोग्नेको त्वम् शरणम्भएर स्वामीको थर स्थापित गर्नु पर्ने सांस्कृतिक परम्परा र मूल्यमान्यता रहेको देखिन्छ।
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ।
चेलीको थर परिवर्तन हुनु र नहुनुमा सम्वन्धित जातिका सांस्कृतिक मूल्य र मान्यता जिम्मेवार हुन्छन्। तामाङ समुदायमा स्थापित मूल्यमान्यताको व्याख्या ताम्बाले गर्दछ। ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ। तामाङ समाजमा ताम्बाको ठूलो महत्व छ। विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाई सकेपछि भनौं विवाहको चरमोत्कर्ष (चारदाम)मा ताम्बा भन्दछन् – ‘डिन्छेन आपाला का, डिन्छेन आमाला स्या म्हाला स्याप्रि प्रात्चि। रुइवाला चारि (रुइसाङ्) मायुङला छ्यारिन् मुलाअर्थात् बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियो तर चेलीको अस्थि (हाड) माइतीको अधिनमा नै छ। तामाङ समाजमा अस्थिलाई थरको प्रतिक मानिन्छ।
तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत र मासु मात्र दिइन्छ तर रुइसाङ अर्थात् चेलीको अस्थि (थर) दिइदैन। ताम्बाले प्रष्ट शब्दमा भनेका छन् – ‘रुइबाला चारि मायुङ्ला छयारिन् मुलाअर्थात् चेलीको अस्थि माइतिको हातमा नै छ।विवाहपश्चात् पनि चेलीको हाड माइतीमा नै रहने सांस्कृतिक परम्परा रहेको छ। यस प्रक्रियाबाट तामाङ समाजमा विवाहपश्चात् चेलीको थर परिवर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ।
यसपछि बेहुली तर्फका ताम्बा भन्दछन् – ‘स्या का मायुङ्से प्रात्चि, रुइबाला चारि मायुङ्लान्। बुसिङ्ला चु रुइबाला चरि तोरमार तासाम् मायुङ्ला छयारि दोन्ला, मायुङ् रेन्बोर्छेअर्थात् माइतीले चेलीको रगत मासु हामीलाई सुम्पिनु भो। चेलीको अस्थि माइतीको वंशमा नै छ। चेली तलमाथि भयो (मर्यो) भने यो अस्थि (हाड) माइतीलाई फिर्ता गरिदिने छौं।यसरी बेहुला पक्ष रुइसाङ फिर्ता गर्ने बचनबद्ध हुन्छन्। ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ तामाङ चेली गाईवस्तु वा बेचविखनको वस्तु होइन रहेछ भनेर। विवाहपश्चात् पनि चेलीको हकअधिकार र कर्तव्य माइती घरमा रहिरहन्छ।
माथिको सामाजिक संस्कारबाट प्रष्ट हुन्छ तामाङ समाजमा कन्या दानहुँदो रहेनछ। आजभोलि हिन्दूधर्मको प्रभावले हो वा ओजे (ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा विशषगरी तराइतिर कन्या दानदिने चलन चलाएको सुनिन्छ। उनीहरुले बुझ्नु आवश्यक छ – ‘तामाङ छोरीचेली गाईवस्तु जस्तो दान दिने वस्तु होइन, न त दासी नै हो पराया घरको भनेर। तामाङ समाजको लागि छोरी जुवाई भनेको दोस्रो पुस्ताका सन्तान हुन्। तसर्थ गोड धुवाइ गर्ने र जुवाइलाई ढोक्ने परम्परा तामाङ संस्कृतिमा कतै पाइँदैन। यो चलन कन्यादान दिने संस्कृतिको उपज हो।
तामाङ समाजमा माइती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ। आफ्नो जन्मथरको यश राख्न वा कुलको रक्षा गर्न चेली तथा माइतीको समान दायित्व हुन्छ। यसो हुनाले आमाबुबाको मृत्युपश्चात् पनि चेली र माइतीबिच आवतजावत् भइनै रहन्छ। तर हिन्दू समाजमा चेली माइत आउनुको अर्थ जन्मको माया मात्र हो। आमाबुबा मरेपछि त्यो मायाको धागो झिनो हुँदै जान्छ। तामाङ समाजमा चेली माइत आउनुको अर्थ मायामोह मात्र होइन सांस्कृतिक हकअधिकार पनि हो। आमाबुबा नरहे पनि माइतीले चेलीको रेखदेखको पूर्ण जिम्मेवारी बहन गर्नुपर्दछ।
ताम्बाको यस्तो सामाजिक विधानले गर्दा नै तामाङ छोरीहरुको इच्छा विपरित विवाह गरिदैन। विवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ। यदि कसैले जवर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले विराजीको मत जाहेर गरेमा एक हप्तापछि पनि माइती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ। तीन-चार छोराछोरीकी आमा बने पनि चेलीले आफ्नो लोग्नेसँग बस्न अनिच्छा प्रकट गरेमा माइतीमा आउँछिन् र चेलीको इच्छाअनुसारको अर्को कुटुम्बसँग पुन विवाह गरिदिन्छन् अर्थात् चेलीको घरजमको मामिलामा चेलीको विचार नै सर्वोपरि हुन्छ।
चेलीको मृत्यु भएमा माइतीको उपस्थिति र स्वीकृतिबिना लास चलाउन पाइँदैन। माइतीले चेलीको मृत्युको कारण सोधपुछ गरी लासको अनिवार्य निरिक्षण गर्दछन् र ऊ विश्वस्त भएपछि मात्र लास चलाउन स्वीकृति दिन्छन्। यो प्रचलन मेडिकल साइन्सको पोस्टमार्टम जस्तै हो। कुटुम्बाले घेवा अर्थात् अन्तिम मृत्यु संस्कारमा माइतीलाई निम्त्याएर सामाजिक नायकहरु ताम्बा, गान्बा आदि भद्रभलाद्मीको उपस्थितिमा लामाको डाजाङ (आसान)मा चेलीको अस्थि विवाहमा गरिएको सर्तअनुसार फिर्ता गर्दछन्। माइतीले चेलीको रुइबाला चरी (थरको प्रतिक हाड) विधिविधानसहित ग्रहण गर्दछन्। यसरी तामाङ चेली कुटुम्बको घर गएर पनि जन्मथरमै आफ्नो अस्तित्व कायम गर्दछन् र मृत्युपश्चात् पनि ऊ आफ्नो जन्म घर र थरमा नै फर्किएकी हुन्छे।
माइतीले सामाजिक जिम्मेवारीपूर्ण चेलीको अस्ति (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पूर्खाको भूमि अर्थात् हालका पवित्र तिर्थस्थल स्वम्भूमा लगेर शान्तबुद्धलाई समर्पित गर्दछन् र प्रकाशको लागि बौद्ध तथा स्वयम्भूमा नाङ्साल (बत्ती) बाल्दछन्। सो कार्य गर्न माइतीले कारणवश नसक्ने भएमा चावाइ लामा (मूल लामा)लाई अनुरोध गर्दछन् र उनले सो कार्य सम्पन्न गर्दछन्। यी तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आनो पुर्खाको भूमिमा पूर्वजहरुसँग लिन गराउनु हो भन्ने विश्वास रहेको छ। त्यसपछि पनि वर्ष वर्षमा ती पवित्र स्थलहरुमा गएर चेली अध्याँरो यात्रामा होलिन्, उज्यालो होस्, शान्ति होस् भन्दै चेलीको नाममा माइतीले नाङसाल बाल्ने गर्दछन्। आजभोलि पनि प्रत्येक वर्षको चैत्र पूर्णिमाको अगिल्लो दिन बौद्धको चैत्यमा र पूर्णिमाको दिन स्वयम्भूमा मृतकको नाउँमा बत्ती बाल्ने तामाङ श्रद्धालुहरुको भिड हेर्न सकिन्छ।
यसरी तामाङ चेलीमा थर परिवर्तन नहुनुका कारणहरु माथिका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्कारहरुबाट प्रष्ट भएको छ। तामाङ समाजको लागि चेलीले लोग्नेको थर राख्नु भनेको लोग्नेको दासी बन्नु हो, स्वअस्तित्व विलिन गर्नु नै हो, माईतिसँगको सम्बन्ध तोडिनु पनि हो, आवातजावतको बाटो बन्द गरिनु पनि हो। जुन जातिमा चेलीको थर परिवर्तन हुन्छ अर्थात् लोग्नेको थर नै उसको आफ्नो थर हुन्छ, ती सबै जातिका चेली सांस्कृतिकरुपमा दासी सरह हुन्छन् भन्ने पनि छ। तामाङ समाजमा जस्तो सामाजिक तथा सांस्कृतिक वैधानिकता हिन्दू समाजमा नहुनाले छोरीलाई दान दिने वस्तुको रुपमा स्थापित गरिएको पाइन्छ र कन्यादानको परम्पराले गर्दा हिन्दू नारी स्वतन्त्रतानारी मुक्ति आन्दोलनको लक्ष्यएउटा काल्पनिक वस्तु मात्र हुन गएको छ सडक आन्दोलनमा होमिदा होमिदै पनि।
यसरी तामाङ समाजमा ताम्बाले विभिन्न सामाजिक तथा सांस्कृतिक विधिविधानमार्फत् तामाङ चेलीलाई नारी स्वतन्त्रताको सांस्कृतिक तथा सामाजिक वैधानिकता प्रदान गरेको छ। ताम्बाको यस्तो सामाजिकसांस्कृतिक वैधानिकतालाई अङ्गालेर आफ्नो परम्परागत हकअधिकारलाई निरन्तरता दिएर स्वतन्त्रतामा रम्ने वा गैरतामाङ सांस्कृतिक परम्पराको सिको गर्दै मुक्तिको लागि आन्दोलनमा उत्रने यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरो हो। धन्यवाद।

फुट नोट

१ यो लेख सर्वप्रथम नौलो तरङ्ग सामयिक (वर्ष १ अङ्क १, जेष्ठ, २०४९) प्रकाशित भएको हो । परिमार्जनसहित ज्यारुड खास्योर मासिक (वर्ष १ अङ्क ३ साउन, २०५०) मा र पछि अन्यत्र धेरै पत्रपत्रिकामा छापिएका छन् । यस अवधारणासम्बन्धी थप जानकारी र प्रमाणहरु प्रताप बलका पुस्तक दार्जिलिङका ताम्बाहरुको व्याख्यान (२००५) मा हेर्नुहोला।

२ शरीरविज्ञानमा पनि हाडलाई रक्तको स्रोत मानिएको छ अर्थात् हाडमा नै रगत बन्दछ । ताम्बाहरुले शरीरविज्ञान बुझेका रहेछन् भन्ने यसबाट प्रष्ट हुन्छ ।
३ काठमाडौंको बौद्धजोरापाटीस्थित तामाङ गुम्बामा २०६२ सला असारमा सम्पन्न एक विवाहमा सो गुम्बाका मूल लामाले पनि ओजे भएर हो वा के कारणले हो ताम्बाको वचन रुइबाको चरीको विधिविधान नगरिकनै विवाह सम्पन्न गरेका थिए । यस्तो सांस्कृतिक मूल्य, मान्यता र सामाजिक नायकहरुतर्पm पनि तामाङ जाति चनाखो हुनु आवश्यक छ । थप जानकारीको लागि यसै पुस्तकमा रहेको तामाङ जातिको मौलिक तथा गतिशील सांस्कृतिक पक्षहरु हेर्नुहोला ।
४ तामाङ चेली विजातीसँग गएमा पनि माइत आवतजावत गर्न सक्दछन् तर विवाहको रीतभात अर्थात् चारदाम गरिदैन । यसरी विवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीको रगत मासु दिइएको हँुदैन र चेली माइती कुलमा नै रहिरहन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात् अन्तिम संस्कार पनि माइतीले नै गर्नुपर्छ

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे

साभार:- Sanchu Blon Tamang

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे |
तिनी कातिर्क १ गते । तामाङ लेखनला ऐतिहासिक रे हिन्ना । तामाङ ग्योइ लेखन दिवस बिसी दाङ्बा प्रस्ताव तामाङ साहित्य एकेडेमिसे चु ङच्छान लाबा मुला । चु प्रस्तवा निबा दिङ ङि ङाच्छान एकेडेमिसे लाबा हिन्ना । बि.स १९८९ कार्तिक १ सोमबार कुनु गोर्खापत्र स्योस्योरि तामाङ ग्योइला गिक्छा थेन आधिकारिक प्रकाशन ताबा मुबा । थे दुइरि तामाङ ग्योइरि तत्कालिन ग्रेनलोन्पोला भाषण दा गोर्खापत्र स्योस्यो छिबाला मुबा ।
िनी बिमा बोगाल ब्लिसे ङि (८२) दिङ ङाछा तत्कालिन ग्रेनलोन्पो जुद्धशम्सेर राणासे वि.सं. १९८९ अशोज ३१ गते पिन्बा भाषण ला सारदा ल्होलोल्होलो आमाग्योइरि मुबा ।
तामाङ ग्योइरि न ब्रि, तामाङ ग्योइदा सोनालाइ बिबा नाराला छ्यामरि तिनी सामाजिक
सन्जलका देरि तामाङकादेसे सन्देश प्रभाह लासि चिबा मुला । तामाङ लेखन आन्दोलन
ङाच्छा बोर्गे, तामाङ ग्योइरिन साहित्य सिर्जना,आमाग्योइला विकासरि बो किन्गे, तामाङ
ग्योइ छार पुस्तादा हस्तान्तरण दाबिबा नाराला छ्यामरि तिनीला रेदा तामाङ
ग्योइ थेन ग्योइकाइदा क्षेत्र रि गे लाबाकादेसे डान्बाला मुला । थे दुइ हेन्से तिबा तामाङ ग्योइ लेखन थेन प्रकाशसन से ल्हानान फड्को लासी जिन्बा मुला । दात्ते दोना तामाङ ग्योइ थेन ग्योइकाइला थुम्रि छ्योआछ्यो ग्यार्जगिक छ्योइकादे थोन्सिजिन्बा मुला । छापारि जेक्खेन आताना विद्युतिय सन्चारमाध्याम, रेडियो, एफ. अनलाइन थेन टेलिभिजनरी तामाङ ग्योइसे ग्याल याङसि चिबा मुला । पृथ्वी नारायाण शाहला दुइरि लाबा कथित राज्य एकिृकरण थेन थेसे काप्पा एक भाषाला नितीला कारण तामाङ ग्योइसे ह्रेङ्बा दुइदोना खारे ख्रेन्ला आम्याङसाइ स्यान्दोला च्यासि तामाङ ग्योइ छोम्बोन मुला ।
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)



संघीयताका अन्तर्राष्ट्रिय अनुभव

साभारः Amrit Lopchan Tamang
डा. मंगलसिद्धि मानन्धर 
mangalsidhi अन्तरिम संविधानले २०६३ सालमा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको थियो । त्यसअनुसार पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले पहिचानलाई प्रमुख आधार र सामथ्र्यलाई सहायक आधार मानेर १४ प्रदेशको प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसरी नै ढिलै भए पनि २०६८ मंसिर ६ को मन्त्रिपरिषद् निर्णयअनुसार राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग गठन भयो । त्यसले पनि पहिचानलाई नै प्रमुख आधार बनाई १० प्रदेशको प्रस्ताव अगाडि सार्‍यो । आयोगले थप एक गैरभौगोलिक दलित प्रदेश पनि प्रस्ताव गर्‍यो । तर उल्लिखित प्रस्तावहरूप्रति पार्टीहरूबीच सहमति हुनसकेन । मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसले तीव्र रूपमा असहमति जनाए । तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओवादीले कुनै पनि प्रस्तावलाई प्रक्रियामा लगेर मतदान गराएन । सहमतिमै संविधान बनाउने आशयले संविधान लेखन अधुरै छाडियो ।
दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो पार्टीहरूको रूपमा स्थापित भए । दुवैको संयुक्त मतको आधारमा कुनै पनि प्रस्ताव मतदानको प्रक्रियाबाट दुई तिहाइ मतद्वारा पारित गर्नसक्ने सम्भावना देखिएको छ । तर एकात्मक र केन्द्रीकृत राज्यको विनिर्माण गरेर संघीयतामा जाँदा पहिचानको आधारमा गर्ने अन्तर्राष्ट्रिय अभ्यास र विभिन्न समयमा आदिवासी-जनजाति र मधेसी समुदायले गर्दै आएका आन्दोलन, विद्रोह, सशस्त्र संघर्षहरूको उद्देश्य, मर्म र भावनाहरूलाई नजरअन्दाज गरी असहमतिबीच संविधानको घोषणा उचित होला ?
संसारमा दुई किसिमले बनेका संघीय देशहरू पाइन्छन् । एकै ठाउँमा आएर बनेका संघीय संरचना भएका देशहरू र एकात्मक तथा केन्द्रीकृत राज्य विनिर्माण गरेर एकै ठाउँमा रहन/राख्न संघीय संरचनामा गएका देशहरू ।
एकै ठाउँ आएर बनेका देशहरू
संयुक्त राज्य अमेरिका स्वतन्त्र राज्यहरू एकै ठाउँमा आएर बनेको संघीय संरचना हो । अमेरिकाको पूर्वी भागमा रहेका १३ राज्यहरू मिलेर बि्रटिस साम्राज्यविरुद्ध स्वतन्त्रताको निम्ति सशस्त्र संघर्ष गरे । लामो संघर्षपछि सन् १७७६ मा स्वतन्त्रताको घोषणा गरे । यी १३ स्वतन्त्र राज्यहरू मिलेर सन् १७८९ मा संयुक्त राज्य अमेरिकाको स्थापना भयो । संयुक्त राज्य निर्माण गर्दाको कारण ब्रिटिस साम्राज्यबाट फेरि पनि हुनसक्ने आक्रमणको सम्भावना नै प्रमुख कारण थियो । सशस्त्र संघर्षबाट १३ अमेरिकी राज्यहरूले बि्रटिस साम्राज्यलाई अमेरिकामा पराजित गरे पनि बि्रटेन तत्कालीन संसारको सबैभन्दा शक्तिशाली साम्राज्यका रूपमा कायमै थियो ।
सुरुमा १३ राज्यहरूले संयुक्त राज्य अमेरिका स्थापना गरे पनि क्रमशः राज्यहरू थपिँदै गए । यो देशले कुनै लडाइँ गरेर, कुनै किनेर र अरु विशाल अमेरिका महादेशको पश्चिमी भूभाग (मिसिसिपी नदीको पश्चिम) मा विस्तार गरेर प्रशान्त महासागरसम्म आफूलाई फैलायो र ५० वटा राज्यहरू कायम गर्‍यो ।
रूसमा सन् १९१७ मा अक्टोबर क्रान्ति भयो । १९२२ मा रूस सोभियत संघीय समाजवादी गणतन्त्र र ट्रान्स-ककेसियन सोभियत संघीय समाजवादी गणतन्त्र, बेलोरूसियन सोभियत संघीय समाजवादी गणतन्त्र र युक्रेन सोभियत समाजवादी गणतन्त्र मिलेर संघीय संयुक्त सोभियत समाजवादी गणतन्त्रको निर्माण भयो । त्यसपछि सोभियत समाजवादी गणतन्त्रहरू थपिँदै गए । सन् १९२४ मा टुर्कमेन र उज्बेक, १९२९ मा ताज्जिक, १९३६ मा कजाक र किर्गिज सोभियत समाजवादी गणतन्त्रहरू मिसिए । यसै वर्ष ट्रान्स-ककेसियन गणतन्त्र भंग गरियो र यसले ओगटेको क्षेत्रलाई अर्मेनिया, अजरबैजान र जर्जिया सोभियत समाजवादी गणतन्त्रहरूमा विभाजित गरियो । १९४० मा कारलोहफिन क्षेत्र, माल्दाभिया, इस्टोनिया, लात्भिया र लिथ्वेनिया सोभियत समाजवादी गणतन्त्रहरू स्थापित भए । तर कारलोहफिन क्षेत्र १९५६ मा सोभियत संघीय संरचनाबाट अलग्गिएर स्वतन्त्र भए । त्यसपछि सोभियत संघमा जम्मा १५ राज्यहरू बाँकी रहे ।
सोभियत समाजवादी गणतन्त्रहरू सोभियत संघ स्थापना हुँदा पहिचान स्पष्ट भएका राष्ट्र राज्यहरू एकै ठाउँमा आएर भएको देखिन्छ । सन् १९९१ मा सोभियत संघ विघटन हुँदा धेरै सोभियत राज्यहरू छुट्टै पहिचानसहित स्वतन्त्र र सार्वभौम देशका रूपमा देखापरे । रूसले सोभियत संघ भंग भएपछि देशको नाम संघीय रूस राख्यो । २०१४ मार्चसम्म आइपुग्दा रूसमा ६ प्रकारका गरी जम्मा ८५ संघीय इकाइहरू थिए, जसमा २२ वटा गणतन्त्रहरू, ४६ वटा ओब्लासटहरू (संघीय गर्भनर नियुक्त हुने क्षेत्रहरू), ९ वटा क्रेजहरू (ऐतिहासिक क्षेत्रहरू), ४ वटा स्वायत्त ओक्रुजहरू (आदिवासी-जनजाति भएका क्षेत्रहरू), ३ वटा संघीय सहरहरू र एक स्वायत्त ओब्लास्ट -यहुदी क्षेत्र) छन् ।
नेपाल संघीयतामा जाँदैछ । संघीय इकाइहरू कुन आधारमा निर्माण गर्ने टुङ्गो भने लागिसकेको छैन । संघीय इकाइहरू पहिचानको आधारमा हुनुपर्छ भन्ने एक पक्ष छ भने अर्को पक्ष सामथ्र्यको आधारमा हुनुपर्छ भन्ने अडानमा छ । पहिचानलाई नकार्न गाह्रो भएकाले अस्पष्ट र भ्रमात्मक शब्द- बहुपहिचानमा जाने कुरा गर्नेहरू पनि छन् ।
संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैमा राज्यहरू मिलेर निर्माण भएका हुन् । एकात्मक र केन्द्रीकृत राज्यको विनिर्माणवाट संघीयतामा गएका होइनन् । तर नेपाल एकात्मक र केन्द्रीकृत राज्यलाई विनिर्माणवाट इकाइहरू निर्माण गरी संघीयतामा जानलागेको हो ।
विनिर्माणबाट संघीयतामा गएकाहरू
हाम्रो छिमेकी देश भारत पनि एकात्मक र केन्द्रीकृत संरचनाको विनिर्माण गरी संघीयतामा गएको हो । भारतमा पनि त्यसबेला संघीयताको आधार के हुने भन्ने विषयमा ठूलो विवाद रह्यो । एकातिर संघीय इकाइहरूको आधार पहिचान नै हुनुपर्छ भन्ने ठूलो मत रह्यो भने अर्कोतिर तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू लगायत पहिचानलाई आधार बनाउन सहमत देखिएनन् । राज्य पुनःसंरचना आयोगको गठन भयो । सन् १९५६ मा आयोगको सिफारिसअनुसार संघीय इकाइहरू भाषिक र जातीय आधारमा निर्माण गरिए । मद्रास राज्यलाई केरला र तमिलनाडु राज्यहरू बनाइए । बम्बे राज्यलाई महाराष्ट्र र गुजरात राज्यहरूमा छुट्याइयो । त्यसरी नै पञ्जावीभाषीहरूको पञ्जाब बन्यो । पछिल्लोपटक बनेको तेलंगानासहित अहिले भारतमा २९ राज्यहरू छन् ।
पाकिस्तान पनि पहिचानकै आधारमा विनिर्माण भएको देखिन्छ । बलुचीहरूको बलुचिस्तान, पञ्जाबीहरूको पञ्जाव, सिन्धिहरूको सिन्ध र उत्तर पश्चिम सिमान्त प्रान्त/खैबर पकटुन खावाः । सन् १९९४ मा अफ्रिकी महादेशको इथियोपिया संघीयतामा गयो । जातीय पहिचानको आधारमा ९ प्रदेश र २ संघीय क्षेत्रहरू बनाइए ।
सन् १९९४ मा संसारका धनी देशहरू मध्येको बेल्जियम तीन संघीय इकाइहरूमा विभाजित भयो । तीन राज्यहरूको आधार पहिचान नै थियो: फ्लेमिस (५७.९ प्रतिशत डचभाषी), वालोन (३२.६ प्रतिशत फ्रेन्चभाषी) र ब्रसेल्स (जर्मन र फ्रेन्चभाषी) । सन् २००५ मा इराक संघीयतामा गयो । कुर्द राष्ट्रलाई स्वशासित कुर्दिस्तान राज्यका रूपमा स्थापित गर्‍यो ।
एकात्मक र केन्द्रीकृत राज्यहरू संघीयतामा जाँदा पहिचानलाई नै मुख्य आधार बनाएको पाइन्छ । देशको विविधताको समस्यालाई उपयुक्त रूपमा सम्बोधन गर्न संघीयता एउटा उत्कृष्ट उपायको रूपमा प्रयोग गरेको पाइन्छ । नेपालमा मात्र सामथ्र्यको आधारमा एकात्मक र केन्द्रीकृत नेपाललाई संघीय इकाइहरूमा विनिर्माण गर्ने प्रयास भइरहेको छ ।
सामथ्र्यको आधारमा एकात्मक र केन्द्रीकृत राज्यहरूलाई विनिर्माण गरेर संघीयतामा जाने अन्तर्राष्ट्रिय अभ्यास देखिँदैन । नेपाल एक त अति कम विकसित देशहरूको वर्गमा पर्छ । देशमा भौतिक पूर्वाधारहरूको कमी छ । प्रतिव्यक्ति आय हाल ४७०३ डलर पुगेको अनुमान छ । अझै पनि नेपालको बजेटमा विदेशी अनुदान र ऋणले ठूलो भाग ओगटेको छ । सामथ्र्यको आधारमा देश नै अति कमजोर अवस्थामा छ । देशको सामथ्र्य कमजोर रहेको अवस्थामा सम्पन्न प्रदेशहरू खोजेर पहिचानलाई नकार्न खोज्नु तर्कसंगत देखिँदैन । सामथ्र्य बढाउने हाम्रो आवश्यकता हो । सामथ्र्य बढाउन सकिन्छ ।
सामथ्र्यको आधारमा संघीय प्रदेशहरूको निर्माण गर्दा विभिन्न कालखण्डमा उठेका आदिवासी-जनजातिहरूको आन्दोलन, मधेसीहरूले गरेका जनविद्रोह, उनीहरूसँग भएका सम्झौताहरू र अन्तरिम संविधानको पनि विपरीत हुनजाने देखिन्छ । अन्तरिम संविधानको धारा १३८ (१ क) मा मधेसी समुदाय लगायत आदिवासी-जनजातिहरूको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राज्य बनाउने लेखिएको छ । साथै अर्को महत्त्वपूर्ण कुरा, विनिर्माणबाट संघीयतामा जाँदा पहिचानलाई आधार मान्ने अन्तर्राष्ट्रिय अभ्यास नमान्ने हुनजान्छ । अन्ततः यस्तो हुँदैन होला, तर यस्तो भइहाल्यो भने देशको लागि ठूलो दुर्भाग्य हुनेछ ।
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)


तामाङ ब्यक्ति परिचय स्तम्भ (थाहा पाई राखौ,चिनौ)

अबिरल अटल निरन्तरःसुलोचना थिङ
Sulochana Theeng Tamang

(के गर्नु हुन्छःयो पोस्टलाई लाईक,सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी गराउ र प्रोत्साहित गरौ)

तामाङहरुको कुरा खासै संचार माध्यममा त्यति आउदैनन र तामाङ सन्चारकर्मीहरु पनि अहिले केहि बढे पनि यात्रा निकै कठिन नै छ।एउटा तामाङ सन्चारकर्मी भए पछि नियमित पत्रकारिताको चुनौतीहरु मात्र सामना गर्नु नपरी थप अपेक्षा,भ्रम चिर्ने,बुझाउने चुनौतीहरु पनि पक्कै रहन्छ।अझ महिलाको सङख्या त अझ कम छ।यी र यस्ता सबै चुनौतीलाई पार गर्दै हाम्रा एक चेली पनि करिब १५-१६ बर्ष देखी बिधुतिय संचार माध्यममा बिभिन्न कुराहरुलाई पार गर्दै दुर्घटनालाई पनि पर्बाह नगरी निरन्तर रुपमा अगाडि बढदै बिगत लामो समय देखी तामाङ र आदबासी मात्र नभई नेपालकै सम्रग संगित र संचार क्षेत्रलाई योगदान दिदै तामाङको नाम उँचो बनाउने काम गर्दै आउनु भएको छ। उहाँले बालबलिकाको क्षेत्र मार्फत समाज सेबा पनि गर्दै आउनु भएको छ।उहाँले धर्म अध्ययनमा पनि स्ताकोत्तर गर्नु भएको छ।उहाँले नेपालको प्रमुख सन्चार माध्यमहरु काम गरि सक्नु भएको छ। हाल मुख्य executive को रुपमा कार्यरत हुनु हुन्छ । सन्चारकर्मी,समाजसेबी,डाईरेक्टर,सगित ब्यक्तिव, तामाङ सक्रिय ब्यकति र बहुआयमिकः सुलोचना थिङ
उहाँको केहि कार्य,उपल्वधिहरु तल पोस्ट गरिएका केहि फोटोहरुमा हेर्नु होला।
उहाँलाई बिभिन्न सस्थाले त सम्मान गर्दै आएको हो। हामी पनि शब्दले नै भए पनि सम्मान गर्छौ।तपाईहरुलाई पनि लाईक गरेर सम्मान गरि दिनु हुन अनुरोध गर्दछौ।

यस्ता परिस्थिति सँग लडदै महत्वपुर्ण काम गर्नु हुने उहाँलाई हाम्रो सलाम

भबिय्यमा तपाईको कामले अझ सफलता पओस र सम्रग नेपाली संचार र संगित क्षेत्रमा योगदान दिनु हुदै अझ तामाङ र नेपालीको नाम नै उँचो गर्दै जानु हनेछ भन्ने शुभकामना कामना।

सबै मिलेर यस्ता ब्यकतित्बलाई चिनौ र लाईक मार्फत सम्मान गरौ।
(के गर्नु हुन्छःयो पोस्टलाई लाईक,सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी गराउ र प्रोत्साहित गरौ)


नोटःहामीले तामाङ र नेपाललाई योगदान पुय्याउने हुने बिशेषगरी समकालिन तामाङहरुलाई अझ धेरैलाई वा सबै माझ पुय्याउने,चिनाउने र उहाँहरुले गरिरहनु भएका राम्रो कामलाई प्रोत्साहित गर्ने उदेश्यले यो स्तम्भको थालनी गरेका छौ।यस्तै उच्च बिचार राख्ने र कार्य गर्ने ब्यक्तिहरु सम्बन्धि जानकारी क्रमिक रुपमा बाहिर ल्याउने छौ।तपाईहरुले पनि हौसला प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ।  
 साभारः Sulochana Theeng Tamang
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

बिमलाको मेडल,तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना

साभारः जनजाति डटनेट
लेख-बिश्लेषण--
बिमला तामाङ
बिमलाको मेडल
,तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना

(सबै तामाङले पढ्नु होला।प्रतिक्रिया दिनु होला।Share गर्नु होला।लामो भए पनि सबैले पढ्नु होला।महसुस गरौ।)

अरुले भन्दा पनि यी कुराहरु तामाङले बुझ्नु पर्ने छ ।जुन दिन हामीले बुझ्ने छौ कसैले रोक्न सक्ने छैनन हामीलाई र हाम्रा प्रतिभाहरुले हराएर जानु पर्ने बाताबरण हट्ने छ।उचित कदर हुनेछ।समृद्द हुने छ।तामाङ १७ लाख जनसङख्या भएको जाति हो।१०-१२ भोटले जितेर जनता माथि राज गरिने परिपेक्षमा हामीले कुरा बुझे कसै सामु मागिरहनु पर्ने जरुरत नै पर्ने छन वा जातिय रुपमा बिभेद हुने स्थिति हुने छैन।

हाईलाईट

राज्यले पठाउने बेला त आफ्नो कर्तब्य निर्बाह गर्न सकेन अब उनलाई उचित सम्मान पुरुस्कार दिएर प्रस्याताप गर्नु पर्छ।१९ बर्षिय तामाङले सहि वाताबरण पाए कम्तिमा ३-४ वटा त ओल्म्पिक नै खेल्न सक्छिन मेडल जित्न सक्छिन(ओल्म्पिकमा पनि एसियाई खेलाडीले नै गोल्ड मेडल जितिरहेकी छन तसर्थ त्यति टाढा छैन)। राज्यले अहिले सम्मान गरि त्यसको लागि दिर्धकालिन योजना बनावोस।मिसन ओल्म्पिक २०१६ बनाएर चाहिने सबै किसिमको सेबा दिवोस,६०१ सभासदलाई महिनाको ५० हजार भन्दा बढी दिन सकिने एक जनाले जसले एक अर्का तामाङ(बिधान लामा) बाहेक कसैले नगरेको ओल्म्पिकमा मेडल जितेर नेपालको नाम उचो राख्ने सम्भावना देखाउदा किन लगानी गर्न नसक्ने? राज्य चाहिने सबै किसिमको सुबिधा दिनु पर्छ।२०१६ मा मेडल जित्ने वाताबरण बनाउनु पर्छ।हाम्रोमा पनि प्रतिभा नै नजन्मने होईनन हामीले पो सदुपयोग गर्न सकेनौ कि?”
पुरा लेखः

बिमला जीले मेडल जिते पछि त्यस पछिको घटना क्रम सुनेर निम्म कुराहरु लेख्न मन लाग्यो।

१) हामीले मेडल जित्नु पछाडि बिमला तामाङ ले मेडल जितिन भनेर पोस्ट गरेका थियौ।तामाङले मेडल जित्नु भनेको आफैमा अझ महत्बपुर्ण हुन्छ।हामीले त्यतिकै हालेका होईनौ,पक्कै यसमा कति परिश्रम,बलिदान छ भनेर महसुस गरेर हालेका थियौ।देशले सबै कुरा सजिलो बनाईदिएर प्रतिभावान खेलाडीलाई खेल्न मात्र लगाएर पक्कै मेडल जितेको पक्कै होईन भन्ने पहिले नै आभास थियो।
१.१ मेडल जित्न सक्ने बिमला तामाङ जी(सबैले सम्मान गरौ) ब्यकतिगत खर्च(गुरु र अन्य) मा जानु पर्ने बनाईएछ।बदलामा १ वटा मेडल दिलाईदिएर ईज्जत धानी दिएको खेलमा सरकारी खर्चमा पदाधिकारी भनेर मात्र कति गए अत्तोपत्तो छैन र कुल बजेट कति सकाईयो थाहा छैन(कति करोड भन्दा कम नहोला) तर जसले मेडल जितेर सहभागिताकै ईज्जत धानि दिईन वा सहि प्रोहोत्सान पाएको भए गोल्ड मेडल जित्न सक्थिन त्यस्तो खेलाडी चाँहि आफ्नै खर्चमा जानु पर्ने? यसले के उनीहरु सच्चिकै खेल र खेलाडीको बिकास चाहान्छन भन्नेमा प्रश्न उठाईदिएको छ।अलिकति नि लाज भन्ने कुरा बाँकी छ भने अब त्यस्ता पदाधिकारीले गर्ब गर्नु भन्दा माफी माग्नु पर्छ वा राजिनामा दिनु पर्छ। पहिले उनको खर्च ब्यहोर्ने बेलामा चै गायब अहिले पदक दाबी गर्न चाँहि मिल्छ?यो अर्थमा बिमला जी ले नेपालको लागी पदक जित्नु भयो भन्दा कसरी गतल हुन्छ? त्यस्ता ब्यकतिले पदक दाबी गर्न नैतिकताले दिन्छ? अन्यको यस्तो खराब प्रर्दशनको जिम्मबारी लिदै कति जनाले अब राजिनामा दिन्छन त?बिमला जीको केसमा कस कसल माफी माग्छन त?

१.२ यसरी नै खेलाडी आफैले पैसा हालेर जानु पर्ने स्थिति बनाईए वा रहिरहे अहिले पैसा भएकाहरु सभासद भए भनेर आरोप लगाईएको बेलामा भोलिको दिनमा यस्ता आयोजनाहरुमा खेलाडीरुपमा उधोगपतिहरु बिदा मनाउन जान स्थिति नआउला भन्न सकिदैन।अहिले नै पनि गएका मध्ये पनि ९५% पराजित नै भएको अवस्थामा कसैको जबाफदेयिता पनि नहुने हुदाँ त्यस्तो गरे पनि रोक्न सक्ने केहि देखिदैन।
१.३ कान्तिपुरको समाचार अनुसार उनी कोरिया पुगिसकेर पनि खेल्दै छु कि छैन भनेर नै थाहा थिएन रे।खेलाडीले खेल्ने हो कि राजनिति गर्ने? जाँच दिन गएको मान्छे जाँच दिन पाउछु कि पाउदिन भन्ने थाहा नहुदा कस्तो मानसिक पिडा हुन्छ? राजनिति गरेर त्यस्तो स्थिति ल्याउन देशको हित भन्दा आफ्नो पद र हित मात्र सोच्नेहरु लाई के भन्ने? धेरै मानिस के अब मानसिक रुपमा पनि गरिब हुदै गएका हुन?
२ कोहि कोहि चाँहि तामाङले जितेको होईन नेपालीले जितेको भन्नु पर्छ रे।के अब बिमला तामांङ भन्दा चाँहि अब उनी नेपाली नहुने? उनले आफ्नो जात लुकाउनु पर्ने? केहि तामाङले नराम्रो काम गर्यो भन्दा चाँहि तामाङले गरेको हो नेपालीहरु त्यस्तो हुदैन भनेर टाढिने जब कोहि तामाङले धेरै त्याग तपस्या गरेर राम्रो गर्छ अनि फेरी उ तामाङ नै होईन भन्ने दोधारे नितिले बिगार्छ।उनी तामाङ हुन र नेपाली पनि हुन।तामाङ भने पछि नेपाली नहुने भन्ने जस्तो दरिद्द सोचले देशको बिकास हुन नसकेको हो।उनी करिब १० बर्ष देखी कराते खेली रहेकी रहेछिन? हाम्रो आरोप होईन तर त्यति नै परिश्रम गरेको मानिस कहाँ पुय्याईएको तर जना प्रतिभा भएर पनि कहि भनसुन गर्न नसक्ने जनजाति पछाडि पर्ने परेको(आफ्नो खर्चमा जानु परेको) यथार्थ हो।होईन भने त्यसलाई ब्यहारमा गलत सबित गरेर देखाउनुस।अबसर दिने बेला चाँहि फेरि जातिबाद ल्याएर र केहि गर्यो भने चाँहि हामी सबै एकभनेर होईन।मानिस भए पछि उसको राष्ट्रियता हुन्छ जात हुन्छ।हाम्रो देशमा जातको कुरा बढी उठेको पनि पहिले जातिय रुपमा बिभेद गरिएरै हो।जति आफु माथि परे पछि जात भात को कुरा गर्न हुन्न भनेर आफ्नो दुनो सोध्याउनेहरु मा राष्ट्रियता छ त्यति नै राष्ट्रियता सबै जनजातिमा छ।समस्याको समाधान काठमाडौमा बसेर एकताको मिठो कुरा गरेर मात्र हुदैन त्यस्ता मानिसले दिने बेला पनि ब्यवहार मा त्यो कुरा लागु गर्न सके यस्ता कुरा आफै हराउदै जान्छ।म नेपाली हु तर म तामांङ पनि हु।तामाङ भन्दा म नेपाली नहुने होईन। तामाङ ले जित्यो भन्दा पनि खुसी हुन सकौ, सबै जे जस्तो अबस्थामा छन कुनै परिबर्तन बिना सम्मान गर्न सकौ न सबैले अनि पो सच्चिकै राष्ट्रियता हुन्छ? राष्ट्रियताको कुरा गर्दै तामाङले जित्यो रेभन्दा चाँहि कम खुसी हुने वा कि तामाङ नभन अनि मात्र मान्छौ भन्नेहरु जातिबादी ,आराष्ट्रिय कि मे जस्तो अवस्थामा छु पहिचान गर्नुस म पहि उतिकै नेपाली हु भन्नेहरु जातिबादी सोच्नुहोला।
३ यसले एउटा तामाङको कथा पनि देखाउछ।गाँउबाट राजधानी आउनु पर्ने अवस्था।अनेक हन्डरसँग लडदै राजधानीमा रहनु स्थापित हुनु पर्ने अवस्था।स्रोतमा आधिकार नहुनु,राम्रो शिक्षा रोजगारी अभाव,आफ्नो भनसुन गर्न मान्छे नहुदा र ठुला भनाउदाँ जतिहरुको जातिबाद(तपाईहरुकै साथीहरु कति जना ठुला भनाउदाँ जातको नातेदारको भनसुनले ठाँउ पाएका छन सम्झनुस) अनि तामाङ लगायतका जनजाति चाँहि अथक परिश्रषम पछि पनि केहि हुन नसके पछि परिबारसँग बिछोड हुदै बिदेशिन बाध्य हुनु पर्ने अवस्था।अनि पछि त्यहि जनजातिहरुले पठाएको रिमिटेन्सले शासन वा राज्य सन्चालन भईरहेको अवस्था।यी कुराहरु आरोप नभई अहिले भई रहेको कुरा हुन।त्यसैले को जातिय राम्ररी बुझ्नु पर्ने कुरा छ।अझ खेलकुद जस्तो जहाँ गरेर देखाउनु पर्छ भनसुनले मात्र हुदैन त्यस्यो ठाँउमा समेत जातिबाद देखिन्छ कोहि कोहि अति प्रतिभावान उछिटिएर आएको भन्दा अरुलाई गर्न दिएको नपाएको कुरा बिबरणहरुले देखाउछ हाम्रो आरोप होईन।अनि यसो नगरौ न कोहिको जातियरुपमा मात्र हालीमुहाली नगरौ भन्दा चाँहि जातिय हुने?

४ सबै राष्ट्रियताको नाम दिदै काम चाँहि आफ्नो दुनो सोध्याउदै गर्दै छन।जुन दिन हाम्रा मुलधारे भनिएको मिडियाले यस्ता कुरालाई स्थान दिनेछ,यसरी सोच्न थाल्नेछ त्यो दिन चाँहि अब चाँहि देशको केहि हुने भयो भयो भनेर सोच्ने दिन आउनेछ।

५ त्यसैले यस्ता राष्ट्रिययाको नाम दिदै आफ्नो जातिको हालि मुहाली गर्नहरुबाट सचेत होउ।कुरा बुझौ।उनीहरुको जातिबादमा परेर वा आफ्नो स्वार्थको लागि कति प्रतिभाबान बिमला तामाङहरुले खेलकुद क्षेत्रबाट नै पलायन गर्न बाध्य बनाईयो होला,कति सङधर्ष गर्दै होलान,बिभेद र भनसुनको शिकार हुदै होलान।उनीहरुले यस्ता ब्यक्तिहरुलाई जातिबादि भएको बिल्ला भिराईदिदै खाली मिठा मिठा कुरा गरौ मात्र भन्दै छन।आफ्नो कुरा आफै बुझ्ने हो,अधिकार भनेको कुरा कसैले टिका लगाई दिएर दक्षिणा दिने कुरा होईन यो आफै मान्छेले जाने बुझे पछि लिने वा माग्ने कुरा हुन।गर्ने सबै मिलेर नै हो तर हामीले पाउनु पर्ने हामीले पाउनु पर्छ जातिय रुपमा बिभेद नगर वा जातिय रुपमा बिभेद भएको अवस्थामा जातिय रुपमा आधिकार पनि पाँउनु पर्छ भन्नु गलत कुरा होईन।जहिले पनि एउटा जाति पछाडि परिरहेको अवस्थामा समस्या त्यस्तो भए पछि समाधान चाँहि अर्को रुपमा खोजेर समस्याको समाधान हुदैन।म नेपाली हु म तामाङ पनि हु।म तामाङ भन्दा कसैले दुख मनाउ गर्नु वा कम नेपाली भएको महसुस गर्नु हुदैन।अनेकता मा एकताभन्दै सबैलाई आफ्नै जस्तै बनाउने खोज्नु भन्दा भएको सबैले उनीहरु जे जस्तो अवस्थामा छन सम्मान र पहिचान गर्दै एकतामा पनि अनेकताहुन सक्छ भननु पर्छ।त्यसले चाँहि सबै पछाडि परिरहेको सबै जाति जातिको बिकास गर्दै देशको बिकास गर्नेछ।सबै कुरा बिर्सेर समस्यालाई पहिचान नगरेर २०० बर्ष सम्म भएको कुरा अब हुन्छ भन्नु आफ्नो दुनो सोध्याउने कुरा मात्र हो।

अत देशले बिमला तामाङ लाई उचित सम्मान गरोस।जुन परिस्थितिबाट गुज्रिएर र परिश्रम गर्दै जुन परिस्थितिमा पदक पाईन त्यसको लागि अझ बिशेष सम्मान होस।कर्तब्य पालना गरोस,सम्बधित ब्यक्तिहरुले आफ्नो भन्दा पनि देशको बारेमा सोचोस, राज्यले पठाउने बेला त आफ्नो कर्तब्य निर्बाह गर्न सकेन अब उनलाई उचित सम्मान पुरुस्कार दिएर प्रस्याताप गर्नु पर्छ।१९ बर्षिय तामाङले कम्तिमा ३-४ वटा त ओल्म्पिक नै खेल्न सक्छिन(ओल्म्पिकमा पनि एसियाई खेलाडीले नै गोल्ड मेडल जितिरहेकी छन तसर्थ त्यति टाढा छैन)। राज्यले अहिले सम्मान गरि त्यसको लागि दिर्धकालिन योजना बनावोस।मिसन ओल्म्पिक २०१६ बनाएर चाहिने सबै किसिमको सेबा दिवोस,६०१ सभासदलाई महिनाको ५० हजार भन्दा बढी दिन सकिने एक जनाले जसले एक अर्का तामाङ बाहेक कसैले नगरेको ओल्म्पिकमा मेडल जितेर नेपालको नाम उचो राख्ने सम्भावना देखाउदा किन लगानी गर्न नसक्ने? राज्य चाहिने सबै किसिमको सुबिधा दिनु पर्छ।२०१६ मा मेडल जित्ने वाताबरण बनाउनु पर्छ।हाम्रोमा पनि प्रतिभा नै नजन्मने होईनन हामीले पो सदुपयोग गर्न सकेनौ कि? टेनिङ गर्ने वतावरण,तलबको ब्यवस्था,राम्रो कोचको ब्यवस्था गरिदिवोस र नेपालको ओल्म्पिकमा गोल्ड मेडल जित्ने सपना साकार पारोस,उनीले आफ्नो प्रतिभाको परिचय दिई सकेकी छिन अब देशले आफ्नो कर्तब्य निभावोस,लाज राखोस, कर्तब्य बोध भए जनजतिहरुले चन्दा उठाएर पुरुस्कार दिनु पर्ने अवस्था नल्याईयोस।)बिमला नेपालकै निधि हुन यसमा कुनै दुई मत छैन।

जय देश।हामी तामाङ।
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

Sharing Buttons