तथ्याङ्क दिन चाहेको छैन ।

तामाङ जातीको जनसंख्या !
श्री ५ को सरकार र हाल नेपाल सरकारले प्रत्यक १०-१० बर्षमा सम्पन्न गर्ने राष्ट्रिय जनगणना २०५८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्या २ करोड ३१ लाख रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अझै पनि नेपालमा बसोबास गर्ने बिबिध जातजातिहरुबारे कुन जातिको जनसंख्या कती छ भनेर तत्कालिन वा बर्तमान सरकारले सही तथ्याङ्क दिन चाहेको छैन ।
नेपालको आदिवासी तामाङ जाती पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएर बसोबास गर्दै आइरहेको एतिहासिक पृष्ठभूमी रहेको छ । नेपाल सरकारको २०४८ सालको जनगणनाअनुसार तामाङ जातिको कुल जनसंख्या १०,१८,२५२ रहेको देखिन्छ भने प्रत्यक १०-१० बर्षपछी गरिने जनगणनामा २०५८ सालको तथ्याङ्कअनुसार तामाङ जातिको जनसंख्या १२,८२,३०४ मध्य तामाङ जातिको जनसंख्या १५ लाख ३९ हजार ८३० देखाएका छन । यो जनगणनाले पनि तामाङ जातिको सही जनसंख्याको तथ्याङ्क दिन सकेन ।
वास्तबमा तामाङ जातिको जनसंख्या निश्चितरुपमा ३० लाख भन्दा माथि हुनुपर्दछ । तर यती धेरै अन्तर क-कसको गल्तिले हुँदै छ ? ति पाखण्डी राणाशासकहरुको निरङ्कुश राज्यब्याबस्थाको निले गर्दा नेपालबाट भारत गएर बसोबास गर्ने तामाङहरुको जनसंख्या २०६० सालसम्मको तथ्याङ्कअनुसार १४ लाख पुगिसकेको अखिल भारतीय बौद्ध संघको तथ्याङ्कले सार्वजनिक गरेको छ र हाल त्यो संख्या २५ औ लाख पुगिसकेको दाबी छ ।
नेपालमा तामाङ जातिको जनसंख्या कम देखिनु र देखाइनुमा पहिलो पक्ष श्री ५ को सरकार हाल नेपाल सरकारले जनगणनाको समयमा निश्पक्षरुपले जातिय विबरण नलिने र लिएको विवरणअनुसार पनि तथ्याङ्कमा सहीरुपल सार्वजनिक गरिदिदैन भने दोस्रो पक्षमा- तामाङ सन्तानहरुले पनि जनगणनको बेलामा ठुलो गल्ती गर्दै आइरहेका छन । जनगणनाको विवरण दिने बेलामा आफु लगायत आफ्नो घरका सबै परिवारहरुलाई समेत जातिमा तामाङ नलेखाइ कतिपयले लामा र थर मात्र भनेर जातियता तामाङ भनेर लेखाइ नदिएपछी तामाङ जातिको तथ्याङ्कमा यो गलत तथ्याङ्क सार्वजनिक भइरहेको हो । यसको समाधानको पक्ष भनेको जबसम्म सम्पूर्ण तामाङ सन्तानहरुले जातिय पहिचानका निम्ती आफ्नो नामको अन्त्यमा तामाङ लेखाउने परम्परा कायम हुँदैन तबसम्म तामाङ जातिको सही तथ्याङ कुनै पनि जनगणनामा आउन सक्दैन ।


"तामाङ जाती ईतिहासदेखी बर्तमानसम्म"

ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा

मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको, आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै,
नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको, ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्यलाई मनन गर्दै,
विचार र मान्यताका हिसाबले हामी तामाङहरु जो जो, जहाँ जहाँ भएपनि तामाङ जनताको ताम्सालीङ निर्माणका लागि दलगत मान्यताभन्दा माथि उठेर एक हुनुपर्दछ र त्यसका लागि दलभित्र दलगत ढंगले मोर्चाबन्दीकासाथ सडकमा ताम्सालीङका लागि संघर्ष गरेर मात्र तामाङ जनताको ताम्सालीङ बन्नसक्दछ र त्यो तामाङ जनता आफैले लडेर मात्र प्राप्त हुन सक्दछ भन्ने यथातथ्यलाई आत्मसात् गर्दै,
जवसम्म तामाङ जनताले ताम्सालीङ प्राप्त गर्दैनन् तवसम्म तामाङ जनताको भाग्यरेखा तामाङ जनता आफैल कोर्न पाउँदैनन् भन्ने तथ्यलाई हृदयंगम गरी शान्तिपूर्ण माध्यमबाटै नेपाल राज्यको अविभाज्य, अखण्ड र सार्वभौमसत्ता सम्पन्न नेपालभित्र संघात्मक संरचनामा ताम्सालीङ (स्वायत्त राज्य) निर्माण गर्ने चाहनालाई मूर्तरुप दिने प्रयत्नस्वरुप शान्तिपूर्ण आन्दोलनलाई आफ्नो अभिष्ट ठान्दै,

ताम्सालीङ स्वायत्त प्रदेश तामाङ जाति र जनताको मात्र नभएर ताम्सालीङमा परापूर्वकालदेखि बस्दै, रहँदै आएका विभिन्न अल्पसंख्यक आदिवासीहरु, पछि आएर रहे बसेका विभिन्न जातजाति, अन्य आदिवासी जनजाति तथा विभिन्न भाषा, धर्म, सम्प्रदाय समेतको साझा र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक राज्य हो भन्ने तथ्यलाई आत्मसात गर्दै आदिवासीहरुको जातीय बाहुल्यता र अनुपातका हिसाबले राज्यसंरचना तथा जन, जमिन र जंगलमाथि अग्राधिकारसहितको स्वायत्तता र अन्यको समानुपातिक प्रतिनिधित्वसहितको स्वशासनको अधिकार तथा गैर भौगोलिक समुदायको संरक्षणको अधिकारलाई सम्मान गर्दै र राज्य संरचनामा सबै जातजाति, आदिवासी जनजाति, लिंग, क्षेत्र र वर्गका जनताको समानुपातिक र समावेशी प्रतिनिधित्वको अधिकारलाई सुनिश्चित गर्दै,
ताम्सालिङ स्वायत्त प्रदेशभित्र जसरी विभिन्न आदिवासीहरुलाई स्वायत्तता र अन्य जनजाति, जातजाति लगायतलाई स्वशासनको अधिकार र गैर भौगोलिक समुदायलाई संरक्षणको अधिकार हुन्छ त्यसरी नै अन्य स्वायत्त/स्वशासित प्रदेशहरुमा पनि "स्वायत्तताभित्र स्वायत्तता" को नीति अन्तर्गत देशैभरी जनसंख्याको सघनता र त्यसले ढाकेको क्षेत्रगत भूमिका आधारमा ताम्सालीङ बन्दछ र बन्नुपर्दछ भन्ने, मान्यता र विश्वासलाई दह्रोसँग पक्रँदै र आफ्नो आदिभूमिमा फर्कने तामाङ जनताको जन्मसिद्ध अधिकारलाई पनि अविछिन्न अधिकारको रुपमा ग्रहण गर्दै,
विश्वभरी नै चलिरहेका न्यायोचित राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलिकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलीकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलन तथा नेपाली राष्ट्रवादका विरुद्ध हुने सबैखाले विदेशी चलखेल र हस्तक्षेप विरुद्ध दृढताकासाथ उभिने प्रण गर्दै, हामी ताम्सालीङ स्वायत्त राज्य (प्रदेश) को निम्न बमोजिम सिमाङ्कनको घोषणा गर्दछौं,
जस अनुसार "पूर्वको दुधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सिमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भू-भाग ताम्सालीङ हो ।" ताम्सालीङ प्रदेशको वीचमा नेवार जातिको बाहुल्य रहेको भूभागमा नेवार जातिको स्वायत्त प्रदेशको सम्मान गर्दै "ताम्सालीङ प्रदेशको भूभागसँग जोडिएका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको तामाङ बाहुल्य गा.वि.स. र ताम्सालीङ प्रदेशसँग अविछिन्न रुपमा जोडिएका यस वरिपरिका तामाङ बाहुल्य क्षेत्रहरु तथा दक्षिणमा राजमार्गसँग अविछिन्न रुपमा जोडिएका तामाङ बाहुल्य गा.वि.स. तथा क्षेत्रहरु पनि ताम्सालीङ स्वायत्त प्रदेशकै भू-भाग हुन् भन्ने कुरा यसै घोषणापत्र मार्फत् जारी गर्दछौं ।"

हाम्रो मागहरु
१. "आत्मनिर्णयको अधिकारसहित ताम्सालीङ स्वायत्त प्रदेश" घोषणा गरियोस् ।
२. "धर्मनिरपेक्ष राज्य" को नीतिको उल्लंघन गर्दै अन्तरिम संविधानमा रहेको राष्ट्रिय जनावर "गाई" अविलम्ब खारेज गरियोस् ।
३. नेपाली सेनामा रहेको "पिपा गोश्वारा" को व्यवस्था खारेज गरी उनीहरुलाई अविलम्ब ससम्मान नेपाली सेनामा रुपान्तरण गरियोस् ।
४. अन्तरिम संविधानको व्यवस्था अनुसार ताम्सालीङ क्षेत्रमा तामाङ भाषालाई स्थानीय बाहुल्य मातृभाषा वा प्रादेशिक भाषाको रुपमा अविलम्ब कामकाजमा ल्याइयोस् ।
५. नेपालको नया संघीय संविधानमा "ताम्सालीङ स्वायत्त प्रदेश" मा लागु हुने गरी तामाङ भाषालाई राष्ट्रिय सूचीमा राख्दै प्रादेशिक भाषाको रुपमा मान्यता दिइयोस् ।
६. धर्मनिरपेक्ष राज्यको नीति अनुरुप साझा "राष्ट्रिय साँस्कृतिक नीति" अविलम्ब साझा राष्ट्रिय साँस्कृतिक नितिको घोषणा गरियोस् ।
७. सरकारको गठन प्रक्रियामा तामाङ समुदायबाट कोही पनि मन्त्री नपर्नु, विभिन्न आयोग, कुटनैतिक निकाय तथा सरकारी राजनैतिक नियुक्तिहरुमा समेत तामाङ जातिको प्रतिनिधित्व नभएको हुदा राज्यको विभिन्न अंग तथा संरछनाहरुमा तामाङ जातिको समानुपातिक प्रतिनिधित्वलाई गंभीरतापूर्वक ध्यान दिइयोस् ।
८. ताम्सालीङ स्वायत्त प्रदेश अर्न्तगतका सबै मुख्य सहर तथा नगरहरुलाई जोड्ने गरी "ताम्सालीङ चक्रपत" को अविलम्ब निर्माण गरियोस् ।

९. राजधानीका वरिपरि रहेर पनि तामाङ जनतामा ६१ प्रतिशतले गरिवी र ६५ प्रतिशतले अशिक्षा (नेपालको वर्तमान तथ्यांकअनुसार सबे भन्दा बढी गरिवी र अशिक्षा) रहेकाले ताम्सालीङ क्षेत्रमा अविलम्ब "मातृभाषामा ग्रामिण साक्षरता अभियान" र "एक घर एक रोजगार" को कार्यक्रम तथा स्व-रोजगारको कार्यक्रम अविलम्ब लागु गरियोस् ।

तामाङलाई ह्योल्मो बनाउने अभियान चुनौतीको रुपमा आएको छ

भरतपुर नगरपालिका ११, प्रगतिपथका सुर्य प्रकाश लामा हाल भरतपुर नगरपालिकामार् इन्जिनियरको रूपमा कार्यरत छन् । पुर्ख्र्यौली थलो सिन्धुपाल्चोक रहे पनि बुबाको पालामा सिन्धुपाल्चोकको कच्छीबाट दार्जिलिङ बसाइँ सरेका थिए । पछि वि.सं. २०२१/२२ सालमा चितवनमा सरेको लामा बताउँछन् । उनले स्कूल लेभलसम्मको पढाइ चितवनबाटै पूरा गरेका थिए । डिप्लोमा पोखराबाट र व्याचलर एक्मी इन्जिनियरिङ कलेज काठमाडौंबाट २०६६ मा पूरा गरेका हुन् । भरतपुर नगर तामाङ समाजको सह-सचिव लगायत विभिन्न सङ्घसंस्थामा आवद्ध लामासँग चितवनका तामाङ समुदायमा केन्द्रित रहेर गरिएको कुराकानीः
कस्तो हुँदैछ कामको अनुभव ?
अफिसियल काम हो, राम्रै भईरहेको छ । भरतपुर नगरपालिकामा तामाङको मात्र नभएर जनजातिहरूबाटै पनि कोही छैन मेरो (अधिकृत) लेभलको पोष्टमा रहेर काम गर्ने । जनजातिबाट म मात्रै छु, अन्य सबै कर्मचारी गैरजनजाति समुदायका छन् ।
चितवनको तामाङहरूको बसाइको बारेमा केहि जानकारी गराइदिनुस न ।
चितवनको इतिहास दुई किसिमको छ । नौ वटा गाविसहरू पहाडी गाविसमा पर्छन् । चितवन भन्ने वित्तिकै सुगम र सम्म भन्ने बुझाइ रहेको हुन्छ । तर ती नौ वटा गाविसहरू दुर्गममा पर्दछन् । त्यहाँ राणाकालीन समयदेखि नै बस्ती रहेको पाईन्छ । त्यस क्षेत्रमा पनि तामाङहरू छन् । उनीहरू पहिलेदेखि नै बसेका हुन् । तर चितवन खुलेपछि तर्राईमा बसेका तामाङहरू चाहिँ सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, मकवानपुर, रामेछाप, दोलखा लगायत जिल्लाहरूबाट धेरै सङ्ख्यामा यहाँ आएर बसोबास गरेका छन् । यो चाहिँ २०२०/२२ साल पछि हो ।
अहिले तपाईंको क्षेत्रमा कति सङ्ख्यामा तामाङहरू छन् ?
२०५८ को तथ्याङ्क अनुसार चितवन जिल्लामा ४० हजार तामाङहरू रहेका छन् । भरतपुर नगरपालिकाभित्र त्यसबेलाको तथ्याङ्कमा लगभग छ हजार देखाएको छ । अहिले त धेरै नै बढी सकेको छ ।
तामाङहरूको शैक्षिक र आर्थिक अवस्था कस्तो छ त्यहाँ ?
भेग अनुसार शैक्षिक र आर्थिक स्थिति पनि फरक-फरक छ । लाहुरे कल्चरबाट आएका तामाङहरूको आर्थिक र शैक्षिक स्थिति राम्रो छ । त्यसबाहेक धादिङ, रामेछापबाट आएका तामाङहरू परम्परागत रूपमा कृषिमै निर्भर देखिन्छन् । शैक्षिक स्तरमा त्यति राम्रो नभए पनि पछिल्लो समयमा राम्रै हुँदै आएको देखिन्छ ।
तामाङ संस्कृतिको पाटो कस्तो छ ?
त्यहाँ आएका पहिलो पुस्ताहरू अझै पनि छन् । त्यसकारण तामाङ परम्पराहरू कायमै छन् । भाषा र साँस्कृतिक पाटोलाई अहिलेसम्म बिर्सेका छैनन् । पछिल्लो समयमा एउटा असहज परिवेश सिर्जना भएको छ । हृयोल्मो क्षेत्रका तामाङहरू अहिले आफूलाई हृयोल्मो भनेर आईरहेका छन् । उनीहरूले हामी तामाङ होईनौँ भनिरहेका छन् । पहिलेदेखिनै आफूलाई शेर्पा भन्नेहरू पनि थिए । त्यहाँ दुईतर्फी विहेबारी चल्दै आएको छ । उनीहरूको घरमा ५० प्रतिशत तामाङ चेलीहरू नै पुगेका छन् । उनीहरूको चेलीबेटी पनि तामाङको घरमा आएका छन् । अहिले चाहिँ उनीहरू तामाङ भन्ने जात नै छैन, तामाङ भनेकै हृयोल्मो हो भनेर सोझा तामाङहरूलाई हृयोल्मो बनाउने सशक्त अभियान चलाईरहेका छन् । हिजोसम्म तामाङ लेख्ने मान्छेहरू पनि आज हृयोल्मो लेख्ने भईसके । यो निकै चुनौतीको रूपमा आएको छ ।
के कारण यस्तो भयो ?
मेरो विचारमा, मुख्य कुरा तामाङ भनेर एकपक्षीय रूपमा अगाडि बढेर हो कि जस्तो लाग्छ । जस्तोः तामाङ संस्कृतिको पहिचानको रूपमा डम्फूलाई मात्र अगाडि बढाइयो । यसबाहेक अन्य पनि छन् । तामाङभित्र पनि भिन्न-भिन्न भाषा, संस्कृति छन् । तर तामाङ घेदुङ लगायत सङ्घसंस्थाहरूले सबै संस्कृतिलाई समायोजन गरेर अगाडि बढ्न सकेन । एउटै भाषा, संस्कृतिलाई मात्र बढी प्रचार-प्रसारमा ल्यायो । यसले गर्दा अन्य भाषा बोल्ने, अलि फरक संस्कृति भएका तामाङहरूले अपनत्व ग्रहण गर्न सकेनन् कि जस्तो लाग्यो । अहिले तामाङको ड्रेस भनेर स्यामालाई मात्र बढी प्रचारमा ल्याएको छ । यसबाहेक हिमाली भेगका तामाङहरूले पहिलेदेखि नै बखु लगाउने गरेका छन् । पछिल्लो समयमा यस्तो लुगा लगाएर कार्यक्रमहरूमा आउनेलाई तामाङ नै होइन जस्तो व्यवहार पनि गरेको देखिन्थ्यो । यसले गर्दा पनि उनीहरू अलि रूष्ट भएका हुन् कि !
त्यहाँ कुन कुन संस्था सक्रिय छन् अहिले ? ती संस्थाहरूले कसरी हेरेका छन् यो मुद्दालाई ?
मुख्यत नेपाल तामाङ घेदुङ नै छ । यसबाहेक भरतपुर नगर तामाङ समाज, किरण तामाङ उत्थान सङ्घ, तामाङ कलाकार सङ्घलगायत सक्रिय छन् । यो समस्या चाहिँ विशेष गरी भरतपुर नगरपालिका भित्र बढी देखिएको छ । पश्चिम चितवनमा पनि यो समस्या छ । किरण तामाङ तामाङ उत्थान सङ्घले उनीहरूसँग छलफल गरेर पुनः सङ्घमा आवद्ध गराएको छ । भरतपुरमा चाहिँ अलि बढी समस्या छ । अहिले हामीले त्यहाँका बुद्धिजिवीहरूलाई राखेर विशेष किसिमको अन्तरक्रियाहरू गर्ने योजना छ । ल्होछारको अवसर पारेर सबै तामाङ संस्कार, संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्ने खाका बनाउँदैछौं । अहिले चाहिँ एम्बुलेन्स सञ्चालन गर्नेतर्फकेन्द्रित भएकोले केहि कार्यक्रम गर्न सकेको छैन ।
भरतपुर नगर तामाङ समाजको बारेमा केहि जानकारी गर्राईदिनुस न ।
यसको स्थापना २०६६ सालमा भएको हो । यसमा भरतपुर नगरपालिकाभित्र रहेका तामाङहरूलाई समेटिएको छ । सुरूमा तामाङ समुदायको घेवा संस्कारमा जाँड रक्सीको बढी प्रयोग गर्ने चलनको अन्त्य गर्न गुठीको रूपमा गठन भएको हो । घेवा जस्तो संस्कारमा जाँड रक्सी खाएर झै-झगडा गर्ने नराम्रो प्रचलनको अन्त्य गर्न यसमा आवद्ध सबैले यस्तो संस्कारमा जाँड रक्सी प्रयोग गर्न नपाउने नियम बनाएका थियौँ । घेवामा आउँदा रक्सी र चामलको सट्टा एक सय रूपैयाँ पैसा ल्याउन हामीले आहृवान गर्यौँि । सुरू सुरूमा निकै चुनौती आयो । अधिकांश सदस्य बने तर काम गर्दै जाँदा विवाद आउन थाले । तर अहिले यो सफल भएको छ । कसैले विवाद गर्दैनन् ।
यसपछि संस्थाले अन्य सामाजिक कार्यहरू अगाडि बढाउँदै आएको छ । वाषिर्क ल्होछार मनाउने, ल्होछारमा रक्तदान गर्नेलगायत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यो वर्षएम्बुलेन्स खरिद गर्नका लागि लागिपरेका छौं । यसका लागि संस्थाका सबै सदस्यहरूबाट आर्थिक सङ्कलन गरिएको छ । यसबाहेक भरतपुर बाहिरका तामाङहरूबाट पनि सहयोग सङ्कलन गरेका छौं । सबैले सकारात्मक रूपमा लिएर सहयोग गरेका छन् । एम्बुलेन्स खरिदको लागि सबै काम अघि बढिसकेकोले केहि महिनाभित्र नै सञ्चालनमा आउनेछ ।
यसबाहेक अन्य योजना ?
यस बाहेक तामाङहरूले परम्परादेखि प्रयोग गर्दै आएको चिहानडाँडा अहिले सामुदायिक वनमा पार्ने सरकारी प्रक्रिया बढेको छ । हामीले पहिलेदेखि नै प्रयोग गर्दै आएको हुँदा सामुदायिक वनमा पार्नुभन्दा अघि नै आधिकारिक रूपमा दर्ता गरेर व्यवस्थित गर्ने योजनामा छौं । भरतपुरमा अहिले तामाङहरूले स्थापना गरेको एउटा गुम्बा छ । यसको केहि भाग जग्गामा तामाङ साँस्कृतिक सङ्ग्राहलय बनाउने योजना छ । यसको एरिया अलि फराकिलो भएको हुँदा धार्मिक क्षेत्र र साँस्कृतिक क्षेत्रको रूपमा विकास गर्ने योजना छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
तामाङ पत्रपत्रिकाप्रति म पहिले देखि नै रूची राख्ने मान्छे । पहिले भरतपुरबाटै एउटा तामाङ पत्रिका पनि चलाएका थियौँ । विभिन्न कारणबस बन्द भयो । अहिले तामाङ सरोकार निकै सशक्त रूपमा अगाडि आएको छ । आगामी दिनमा चितवनका तामाङहरूको आवाज पनि यसमा समेट्नेछ र चितवनका तामाङहरूले अन्य क्षेत्रका तामाङहरूको कुरा पढ्न पाउनेछन् भन्ने आशा व्यक्त गर्दछु । धन्यवाद् ।

(तामाङ सरोकार पाक्षिकबाट)

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता - राम तामाङ तामाङहरु नेपालको पूरानो आदिबासी जातिहरुमध्ये एक हो । तामाङहरुको भाषा, धर्म, कला र संस्कृति प्रति तामाङहरुले गर्व गर्नु पर्ने तुप्रै पक्षहरु छन र यहाँ सुधार गरिनु पर्ने केहि धार्मिक र साँस्कृतिक परम्पराहरुको बारेमा छोटकरीमा विवेचना गरिने छ।) एउटा खुल्ला समाजमा हरेक ब्यक्तिलाई आफनो जीवनमा कुनै धर्म मान्ने वा नमान्ने पूर्ण स्वतन्त्रता हुन्छ । आफु जन्मेको परिवारमा परम्परागत रुपमा मानिआएको धर्मलाईनै निरन्तरता दिन पनि सक्छन् वा अरुनै धर्मको अनुशरण गर्न पनि सक्छन् यी सबै व्यक्तिगत रोजाईका कुराहरु हुन र यो स्वतन्त्रतालाई समाजले मान्यता दिनु पर्दछ । यदि कुनै धर्मको अनुशरण गर्छन भने आफुले रोजेको धर्मको बारेमा जानेर, बुझेर उक्त धर्ममा प्रवेश गर्नु र सोही धर्मको नीति, नियम भित्र अडिक रहेर शुद्ध मन, वचन र कर्मले धर्मको अभ्यास गर्नु महत्वपूर्ण हुन्छ। कुनै धर्ममा आश्था राख्दछ भने त्यसमा विश्वास गर्नु पर्छ । आफनो धर्मले निषेध गरेको गतिविधिमा लाग्नु धर्म प्रतिको अनादर हो, धर्मले देखाएको बाटोको अनुशरण गर्नु र आफनो धर्म अनुशारको संस्कृतिको पालना गर्नु उस्को कर्तव्य र जिम्मेवारी पनि हो। धार्मिक बिषय मन संग जोडिएको हुनाले भावनामा शुद्धता, भक्ति र प्रष्ट उदेश्य हुनु अति आवश्यक छ। आफुले मानेको धर्मको नीति, नियमहरुको पालना गर्दा बोझ महशुस गरिएको हुनु हुँदैन, यदि त्यसो हुन्छ भने अभ्यासको जरुरत छ। मन भित्रै बाट अनुशरण नगरिएको अवस्थामा त्यस धर्मबाट कुनै लाभ लिन पनि सकिंदैन र लाभ पनि मिल्दैन । नेपालको जनगणना २०११ को तथ्यांक अनुशार धार्मिक आश्थाको आधारमा नेपालमा हिन्दु ८१.३ %, बौद्ध ९.० %, ईश्लाम ४.४ % , किरात ३.१ %, इशाई १.४ %, प्रकृति ०.५ %, बोन १३,००७ जना, जैन ३,२१४ जना, बहाई १,२८३ जना र शिख ६०९ जना छन भने कुनै धर्मको उल्लेख नगर्नेको जनसंख्या ६१,५८१ रहेको देखिन्छ। सन् २००१ को जनगणनाको तथ्यांक अनुशार नेपालको कुल बौद्ध धर्मालम्बी मध्ये ४७.३ % तामाङहरुले अोगटेको देखिन्छ र तामाङको कुल जनसंख्याको ९०.२ प्रतिशत बौद्ध धर्मालम्बी भएको देखाएको छ। सन् २०११ को तथ्यांक अनुशार तामाङहरुको जनसंख्या नेपालको कूल जनसंख्याको ५.८% (१५,३९,८३०) देखिन्छ र नेपालमा बौद्ध धर्मालम्बीहरुको जनसंख्या ९.० % (२३,९७,०११) देखाएको छ । यदि ९०.२ % तामाङहरु बौद्धमार्गी हुन भने नेपालको कूल बौद्धमार्गीहरुको आधा भन्दा बढि जनसंख्या तामाङ समुदायले अोगटेको छ र नेपालको बौद्ध पहिचानमा तामाङहरुको महत्वपूर्ण भूमिका रहेको छ। तामाङ समुदायमा बौद्ध धर्मको अवश्थाबारे चर्चा गरौं। अधिकांश तामाङहरु आफूलाई बौद्धमार्गी भन्न रुचाउँछन र जन्मसिद्ध बुद्धिस्ट हौं भन्छन तर आफनो संस्कार संस्कृति, जिवन शैली बौद्ध धर्म दर्शन अनुरुप छ कि छैन त्यस विषयमा पनि गम्भीर भएर सोच्न जरुरी छ। परम्परावादी तामाङ समाजमा बच्चा जन्मिदा लामा बोलाएर न्वारन गर्ने र मृत्यू हुंदा लामा द्वारा दाहसंस्कार र धेवा कर्म गर्ने बाहेक बिचको जिवनकालमा लामाको भूमिका न्यून देखिन्छ भने गाउं घरमा दु:ख बिमार पर्दा, विभिन्न पूजा आदिमा झाँक्रिको ठुलै भूमिका देखिन्छ त्यसैकारण सोमा बोन्बो सिमा लामा भन्ने भनाईको विकाश भएको हुनु पर्दछ । यहि स्थितिलाई बुझेरहोला तामाङ समुदायको प्रतिनिधित्व गर्ने संघ, संगठनहरुले झाँक्रिवादलाई तामाङ संस्कृतिको एक महत्वपूर्ण खम्बाको रुपम लिएको देखिन्छ । नेपाल तामाङ घेदुङको तीन वर्ष लामो खोज, छलफल तथा गोष्ठी पछि २०५८ मंसिर ९ र १० गते सम्पन्न दोश्रो राष्ट्रिय तामाङ संस्कार संस्कृति निर्देशिका भेला द्वारा सर्वसम्मतिले पारित तामाङ संस्कार - संस्कृति निर्देशिकाले भन्छ, “ तामाङ संस्कार र संस्कृति एक उच्च सम्रिद्ध र विशिष्ट संस्कृति हो। यो झाँक्रिवाद, लामावाद र ताम्बावादको समिश्रीत एवं सुन्दर रुपमा जीवित र क्रीयाशील छ। यो नै तामाङ जातिको पहिचान र अस्तित्व पनि हो । यस कुरालाई प्रथम अन्तराष्ट्रिय तामाङ सम्मेलन द्वारा पारित काठमाण्डौ घोषणा पत्रमा तामाङ बौद्धधर्म, बोन्बोवाद, र ताम्बावादको अपूर्व समिश्रण भएकोतामाङ संस्कार भनेर आत्मासात गरेको छ। अव प्रश्न उठ्दछ: यदि ९०.२ % तामाङहरु प्राणीमात्रको दयागर्ने, अहिंसाबादी बुद्धधर्मको अनुयायीहरु हुन भने, प्राणीहरुको वलिचढाउने प्रथा बोकेर हिंडेको झाँक्रिवाद कसरी तामाङ् संस्कृतिको खम्बाको रुपमा अझै उभिरहेको छ र किन तामाङ सामाजलाई प्रगतिको बाटोमा अगाडि बढाउने कार्यमा लागेक हाम्रा अगुवा संगठनहरुले झाँक्रिवादलाई एक उच्च संस्कृतिको रुपमा लिंदै र त्यसमा गर्व गर्दै तामाङ जातिको पहिचान र अस्तित्व झाँक्रिवादसंग जोडिएको निष्कर्ष निकाल्दछ ? यो स्थितीको सिर्जना हुनुमा निम्न कारण हरु हुन सक्दछन: तामाङहरुले बुद्ध धर्मको बारेमा सहि ज्ञान प्राप्त गर्ने अवशर नपाउनु: तामाङ लामागुरुहरुले आध्यात्मिक चिन्तन, ध्यान, प्रवचन आदिमा भन्दा धार्मिक कर्मकाण्डहरुमा बढि जोड दिएको हुनाले तामाङहरुले बुद्ध धर्मको सहि शिक्षा र ज्ञान प्राप्त गर्न बाट बन्चित भए । तामाङ समाज गरिब र अशिक्षित भएको हुनाले गाउँ घरमा भूत, प्रेत, बोक्सी आदिमा बढि विश्वास गरे । तामाङहरु बसोबासगर्ने गाउँ घरमा अौषधि उपचारको लागि अस्पताल टाढा भएको हुनाले धामि, झाँक्री लाई बिश्वास गर्न वाध्य भए । नेपालमा हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा राजकीय सम्मान दिएको हुनाले ८१% जनता हिन्दु धर्मालम्बी भए र हिन्दु धर्मको वलीप्रथा लगायतका अन्य थुप्रै धार्मिक बिश्वासहरु झाँक्रिहरुको अभ्याससंग मिल्दो जुल्दो भएको हुनाले तामाङ समुदायमा हिन्दु धर्मको कारणले गर्दा पनि झाँक्रिवादले बलियो हुने र झन फस्टाउने मौका मिल्यो। बुद्ध धर्मको बिषयमा ज्ञान भएका शिक्षित तामाङहरुपनि धर्म प्रति प्रतिबद्द भएनन र तामाङहरुको परम्परागत संस्कार संस्कृतिमा मादक पदार्थको अत्यधिक प्रयोग हुने भएको हुनाले उनीहरु पनि त्यसैमा रुमल्लिए। बौद्ध धर्मालम्बी तामाङहरुले धर्म अनुशारको आचरण नगर्नु र धर्म अनुशारको संस्कृतिको बिकाश र प्रवर्दन नगर्नु। तामाङ संध संस्थाहरुले समाजलाई परिवर्तन गर्नको लागी बलियो निर्णय गर्ने अांट नगर्नु र झाँक्रिवादलाई प्रोत्साहन गरिरहनु। माथि उल्लेखित तथ्यहरुबाट अनुमान गर्न सकिन्छ वर्तमान तामाङ समाजको धार्मिक र साँस्कृतिक अवश्था र यसबाट जन्मिएको मानसिक स्थिति र परिस्थितिहरु। संभावित केहि इतिहांसिक कारणहरु: तामाङहरुको लिखित इतिहांस नभएको हुनाले भरपर्दो तथ्यहरुको अभावमा हालसम्म तामाङहरुको प्राचिन इतिहांस बारे भएका लेखनहरु हात्ती छामेर वर्णन गरिएको जस्तो मात्र देखिन्छ । एउटा कुरा के अनुमान गर्न सकिन्छ भने तामाङहरुको उत्पति जहाँबाट भएको भएतापनि उनीहरुको पुर्खाहरु प्रकृतिका पूजारी थिए किन भने सबै भन्दा पूरानो धर्म नै त्यही हो । प्रकृतिको पूजा गर्ने प्राचिन बोन धर्ममा होस अथवा प्राचिन किरांत धर्ममा होस झाँक्रिवादको ठुलो मात्रमा प्रभाव रहेको कुरा इतिहासमा प्रस्टै छ। र तामाङहरुको प्राचीन इतिहांसबारे इतिहांसकारहरुको दुई मत रहेको देखिन्छ, प्राचिन कालमा तिब्बतबाट आएका वा हिमाली तथा पहाडि क्षेत्रका प्राचिन आदिवासि जाति ब्रिहत किरात जातिको एक समुह । नेपालका इतिहासविद बाबुराम आचार्यले लेखेको किताब नेपालको साँस्कृतिक परम्परा मा उल्लेख गरिएको छ कि आज भन्दा आठ दश हजार वर्ष जति पहिलाको कुराहो तिनताका हिमालय पर्वत स्रङ्गखलाको सक्षिणी पाखामा रहेको पाहाडी उपत्यका तथा समतल मैदानहरुमा विशिष्ट जनसमुदायको आवादी फैलिएर रहेको देखिन्छ । यस क्षेत्रका मुलनिवासी यसै जातिलाई पछि इतिहासकालमा आएका नवागन्तुक आर्यावर्तीय आर्यहरुले किरात भन्ने नाम दिएको पाइन्छ । (पाना ९) वर्तमान समयका मगर, गुरुङ, तामाङ र नेवार आदि आग्नेयदेशीय जातिहरु किरात वर्गका यस्तै भेदहरुमा प्रशिद्द रहेका छन। (पाना ११) नेपालका हिन्दु शासकहरुले हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा माने जस्तै तिब्बतमा पनि त्यहाँका बौद्धमार्गी शासकले बौद्ध धर्मलाई राज्यले प्रायोजन गरी बौद्ध धर्मको सुरुवात गरेका हुन, तिब्बतमा सातौं शताब्दिमा बौद्ध धर्मको सुरुवात हुनु भन्दा अगाडि बोन धर्म मान्दथे । यहाँ के अनुमान गर्न सकिन्छ भने तामाङहरुको प्राचिन इतिहास जहाँ जोडिएको भएतापनि उनीहरुले प्राचिन काल देखि मनाउंदै आएको धर्म संस्कृति प्रकृति पूजा संग नजिक रहेको थियो । र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनहरुले उनिहरुको धार्मिक बिश्वासमा पनि परिवर्तन ल्यायो। कुनैले बौद्ध धर्मको अनुशरण गरे भने कुनै लाई पुरानै विश्व्वास प्रकृतिको पूजा र झाँक्रिवादमा राजनीतिक परिवर्तनहरुले झन थप मलजल मिल्यो। तिव्वतमा त्यहाँको प्राचिन बोन धर्ममा झाँक्रिबादको ठुलो प्रभाव थियो भने माहायान, बज्रयाना बौद्ध धर्ममा बोन धर्मको प्रभाव रहेको देखिन्छ । महायाना बुद्धधर्म मान्ने राष्ट्रहरु चीन, मंगोलिया, जापान र कोरियाआदी देशहरुमा त्यहांका प्राचिन झाँक्रिवादले बुद्धधर्मलाई प्रभाव पारेको देखिन्छ । धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता किन र के सुधार गर्ने ? यदि तामाङहरु आफुलाई बौद्धमार्गी हुँ भन्छ भने आफनो धार्मिक आश्था अनुरुपको आचरण गर्नु जरुरी छ र बौद्ध धर्म संग मेल नखाने साँस्कृतिक कुसंस्कारहरुलाई निरुत्साहित गर्नु आवश्यकता छ। बुद्ध धर्मको उदेश्य संसारिक दु:खबाट मुक्ति दिलाउनु हो र हरेक माहयानी, बज्रयानी लामाबुद्ध धर्मका अनुयायीहरुको उदेश्य बोधिसत्वो प्राप्त गर्नु नै हो। तर हाम्रो आफनै संस्कृतिले नै हामीलाई बन्दी बनाई दिएको हामीले पत्तो पाईरहेका छैनौ। हाम्रो धर्मले प्राणी हिंसा नगर्नु, माधक पदार्थको सेवन नगर्नु भनेको छ तर हाम्रो संस्कृतिको हरेक पक्षमा अत्यधिक मात्रमा मादक पदार्थको प्रयोग हुन्छ भने प्राणी हिंसा पनि हुन्छ । हामी हाम्रो धर्म प्रति प्रतिबद्ध छैनौ र धर्मले निषेध गरेको संस्कृति रुमल्लिएकाछौं। एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु: तामाङ संस्कार संस्कृति निर्देशिकाको कर्म संस्कार अन्तरगत छेवार गर्ने बिधि को १० नम्बरमा उल्लेख गरिएको छ: घरको तर्फबाट सके सम्म थोरै च्याङ रक्सी बनाउने । थोरै खर्चमा छेवार सम्पन्न गर्ने र सिमित दाजुभाई तथा इस्टमित्र नातागोतालाई बोलाउने । मामा ठेगानको लागि १ पोङ रक्सी, एउटा कुखुरा र छेवार पछिको डाङको रुपमा एक पोङ रक्सी, १२० (६ बीसा) रोटी, बाबर र एउटा कुखुरा लाने, छेवार एकै दिनमा सम्पन्न गर्ने र गराउने।हामीले अनुशरण गरेको बुद्ध धर्म र हाम्रो संस्कृतिमा गरिने यस्तो प्रकारको गतिबिधिले हामीलाई हाम्रो मनभित्र अन्तरद्वोन्द्ध स्रिजना गरिदिएको छ, जुन घातक छ र हाम्रो धर्म र संस्कृतिप्रति हामी प्रष्ट छैनौ। हामी अल्मलिएका छौं। बुद्ध धर्ममा मन (mind) को धेरै महत्वो छ। बुद्धले भन्नु भएको छ, मन नै सबै थोक हो, मनले जे गर्न चाह्यो त्यो हुन्छ। लामा बुद्ध धर्मका कर्मकाण्डहरुले मनलाई परिवर्तन गर्न कोशिस गर्दछन। मन्त्र उच्चारण गर्दछन। मन्त्रको अर्थ मनलाई शुरक्षित गर्नु हो (mind protection)। हाम्रो धर्मको विश्वास अनुशार मानिस मरेपछि मन र शरीर छुट्टिन्छ र मन (चेतना) को शुरक्षित तरिकाले अर्को जन्ममा सरोस भन्ने कामना बौद्धमार्गीहरु गर्दछन। त्यसैले हाम्रो मन सफा र स्पस्ट हुनु जरुरी छ। बुद्ध धर्म र झाँक्रिवाद/ बोन्बोवादमा भिन्नताहरु: बुद्ध धर्म यथार्थवादी धर्म हो भने झाँक्रिवाद काल्पनिक अदृष्य संसारमा विश्वास गर्ने प्रथा हो। बुद्ध धर्म अनात्मावादी धर्म हो भने झाँक्रिवादले प्रकृतिका सम्पूर्ण बस्तुहरु रुख, बिरुवा, ढुङ्गा, खोल, आदि सबैमा आत्मा भएको बिश्वास गर्दछ। बुद्ध धर्मले कुनै सर्व शक्तिमान स्रिस्टिकर्ता भगवानमा बिश्वास गर्दैन झाँक्रिवादले देवी, देउता, भूत प्रेत आदिमा बिश्वास गर्दछ। बुद्ध धर्मले संसारमा दुखको कारण अज्ञानता हो भन्छ र लोभ, मोह ईच्छाको संसारबाट मुक्त हुने उपाए बताउंदछ भने झाँक्रिवादले बिभिन्न पदार्थ, बस्तु, वली, भोग आदिको माध्यामबाट अतृप्त आत्माहरुको भोक, प्यास, ईच्छा पूर्तिगर्ने प्रयास गर्दछ। बुद्ध धर्म मानवतावादी धर्म हो यसले प्राणी मात्रको दया गर्छ र दया, मायाँ र करुणाको माध्याम द्वारा सुख पाउन सकिन्छ भन्ने बिश्वास गर्दछ। झाँक्रिवादले प्राणीहरुको वली चढाउंछ। बुद्ध धर्मले बिज्ञानमा बिश्वास गर्छ भने झाँक्रिवादले अन्धबिश्वासमा। बुद्ध धर्म ले कर्ममा बिश्वास गर्दछ र कर्म अनुशारको फल प्राप्त हुने कुरामा संका गर्दैन, भने झाँक्रिवादले शक्तिकेन्द्रहरुको पूजा गर्दछ, र शक्तिको पूजा बाट वर्दान मिल्छ भन्ने आधारमा शक्तिको पूजा गर्ने मानसिकताको बिकाश गराउंदछ । बुद्ध धर्ममा शान्ति मिल्छ र शान्त मानसिकताको विकाश गराउंदछ भने झाँक्रिवाद जहिले पनि अशान्त र अतृप्त आत्माहरुको ईच्छा पूर्ति गर्न भौतारिरहेको हुन्छ। बुद्ध धर्म अनुशार बुद्ध, धर्म र संघको शरण गमनमा परेपछि कुनै भूत, प्रेत बाट डराउनु पर्दैन, बरु अज्ञानता, लोभ, ईच्छा र ध्रिना बाट डराउनु पर्दछ । बुद्ध धर्मले ठूलो, सानो, काला, गोरा, कुनै प्रकारको जातीय भेदभाव गर्दैन। सबै प्राणीहरुमा बुद्ध स्वभाव, स्वरुप देख्छन र हरेकमा प्रगति गर्नसक्ने समान क्षमता रहेको बिश्वास गर्दछ । झाँक्रिवाद कुनै धर्म होईन यो अद्रिस्य काल्पनिक संसारमा विश्वास गर्ने पुरातनवादी अभ्यास हो। यो चालीस हजार बर्ष पहिले साईबेरियाबाट सुरु भएको मानिन्छ र बिश्वोका हरेक महादेशहरुमा बिशेष गरी अशिक्षित र अन्धबिश्वासलाई मान्ने समाजमा अझै विधमान रहेको छ। समयानुकुल रुपमा परिवर्तनहरु हुंदै गएको हुनाले अहिले सम्म झाँक्रिवाद जिउंदो रहेको मानिन्छ । बिकशित मुलुकहरुका झाँक्रिहरु कर्मकान्डिए प्रक्रियाहरु भन्दा आध्यात्मिक चिन्तन र साधना गर्दछन, झाँक्रिहरुले मानिस र प्रक्रिति एवं बाहिरी र आध्यात्मिक तथा दैवीक शक्ति संग जोड्ने पुलको काम गर्दछ भन्ने आधुनिक झाँक्रिहरु दावी गर्दछन। अरु धर्ममा बिश्वास गर्ने मानिसहरुका लागि झाँक्रिवादले खासै अशर नपार्न सकछ तर अहिंसावादी बुद्ध धर्मका अनुयायीहरुको लागि झाँक्रिवाद र त्यसले जन्माएको संस्कृतिको पालना गर्न कठिन हुन्छ। किन भने बुद्ध धर्मको नीति, नियम, मान्यता र दर्शन संग झाँक्रिवादको बिश्वास र अभ्यास मेल खाँदैन। झट्ट हेर्द तामाङ समुदायमा झाँक्रिवाद र लामावादको सुन्दर समिश्रणले समाज अगाडि बढेको जस्तो देखिएतापनि अप्रत्यक्ष रुपमा यो समिश्रण त्यति सुन्दर भने छैन बरु यसले तामाङ समाजलाई मानसिक रुपमा नकारात्मक असर पारेको छ । आफुले अनुशरण गरेको अहिंसाबादी बुद्ध धर्म र पशु पंछिको वली चढाउने झाँक्रिवादी संस्कृति र साँस्कृतिक कार्यहरुमा धर्मले निषेध गरेको मादक पदार्थको अत्यधिक प्रयोग र पशु पंछिको हिंसाले तामाङहरुको धार्मिक बिश्वास र साँस्कृतिक परम्परामा धेरै भिन्नता ल्याएको देखिन्छ। आफनो धार्मिक बिश्वास अनुरुप साँस्कृतिक परम्पराहरु नहुनु भनेको जहिले पनि बिभाजित मनस्थितिमा रहनु हो । एकै जना मानिसले एउटै समाजमा मान्ने धर्म र संस्कृतिको दुई फरक र बिपरित मान्यता हुनु भनेको आफै मा विरोधाभासपूर्ण छ र यसरी समाज स्वस्थ रुपले अगाडि बढ्न सक्दैन । ल्होछारको सम्बन्धमा: हिन्दु धर्म अनुशारको साँस्कृतिक पर्व दशैं तामाङहरुले पनि धेरै लामो समय सम्म मनाए राज्यले पक्ष लिएको राजकीय धर्मको प्रभावमा परेर होस या तामाङहरुले प्राचिन काल देखि बिश्वास गरेको झाँक्रिवाद/ बोन्बोवाद संग मिल्दो जुल्दो भएर होस । तामाङ झाँक्रिहरुमा हिन्दु धर्मको प्रभाव गहिरो रह्यो र हिन्दु धर्मको कारण तामाङ समाजमा झाँक्रिवाद झन राम्रै संग फस्टाउने मौका मिल्यो। नेपालमा राजनीतिक परिवर्तनसंगै नेपालका बौद्धमार्गी जनजातिहरुले पनि खुल्ला रुपमा ल्होछार पर्व मनाउन थाले । २०५१ साल माघ १६ गते देखि ल्होछारले राजकीय मान्यता प्राप्त गर्यो र नेपाल तामाङ घेदुङले २०५१ साल माघ १७ गतेको दिन २८३१ अौं फाक ल्हो देखि आधिकारिक रुपमा ल्होछार मनाउन सुरु गर्यो। चन्द्र पात्रोको आधारमा नयाँ बर्ष मनाईने पर्व ल्होछार हिमाली बौद्धमार्गीहरुले सयौं बर्ष देखि मानिआएको चाड हो । २०५१ साल देखि २०७० साल सम्म अाईपुग्दा २० बर्षको अवधिमा तामाङहरुले पनि आफनो पूर्खाहरुले मनाउने चाड ल्होछारको राम्रो अनुभव हाँसिल गरिसकेको छ । तर साल गन्तिको सन्दर्भमा २८३१ देखि २८४९ सम्म अाईपुग्दा सम्म पनि २८४९ बर्ष अगाडि तामाङ जातिको धर्म वा संस्कृतिसंग जोडिएको के घटना घटेको थियो जस्को आधारमा हामी यो ल्हो/बर्ष गन्ति गर्दै २८४९ अौं सम्म अाईपुगेका छौं भन्ने प्रश्नको भरपर्दो जवाफ अहिले सम्म कहिंबाट आएको छैन । बरु यो चन्द्र पात्रोको आधारमा नयाँ वर्ष मनाउने परम्परा पाँच हजार वर्ष पूरानो भएको हुनाले कुनै संख्यामा सिमित राख्नु हुन्न भन्ने अभिब्यक्तिहरु तामाङ संस्कृतिका बिज्ञहरुबाट सुन्नु पाईन्छ। चीनले यो वर्ष ४७१० अौं नयाँ वर्ष र तिब्बतियन, नेपालका शेर्पा र ह्योल्मो जातिहरुले २१४० अौँ लोसार मनाए ।  उनिहरुको इतिहांस प्रस्ट छ, चीनमा त्यहाँका चिनिया सभ्यताका प्रशिद्ध संम्राट ह्वाङतिले राज्य सत्ता गरेको पाला देखि गन्ति गरेको देखिन्छ भने तिब्बतियनहरुले ईसापूर्ब १२७ का तिब्ब्तका प्रथम राजा न्यात्री छ्यान्पोको सम्मान गर्दै यो साल गन्ति २१४० अौं सम्म ल्याईपुर्याएको देखिन्छ। ल्होछार सम्बन्धि अर्को समस्या कुनदिन ल्होछार मनाउने भन्ने भो, तामाङहरुले सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन छ भने तिब्बतियन र शेर्पा लगायत ग्याल्पो लोसार मनाउने जातिहरुले सोनाम ल्होछार भन्दा एक महिना पछाडि साधारणतया फाल्गुन शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन रहेको छ भने चन्द्र पात्रोमा फरक फरक दिन गन्तिको कारणले गर्दा करिव तीन वर्षमा यी दुबै ल्होछार, सोनाम र ग्याल्पो एकै दिनमा पर्दछन। हामीलाई समस्या कहाँ परेको छ ? लामाबुद्ध धर्म मान्ने लामाहरुले ग्याल्पो ल्होछार मान्दछन । सन् १०२७ मा तिब्बतियन चन्द्र पात्रो र बौद्ध धर्मकै काला चक्र तन्त्रमा आधारित भारतिय कार्चि पात्रोको समयोजन द्वारा बनेको तिब्बतियन पात्रोको आधारमा लामाबौद्ध धर्मका सम्पूर्ण कर्मकाण्डहरु सयौँ बर्ष देखि लामाहरुले गर्ने गर्दछन । सोनाम ल्होछार र ग्याल्पो ल्होछार को बिचमा सामान्यतया एक महिनाको अन्तर परेको हुनाले त्यस एक महिना बिचको अबधिमा जन्म भएको बालकको कुन ल्हो र खाम हुन्छ भन्ने अर्को समस्या हो । हाम्रो तामाङ संघ संस्थाहरुले यी माथि उब्जिएका समस्याहरुको समाधान खोज्नु पर्ने बेला भै सकेको छ अव ढिला गर्नु उचित हुंदैन।

आदिवासीवाद के हो ?

आदिवासीवादले
१. सामान्तवाद, पितृसत्तावाद, जातीयवाद, मनुवाद, साम्रज्यवाद, उदारवाद÷नवउदारवाद र सबै प्रकारको हैकमवाद, अधिनायकवाद र उपनिवेसवादबाट मुक्तिका साथै आदिवासी जनजातिको समुहिक जिवन पद्धति र उत्पिडीत जनताको मौलिक जिवनशैलीलाई सवाल, प्रतिस्ठापुर्ण र समृद्ध बनाउने छ ।
२. जन्मको आधारमा हुने बिशिष्टनिकृष्ट, उच्चनिच, चोखोबिटुलो जस्ता धार्मिक, आध्यात्मीक, दार्शनिक र लौकिक मान्यता, मुल्य, मापदण्ड, निति, दृष्टीकोण, मनुबृत्ति र ब्यवहार पुर्णतय अमान्य, अस्वीकार्य र दुरुत्साहित गर्दछ ।
३. कुनै पनि समुदायको बिशिष्ट पहिचानको सम्मान, बिविधता, सहअस्तित्व र आत्मनिर्णयको अभ्यासलाई प्रवद्र्धन गर्दछ ।
४. सामुहिक र ब्यक्तिगत मानव अधिकारको सम्मान गर्दछ ।
५. आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको सुनिस्चीतता गर्दछ ।
६. स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी ९ँचभभ उचष्यच बलम ष्लायचmभम अयलकभलत० को पालना हुने छ ।
७. भुमि भुभाग तथा श्रोतमा स्वामित्व र नियन्त्रणलाई एैन कानुन बनाई ब्यवस्थित गरिने छ ।
८. कुनै पनि समुदायको प्रथा जन्य कानुन र संस्थाहरुको प्रवद्र्धन गर्दछ ।
९. आत्मनिर्णयको बिकास ९क्भाि मभतभचmष्लभम मभखभयिऊभलत० लाई प्रोत्सहित गर्दछ ।
१०. मातृभाषाको सम्मानको साथ मातृभाषा शिक्षा, बहुभाषिक शिक्षा र परम्पारीक शिक्षालाई ब्यक्ति र समुदायको अधिकारको रुपमा ब्यवस्थीत र प्रभावकारी ढंगले अगाडी बढाउदछ ।
११. निति निर्माण प्रक्रिया र संस्थामा उत्पिडीत समुदायको सहभागीत सुनिस्चीत गर्दछ ।
१२. बौद्धिक सम्पति माथीको अधिकारलाई कानुन बनाई ब्यवस्थीत गर्दछ ।

१३. महिला, बालबालिका, जेष्ठ नागरिक र अपंगताको सम्मान र उनिहरुको अधिकारको सुनिस्चीता हुने छ

तामसालीङ स्वायत प्रदेश बहु पहिचान नै हो ।

तामसालीङ स्वायत प्रदेश बहु पहिचान नै हो ।

शब्दकै कुरा गर्ने हो भने "तामसालीङ" तामाङ भाषा अन्तर्गतको शब्द हो भने "स्वायत प्रदेश" खस भाषाको शब्द हो त्यसैले प्रदेशको नाम राख्दा "तामसालीङ स्वायत प्रदेश" भन्नु तामाङ र खस भाषा दुबै मिसिएको छ । यसकारण शब्दको हिसाबमा यो बहु पहिचान नै हो ।

२४१ बर्ष देखी नेपाल एकल पहिचानमा थियो एक मात्रा जाती बाहुन राज्यको प्रमुख अङगहरुमा कब्जा गरेर बस्यो त्यही जातिको धर्म हिन्दू धर्म राष्ट्रिय धर्म बनाइयो । त्यही जातिको मात्रीभाषा खस भाषा मात्रा पठनपाठनमा ल्याइयो । त्यही जातिले मान्ने चाड पर्वहरुलाई मात्रा राष्ट्रिय बिदा दिएर जबर्जस्ती अरु माथि लादियो । त्यही जातिले लाउने पोषाकलाई मात्र राष्ट्रिय पोशाक बनाइयो ।
आदिबासी भाषा "चोमोलोङमो" लाई बिस्थापित गरेर खस भाषामा सगरमाथा भनियो "ज्योमोगाङ" लाई हिमाल भनियो तामाङहरुले आफु बसेको ठाउको नाम "याम्बु" भन्थ्यो त्यसलाई कान्तिपुर भन्दै अहिले काठमाण्डौ भनियो । "खोपाङ्" लाई भाद्गाउ भन्दै अहिले भक्तपुर भनियो । हुँदा हुँदै नदी नालाको नाम पनि खस हिन्दू नामहरु राखियो । बाटो घाटोको नाम पनि खस भाषाले नपुगेर थरको आधारमा राख्न थालियो । प्रतेक हस्पिटल, स्कूल, कलेजहरु पनि खस भाषामा र हिन्दू देबी देवताको नाममा राख्न थालियो । यसरी सबै सबै खस हिन्दू नामले मात्रा परिचय गराइयो नेपाललाई ।

सिङ्गो नेपालको सम्पूर्ण नदिनाला, हिमाल, पहाड, डाडाकाढा, बाटोघाटो. टोल. बस्ती. स्कूल, कलेज, हस्पिटल, बन जङ्गल सबै खस भाषा र हिन्दू नाममा राखेको छ् तै पनि हामी सहेर बस्यो । अब त अती नै भयो हाम्रो चाँही पहिचान मेटिन लाग्यो एउटा भए पनि हामी बसोबास गर्ने ऐतिहासिक भुमिको नाम चाँही ताम्सालिङ, लिम्बुवान, खम्बुवान, नेवा, तमुवान, मगरात, थरुहट राखौ भन्दा यत्रो हल्लिखल्ली ?
यत्रो टाउको दुखाइ ?

ताम्सालिङ एउटा नाम मात्रा पो भयो तामाङ जातिको ....आखिर ताम्सालिङ भुभाग भित्र भएको सम्पूर्ण नदिनाला, हिमाल, पहाड, बन, जङ्गल, बाटोघाटो, स्कूल, कलेज, हस्पिटल, चोक, गल्ली, खोल्साको नामहरु त तिमीहरुले तिमीहरुकै भाषामा राखिसकेको छ नि पहिल्यै ? तिमीहरुकै धर्म हिन्दू देबी देवताको नाम राखिसकेको छ नि पहिल्यै ? भाषा र धर्मको आधारमा मात्रा हो र तिमीहरुको थरहरु कोइराला, देवकोटा, खरेल, खनाल आदी आदी थरको आधारमा पनि राखिसकेको छ नि पहिल्यै ?


यसकारण "ताम्सालिङ स्वायत प्रदेश" भन्नु "लिम्बुवान स्वायत प्रदेश" भन्नु बहु पहिचान नै हो कृपया यसलाई सहर्ष स्वीकार गरिदेऊ ।

Sharing Buttons