तथ्याङ्क दिन चाहेको छैन ।
तामाङ जातीको जनसंख्या !
श्री ५ को सरकार र हाल नेपाल सरकारले प्रत्यक १०-१० बर्षमा सम्पन्न गर्ने
राष्ट्रिय जनगणना २०५८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्या २ करोड ३१ लाख
रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अझै पनि नेपालमा बसोबास गर्ने बिबिध
जातजातिहरुबारे कुन जातिको जनसंख्या कती छ भनेर तत्कालिन वा बर्तमान सरकारले सही
तथ्याङ्क दिन चाहेको छैन ।
नेपालको आदिवासी तामाङ जाती पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएर बसोबास
गर्दै आइरहेको एतिहासिक पृष्ठभूमी रहेको छ । नेपाल सरकारको २०४८ सालको
जनगणनाअनुसार तामाङ जातिको कुल जनसंख्या १०,१८,२५२ रहेको देखिन्छ भने प्रत्यक १०-१० बर्षपछी
गरिने जनगणनामा २०५८ सालको तथ्याङ्कअनुसार तामाङ जातिको जनसंख्या १२,८२,३०४ मध्य तामाङ जातिको
जनसंख्या १५ लाख ३९ हजार ८३० देखाएका छन । यो जनगणनाले पनि तामाङ जातिको सही
जनसंख्याको तथ्याङ्क दिन सकेन ।
वास्तबमा तामाङ जातिको जनसंख्या निश्चितरुपमा ३० लाख भन्दा माथि हुनुपर्दछ ।
तर यती धेरै अन्तर क-कसको गल्तिले हुँदै छ ? ति पाखण्डी राणाशासकहरुको निरङ्कुश राज्यब्याबस्थाको निले गर्दा नेपालबाट भारत
गएर बसोबास गर्ने तामाङहरुको जनसंख्या २०६० सालसम्मको तथ्याङ्कअनुसार १४ लाख
पुगिसकेको अखिल भारतीय बौद्ध संघको तथ्याङ्कले सार्वजनिक गरेको छ र हाल त्यो
संख्या २५ औ लाख पुगिसकेको दाबी छ ।
नेपालमा तामाङ जातिको जनसंख्या कम देखिनु र देखाइनुमा पहिलो पक्ष श्री ५ को
सरकार हाल नेपाल सरकारले जनगणनाको समयमा निश्पक्षरुपले जातिय विबरण नलिने र लिएको
विवरणअनुसार पनि तथ्याङ्कमा सहीरुपल सार्वजनिक गरिदिदैन भने दोस्रो पक्षमा- तामाङ
सन्तानहरुले पनि जनगणनको बेलामा ठुलो गल्ती गर्दै आइरहेका छन । जनगणनाको विवरण
दिने बेलामा आफु लगायत आफ्नो घरका सबै परिवारहरुलाई समेत जातिमा तामाङ नलेखाइ
कतिपयले लामा र थर मात्र भनेर जातियता तामाङ भनेर लेखाइ नदिएपछी तामाङ जातिको
तथ्याङ्कमा यो गलत तथ्याङ्क सार्वजनिक भइरहेको हो । यसको समाधानको पक्ष भनेको
जबसम्म सम्पूर्ण तामाङ सन्तानहरुले जातिय पहिचानका निम्ती आफ्नो नामको अन्त्यमा
तामाङ लेखाउने परम्परा कायम हुँदैन तबसम्म तामाङ जातिको सही तथ्याङ कुनै पनि
जनगणनामा आउन सक्दैन ।
"तामाङ जाती ईतिहासदेखी बर्तमानसम्म"
Comments
Post a Comment
TAMANG HYULLA PARIWAR