(तामाङ समुदाय भोटे होइन)

धेरै विद्वानहरुले काठमाण्डौको पहिलो बासिन्दा तामाङ हुन र उपत्यकामा पछी प्रवेश गरेका समुदायहरुसंग पराजित भएपश्चात तामाङहरुले काठमाण्डौ उपत्यकाको कांठ र वरिपरिको पर्वतिय क्षेत्रमा बसोबास गर्न थालेका हुन (वंसिटार्ट, १९०९ : १४१, करण, १९६० : ६६) ।
काठमाण्डौ उपत्यकाको बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियापाखा र पण्डित गाउको बिचमा रहेको धोबी खोलामा "लेलिनग्राद विश्वबिद्यालय" पुरातत्व बिभागका प्रागैतिहासिक पुरातत्वविद "डा एनातोली याकोब्लेभ शेटेन्को" बाट भएको उत्खननले "मंगोलियाका गोवी" नमुनाका ढुङ्गे उपकरण काठमाण्डौमा फेला पारेबाट "पाषणयुगिय मंगोल" हरु तिब्बत र हिमालय पार गरी नेपाल आईपुगेको र ईसा पूर्व ३०,००० बर्षभन्दा पहिलेदेखी नै मंगोलहरु काठमाण्डौ उपत्यकामा आवाद भएको अनुमान गरिएको छ । यसबाट काठमाण्डौमा सबै भन्दा पहिले मंगोलमुलका मानिसहरुले बसोबास गरेका थिए र ति मानिसहरु 'तामाङ' नै थिए भन्ने बलियो प्रमाण दिन्छ (शर्मा, सं, २०३९ : ३५९-४६४) ।
नेपालका आदिबादी शंकारहित रुपमा मंगोलहरु थिए (वंसिटर्ट, १९९१) । अहिले पनि काठमाण्डौ उपत्यकाको तीन शहर र तिनको उपशहरहरुको चार ढोकादेखी बाहिर चारैतिर तामाङ जातिको घनावस्ती सुरुहुन्छ । सन १८४७ मा "हडसन" ले उपत्यकाको र त्यसको वरिपरी नेवार र मुर्मी (तामाङ) बसोबास गर्छन् भनेका छन (१९७२ : ३०) । "डा ओल्डफिल्ड" ले प्रिथिबी नारायण शाहले जित्नुभन्दा पहिले दुधकोशिदेखी अरुणसम्म किरात देश थियो भनी सन १८५८ मा लेखेका छन (मो, , , ५३-५४) । सन १८८०-१८९५ तिर "वंसिटार्ट" लेख्दछन, "नेपाल उपत्यकामा घना आवादी छ र त्यहा करिव ३,००,००० (तिन लाख) मानिसहरु होलान" भन्ने अनुमान गर्न सकिन्छ र तिनिहरुमध्य अधिकांश नेवार र तामाङ छन (१९९१ : ,६) । "कर्कपैट्रिक" ले "नेपालमा नेवार जातिले राज्य गर्नु भन्दा पहिले भोटे जातिले राज्य गरेका थिए । नेवारहरुले तिनिहरुलाई काठमाण्डौ उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आज सम्म संरक्षित छन र हाल कच्छाडको पहाड तर मुख्यरुपमा कुतिपट्टिको पर्वतिय भु-भागमा आवाद छन" भनेका छन (१८११ : १४८) ।
"ह्यामिल्टन" ले हिन्दूकृत मुर्मी (तामाङ) नै काठ भोटिया हुन र त्यो समुदाय नेवार भित्र समाहित छ भनेका छन (१९९० : ५९) ।
लिच्छविकालको अभिलेखमा चावहिल उत्तर पूर्वको भु-भागलाई भोटबिस्टी भनिन्थ्यो । यसै क्षेत्रमा मानदेवको पालामा "बौद्धनाथ" स्तुपा बनेको भनिन्छ र त्यो तामाङ बंशावली अनुसार योन्जन, घिसिङ, बल र ढोक्चन थरका तामाङ पुर्खाहरुले निर्माण गरेका थिए (तामाङ सं, २०५१ : ४२) । काठमाण्डौका नेवारहरु अझै पनि बनेपालाई भोट भन्दछन । यो तामाङ भाषाको वोद अपभ्रंश भई वोंदी, बनेपा र भोट बनेको हो । "म्याकडोनाल्ड" ले "तामाङहरु मुख्य रुपमा पूर्वमा दुधकोशी र पश्चिममा बुढीगन्डकी बिचको माथिल्लो आधा भाग २०० मिटर देखी २७०० मिटरको उचाईमा बसोबास गर्दछन" भनेका छन (१९८३ : १२९) । यस क्षेत्रमा तामाङहरुको सैयौको संख्यामा किपट (सामुहिक भुमी) पाईएको छ (हेर्नुहोस-लामा १९५९), वंसिटार्ट (१९०६), मोरिस (१९१३), लामा (२०४०), फुरर हेमेन्डोर्फ (१९५६) र रेग्मी (१९७८) ।
"परशुराम तामाङ"
तामाङ समाजको बिकास,

तामाङ समुदायहरु भोट देखी आएका भोटेहरु हुन भन्नेहरुलाई यो भन्दा ठुलो ऐतिहासिक प्रमाण अरु केही दिन जरुरी छ ?

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello