दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

राजधानी समाचारदाता
काठमाडौं, १८ माघ
‘मिस तामाङ–२०१५’को ताज लक्ष्मी तामाङ मोक्तानले चुमेकी छन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले उपाधि हात पारेकी हुन् । राजधानीमा शनिबार आयोजित प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायक मण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् । लक्ष्मीले ताजसहित विभिन्न उपहार पाइन् । 

प्रतियोगितामा मनीषा योञ्जनले ‘मिस ट्यालेन्ट’सँगै फस्ट रनरअप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए ।
त्यस्तै, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाख्रिनले ब्युटी विथ पर्पोजको उपाधि पाए ।
एभेरस्ट फेसन होमद्वारा आयोजित प्रतियोगितमा स्पर्धीहरू पहिलो चरणमा तामाङ समुदायको मौलिक पहिरनका साथ स्टेजमा प्रस्तुत भएका थिए । प्रतियोगीले तामाङ भाषामै आ–आफ्नो परिचय दिएपछि बेस्ट डे«स राउन्डमा उत्रिएका थिए । निर्णायकको प्रश्नको आधारमा उत्कृष्ट १५ हुँदै उत्कृष्ट सात छानिएपछि उत्कृष्ट तीनका लागि साझा प्रश्न सोधिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा व्यवसायी इच्छाराज तामाङ, दानबहादुर तामाङ, विद्यार्थी नेतृ नवीना लामा, सञ्चारकर्मी फुलमान बल, रोजी लोप्चन तामाङलगायत रहेका थिए । प्रतियोगीहरूलाई रोजिन शाक्यले करिब एक महिना कोरियोग्राफी गरेका थिए । मिस तमाङले नयाँ पुस्तामा तामाङ संस्कृति, भाषा र मौलिकता प्रवद्र्धन गर्ने आयोजक संस्था एभरेस्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामा ब्लोनले बताइन् । यसअघिका अधिकांश संस्करणहरू ल्होसारको अवसरमा टुँडिखेलमा हुँदै आएको थियो ।
प्रकाशित मिति: २०१५-०२-०२ ०९:०२ | ५८ पटक हेरिएको

(सोनाम ल्होछार ल्हुग ल्होछारको तामाङ फोटोहरु) (Tamang photos)

नेपालको पछिल्लो जनगणनाको जम्मा जनसंख्या २६४९४५०४ मा ५.८ प्रतिशत अर्थात् क्षत्री, बाहुन (पहाड), मगर र थारूपछिको पाँचौं स्थानमा रहेको जाति तामाङ हो।नेपाल भौगोलिक विविधता, विविध सांस्कृतिक परम्परा र उत्सवहरूको अथाह भण्डार रहेको देश हो। अतीतमा सांस्कृतिक गरिमाको सृष्टिमा नेपालका जातजाति पुर्खाहरूको उच्च योगदान रहेकोमा सन्देह रहँदैन। यसै क्रममा शतकौं-शतकदेखि विशेष नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हाली आफ्नो प्रभावी मूल थातथलो बनाई मौलिक सांस्कृतिक वैभवलाई उचाइमा पुर्‍याउँदै आएको मङ्गोल नश्ल अन्तर्गतको समुदाय हो तामाङ
lochhar photos 2851


नेपालभित्र मात्र नभई विश्वभर नै फैलिन पुगेको यो बृहत् समुदायको भाषा, धर्म, संस्कृतिका परम्परागत संरचनाहरू, संस्कारजन्य मान्यताहरू एवं विधि प्रक्रियाहरू उत्तर तिब्बतसँंग सामिप्यता राख्छन्। कतिपय सांस्कृतिक परम्परा बाह्य संस्कृतिको प्रभावले मौलिकता गुमाउने स्थितिमा पुग्ने आँकलन गरिँदैछ। किनकि यो समुदाय पनि आज परिवर्तनको सङ्घारमा उभिएको छ। यद्यपि गर्वको विषय यो छ कि तामाङ समुदायमा प्रतिष्ठापित उच्च सम्मानित त्रयीमूर्ति लामा, ताम्बा, बोम्बो लगायत सांस्कृतिक, धार्मिक नायकहरू तथा केही बौद्धिक वर्ग पनि धर्म, संस्कृति, परम्परा विलुप्त हुन नदिई गतिशील रूपमा जीवन्त राख्न प्रयत्नरत रहेको पाइन्छ।
Tika Bahadur Tamang Lochhar 2081

नेपालका हिउँदे शीतकालीन महिनाहरू क्रमशः पुस, माघ र फागुनमा धमाधम ल्होछारै-ल्होछार -नयाँ वर्ष) आरम्भ हुने क्रम सुरु हुन्छ। विशेषगरी हिमाली पहाडी खण्डका धेरै जाति वर्षदिनकै ठूलो सांस्कृतिक पर्व आगमनको खुसियालीमा विविध उपयोगी उत्पादनमुखी कार्यमा समेत आबद्ध हुन्छन्। पितृहरूको सम्झनामा पूजापाठ, विश्व शान्तिको लागि प्रार्थना, घरबस्ती तथा धार्मिक स्थल, कला संरचनाहरूको सरसफाइ, निर्माण पुनःनिर्माण एवं ध्वजाधज्र्यु फहराउने, झण्डा लुङर झुन्ड्याउने, धार्मिक अनुष्ठान आदि कार्य हुँदाहुँदै एउटै सांस्कृतिक उत्सवलाई स्वागत गरिन्छ, त्यो हो, ल्होछार अर्थात् लोसार पर्व।


Sunsan Tmang lochhar 2081 Photo

गुरुङ जातिको तोला (तमु) ल्होछार होस् वा तामाङ समुदायको सोनाम वा शेर्पाहरूको ग्याल्वो ल्होछार किन नहोस्, उद्देश्य एउटै छ, अभिप्रायः पनि एकै छ। जातीय भाषाअनुसार नाम, उच्चारण र मनाउने तिथिमितिमा फरक देखिए पनि 'ल्हो'को अर्थ 'वर्ष' वा 'साल' 'सम्वत्' 'छार'को माने 'नयाँ'/अभिनव वर्ष प्रारम्भ अर्थात् ल्होछारको दिन पुुरानो साललाई बिदा दिई नयाँ वर्ष फेरिनु नै हो। उक्त बाहेक ह्योल्मो, मनाङ्गे, थकाली, ल्होमी, जिरेल, भुटिया तथा अन्य केही तिब्बती मूलका हिमाली पहाडी जातिले समेत आआफ्नो नामले नेपालभित्र या बाहिर जहाँ रहे पनि ल्होछार मनाउने गरेको पाइन्छ। भौगोलिक र ज्योतिषको फरक मतको कारणले गर्दा नै ल्होछार मान्ने समय र तिथिमिति फरक परिरहेको हुनसक्छ। कुनै एउटै ल्होछार -लोसार) लाई सबैले एकताको प्रतीक मानी मनाउन केही समयदेखि प्रयास भए पनि यसले सार्थक रूप लिनसकेको देखिँदैन।
lochhar 2081

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको पहिलो दिन अर्थात् नयाँ सम्वत् आरम्भको दिन चन्द्रवर्ष चन्द महिनाको पहिलो दिन हो, जुन माघ शुक्ल प्रतिपदामा पर्छ। चन्द्र पात्रो परम्परामा आधारित भएर १२ जीवजन्तु पन्छीहरूको नाममा वर्षचक्र प्रणाली चलिरहेको देख्न सकिन्छ। यसमा एक वर्षलाई १२ चन्द्र महिनामा विभाजन गरी प्रत्येक वर्षलाई पशुपन्छीका नाममा सम्बोधन गरिन्छ र १२ वर्षपछि फेरि त्यही नाम दोहोरिरहेको हुन्छ। तर अधिकमास भएको बेला भने १३ महिना स्वाभाविक रूपमा हुन जान्छ। वर्षहरूका प्रतीक १२ पशुपन्छीका नाम कसरी रहन पुगे भन्ने सन्दर्भमा पनि अनेक रोचक कथनहरू सुन्नमा रहेका छन्। कुनै किंवदन्ती गौतमबुद्धसँंग सम्बन्धित रहेको भेटिन्छ। तामाङ भाषा, संस्कृतिमा प्रयोग भएका वर्षचक्र -ल्होखोर्लो) का १२ पशुपन्छीका नाम नेपाली भाषामा रूपान्तरण गर्दा यस प्रकार देखिन्छन् ः १. मुसा २. गोरु ३. बाघ ४. खरायो -बिरालो) ५. मेघ -गरुड) ६. सर्प -नाग) ७. घोडा ८. भेंँडा ९. बाँदर १०. चरा ११. कुकुर र १२. सुङ्गुर -बँदेल)। मुसालाई वर्षचक्रको सुरु मानिन्छ भने सुङ्गुरलाई अन्तिम वर्ष।
Tamang lochhar 2851
तामाङ भाषामा १२ वर्षे चक्रलाई ल्होकोर च्युनीवाल्होखोर च्युअिङी भन्ने गरिन्छ, जसको ५ तत्त्व क्रमशः आगो, माटो, धातु, पानी र काठसँंग प्रगाढ सम्बन्ध रहेको मानिन्छ। ल्होछार नेपाली संस्कृतिको एक अभिन्न सांस्कृतिक वैशिष्ट्यता बोकेको सम्पदा हो। आज ल्होछार डम्फु म्हेन्दोमाया गीत अनि स्याब्रु नाचको रूपमा तथा ताम्बाकइतेन र रिमठिमलाई संस्मरण गर्दै विश्वभरका नेपालीका घरआँगनमा समेत पुगिरहेको छ। यद्यपि हामी होशियार हुनैपर्छ। तामाङले डम्फु नचिन्ने दिन, गुरुङले रोदी नबुझ्ने हालत आउन दिनहुन्न। हाम्रा विविध जातजातिका सांस्कृतिक लोकसम्पदा लुप्त भए भने नेपालको पहिचान गुम्नेछ। तामाङ समुदायले मनाउने यो २८५१ औं सोनाम ल्होछार २०७१ माघ शुक्ल प्रतिपदादेखि भेंँडा (ल्हुक) वर्षको रूपमा परिचित हुनेछ।

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)

यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ ।
मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाईझै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ ।
नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्मरोग ब्याधाबृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ ।
पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खताएकअर्कालाई मारेर खानुपर्नेमानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ ।
मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु पर्ने कष्ट हो । यो कष्ट लोभ लालच गरे बाट उत्पन्न हुन्छ ।
हूँ शब्दले नर्क लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । नर्कलोकको कष्ट अति नै जाडो र गर्मि खप्नुपर्ने कष्ट हो । यो कष्ट धृणा गरेबाट उत्पन्न हुन्छ ।
गुरु पद्मसंभवको जीवनी पुस्तकमा ओ म नि पद मे हुँ को महत्त्व
गुरु पद्मसंभवले राजा मुतिग र नजिकका चेलाहरूलाई भन्नुभयो-
"हे तिब्बती राजाभद्रपुरुष र जनताहरू ! महा-करुणामयको सार तत्व 'ओं म णि पद् मे हुँ हो । एक पटकमात्र यसको उच्चारण गरे त्यसको पुण्य फल गन्न नसकिने हुन्छ । एउटा कमलको फूलको वीउबाट कति गुणा अन्य फूल उत्पन्न हुनेछत्यो कल्पनासम्म पनि गर्न सकिंदैन । तर त्यससंग तुलना गर्दा एक पटक मात्र पनि यी छवटा अक्षरहरूलाई उच्चारण गर्दा पाइने पुण्य त्यो भन्दा पनि बढी हुन्छ । एउटै तिलको बीउबाट अनेकौं बोट उत्पन्न हुन्छन् । छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गर्दा त्यसको पुण्य त्यो भन्दा बढी हुन्छ । जसरी 'चार महान्'लगायत अन्य अनगीन्ती नदीहरू नुनिलो समुद्रमा पुग्दछन् तर छ अक्षरको मन्त्र एक पटकमात्र उच्चारण गरे त्यो नै बढी हुन्छ । कल्पचिन्तामणीलाई प्रार्थना गरेर आफ्नो सवै इच्छाहरु पुरा गर्नुभन्दा पनि यो छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गरे त्यो नै बढि हुन्छ ।
"ओ मा नी पद् मे हुँ"
बाह्रवर्षसम्मको वर्षा याममा परेको पानीको थोपा गन्न सम्भव होला तर छ अक्षरको मन्त्रलाई एकपटक मात्र उच्चारण गरेवापत प्राप्त हुने पुण्य गन्न सकिंदैन । चारवटै द्विपमा छरेको अन्नको बीउ गन्न सकिएला तर छ अक्षरको उच्चारणबाट पाउने पुण्यलाई गन्न सकिदैन । महासागरको पानीको थोपा एक एक गरी गन्न सकिएला तर छ अक्षर उच्चारण गरेवापत जम्मा हुने पुण्य गन्न सकिंदैन । सबै जनावरको शरीरको रौं गन्न सकिएला तर छ अक्षरलाई उच्चारण गरे वापत कमाइने पुण्यलाई गन्न सकिंदैन ।
"ओ मा नी पद् मे हुँ"
यी छ अक्षरहरु महा-करुणामयको सारतत्व भएकाले एउटा अस्सी हजार माइल अग्लो उल्काको फलामे पहाडलाई एक कल्पमा एकपटक'कसिका'को सबैभन्दा कमलो कपासले रगडेर खियाउन सकिन्छ तर छ अक्षरको मन्त्र उच्चारणले कमाइने पुण्यलाई सिध्याउन सकिंदैन । सम्पूर्ण सुमेरु पर्वतलाई मेरुचे कीराले खाएर सिध्याउन सक्ला तर छ अक्षरलाई एकैपटक उच्चारण गरे पनि त्यसबाट पाइने पुण्यलाई मेटाउन सकिंदैन ।
टिटो चराले गङ्गा नदी किनारको सबै वालुवा आफ्नो चुच्चोले हटाउन सक्ला तर छ वटा अक्षरलाई एकपटक मात्र उच्चारण गरेवापत पाइने पुण्यलाई हटाउन सकिंदैन । सुमेरु र चारवटै द्विपको माटोलाई हावाले उडाएर लान सक्ला तर छ अक्षरलाई एकपटकमात्र उच्चारण गर्दा जम्मा हुने पुण्यलाई खत्तम गर्न सकिंदैन ।ओ मा नी पद् मे हुँ
सबै ब्रम्हाण्डको बुद्धको अस्तु र सातवटा बहुमूल्य वस्तु राखेर बनाइएको स्तुप र त्यसमा अर्पण गरिने दैनिक पूजा-आजा र प्रसादबाट प्राप्त हुने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र एक पटकमात्र उच्चारण गरेवापत जम्मा हुने पुण्यलाई गणना गर्न सकिंदैन । बुद्ध र बुद्धक्षेत्रलाई अर्पण गरिने धूपनैवेद्यबत्तीअत्तरनुहाउने पानीसङ्गीत आदि सबै ब्रम्हाण्डको बालुवा जत्तिकै अर्पण गरेवापत कमाइने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र उच्चारण एक पटक मात्र गरे त्यसबाट प्राप्त हुने पुण्यलाई गणना गरेर पुण्य आँक्न सकिंदैन ।
ओ मा नी पद् मे हुँ
यी छ अक्षर महा-करुणामयको चित्तको सार तत्व भएकाले यदि तिमीले यो मन्त्र दिनको एकसय आठ पटक उच्चारण गरे त्रि्रो पुनर्जन्म तीनवटा तल्लो जुनी -दर्ुगती)मा हुने छैन । आउने जीवनमा तिमीले मानिसको शरीर प्राप्त गर्नेछौ र तिमीले आर्य अवलोकितेश्वरको साँचिकै दर्शन पाउनेछौं । यदि तिमीले यो मन्त्र ठीकसँग दिनको एक्काईसपटक उच्चारण गरेमा बुद्धिमान् हुनेछौ र आफूले सिकेको कुरा बिर्सने छैनौ । तिम्रो स्वर सङ्गीतमय हुनेछ र बुद्ध धर्मका सबै अर्थहरू बुझ्न सक्ने हुनेछौं । यदि तिमीले यो मन्त्र दिनको सातपटक उच्चारण गरेमा तिम्रो सबै कुकार्यहरूको शुद्धीकरण हुनेछ र तिम्रा सबै बाधा-व्यवधानहरू समाप्त भएर जानेछन् । आउने जीवनहरूमा जहाँ जन्म भए पनि तिमी आर्य अवलोकितेश्वरबाट कहिल्यै छुटिनेछैनौ ।
जब कसैलाई रोगले ग्रस्त पार्दछ वा भूतप्रेतले समाउँछ त्यसबेला निको पार्ने अन्य सांसारिक पूजा र वाधाहरू हटाउने प्रार्थना भन्दा छ अक्षर उच्चारणबाट प्राप्त हुने फल बढी प्रभावकारी हुनेछ । कुनै पनि औषधि उपचार भन्दा छ अक्षरको मन्त्र रोग-व्याधीको लागि प्रभावकारी हुन्छ ।
छ अक्षरको मन्त्रको पुण्य यति व्यापक छ कि तीन कालको बुद्धले पनि त्यसको पूरा वर्णन गर्न सक्तैनन् । त्यस्तो किन - किनकि यो मन्त्र महा करुणामय बोधिसत्त्व आर्य अवलोकितेश्वरको चित्तको सारसत्व होजसले छ वटै लोकका प्राणीहरूलाई करुणा दृष्टिले निरन्तर हेरिरहनु हुन्छ । त्यसकारण यो मन्त्र उच्चारण गर्नाले छ वटै लोकका प्राणीहरूले संसारबाट मुक्ति पाउँदछन्
हे भविष्यका राजा र अनुयायीहरू ! आफ्नो यिदमको रूपमा महा-करुणामयलाई लिनू । छ अक्षरको सार मन्त्रलाई निरन्तर जप्नू । तल्लो लोकमा जाने शंकाबाट मुक्त हुनू । हिमाली भेगकालागि खटिएका एकमात्र देव आर्य अवलोकितेश्वर हुनुहुन्छ । उहाँलाई श्रद्धा र भक्तिले प्रार्थना गर्नू । तिमीले आशीर्वाद र सिद्धि प्राप्त गर्नेछौ । साथै शङ्का र हिच्किचाहटबाट मुक्त हुनेछौ । तीनवटै कालका बुद्धहरुले सिकाएको धर्ममा यो भन्दा छिटो र गहिरो धर्म नभएको कुरा म पद्मसंभवलाई थाहा छ । म पद्मसंभव अब जाने भएकाले हाल उपस्थित वा भविष्यमा देखापर्ने तिब्बती अनुयायीराजा र जनताहरूले यसलाई हृदयमा राख्नू । "
गुरुपद्मका यो शब्दहरू सुनेर तिब्बतका राजा र नजिकका अनुयायीहरू हर्षविभोर भए र गुरु पद्मलाई जमीनमा झुकेर दण्डवत गरे ।
महा-करुणामयीको छ अक्षरको मन्त्रको पुण्यहरुबारे बर्णन गरिएको'मणिमालानामक गुरु पद्मसंभवको जातक सम्बन्धि धर्म र इतिहासको उन्चालीसौं अध्याय समाप्त भयो ।

ओ मा नी पद् मे हुँमन्त्र जप्नुका फाईदाहरु
ओ म नि पद मे हुँ मन्त्र जप्नुका फाईदाहरु आकाश जत्तिकै अनन्त छ। मन्त्र जप गर्ने मानिसको मन सहि अर्थमा कति योग्य छ भन्ने कुराहरु र उसको उत्प्रेरणामा भर परेर ओ मा नि पद् मे हुँ लाई एकपटक उच्चारण गर्दा समेत यसबाट नकारात्मक कर्म शुद्धिकरण हुन्छ । उदाहरणको लागि चारवटा सम्पूर्ण दोषहरुलाई प्राप्त गरेका पूर्णतया प्रवजित भीक्षुले त्यस ज्यादै ठुलो अकुशल कर्मलाई एक पटक मत्र ओ म नि पद् मे हुँ मन्त्र उच्चारण गरेर शुद्धिकरण गर्न सक्छ । यसप्रकारले यो ज्यादै शक्तिशाली छ प्रत्येक दिन एकहजारपटक मन्त्र जप गर्नुः"ओ मा नी पद् मे हुँ" जप्नुका फाईदाहरु यति धेरै छन कि त्यसबारेको वर्णन कहिल्यै पनि समाप्त हुँदैन भनेर उपदेशहरुमा भनिएको छ । उपदेशहरुमा वर्णन गरिए अनुसार यदि कसैले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा सात पुस्ता सम्मका उसका बालबच्चाहरुको तल्लो जुनीमा पुनर्जन्म हुने छैन । यसप्रकारले उदाहरणको लागि यदि माता पिताहरुले ओ मा नि पद् मे हुँ मन्त्र दिनको एकहजारपटक उच्चारण गरेमा तिनीहरुको बालबच्चाहरु र ती बालबच्चाहरुको पनि बाल बच्चाहरु ईत्यादि गरेर सात पुस्ता सम्मका बालबच्चाहरुको जन्म तल्लो लोकमा कहिले पनि हुने छैन । यसप्रकारले माता पिताहरुको ज्यादै ठूलो उत्तरदायित्त्व छ ! माता पिताहरुले आफ्ना नाती पनातीहरुका लागि फाईदा पुर्‍याउन सक्ने यो एउटा तरिका हो ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको शरीर आशिर्वादयुक्त हुन्छ । यसप्रकारले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गर्ने कोही उदाहरणको लागि पानी भित्रनदी वा समुद्रमा जाँदाखेरि त्यो पानी आशिर्वादयुक्त हुन्छ । त्यस पानीले माछा वा सानो वा ठुलो जीवहरु अथवा सानो किराहरु जेसुकैलाई छोए पनि ती सम्पूर्ण चेतनशील प्राणीहरुको नकारात्मक कर्म शुद्धिकरण हुन्छ र तीनीहरुको पुनर्जन्म तल्लो जुनीहरुमा हुँदैन ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको देहान्त भएर उसको शरीरलाई जलाउँदाखेरि त्यसबाट उत्पन्न हुने धुँवाले छुने वा त्यसलाई सुँघ्ने जोसुकैको नकारात्मक कर्मलाई समेत शुद्धिकरण गर्छ । ती चेतनशील प्राणीहरुको तल्लो जुनीहरुमा पुनर्जन्म लिने नकारात्मक कर्म शुद्धिकरण हुन्छ
पन्ध्रवटा मुख्य लाभहरुः१. सम्पूर्ण जीवनकालभरि नै पुण्यवान मानिसहरू भएको स्थानमा जन्म हुन्छ र पुण्यवान मानिसहरू रहेको त्यस्तो स्थानमा रहँदा धर्म अभ्यास गर्ने प्रसस्त अवशरहरु प्राप्त हुन्छन् ।
२. सँधै प्रसस्त धर्म अभ्यासहरु गरिनेप्रसस्त मन्दिरहरु रहेकोप्रसस्त अर्पणहरु चढाउन सकिनेप्रसस्त पवित्र बस्तुहरुमुर्तिहरुस्तुपहरु ईत्यादि रहेको पुण्यवान स्थानहरुमा पुनर्जन्म हुनेछ । यी सम्पूर्ण पवित्र बस्तुहरु भएको स्थानमा रहनाले धर्म अभ्यास गर्नेखुशीको कारण उत्पन्न गर्ने र पुण्य संग्रह गर्ने अवशर उपलब्ध हुन्छ र धर्म अभ्यास गर्ने मानिसहरु प्रसस्त भएको स्थानमा रहनाले खुशी उत्पन्न हुने कारण -धर्मको अभ्यास गर्नका लागि प्रेरणा प्राप्त हुन्छ ।
३. सँधै धर्म अभ्यासलाई मद्दत पुर्‍याउने भाग्यशाली समय र असल परिस्थितीहरु प्राप्त हुन्छ ।
४. कैयन असल कुराहरु हुने भएकाले त्यसले धर्म अभ्यास गर्नउपदेशहरु प्राप्त गर्न र ध्यान गर्नका लागि प्रेरणा दिन्छ ।
५. सँधै पुण्यवान मित्रहरुसँग भेट गर्न सक्षम भईन्छ ।
६. सँधै त्रुटिविहिन मानव शरीर प्राप्त हुन्छ ।
७. पथ र पुण्यसँग मन परिचित हुन्छ ।
८. तपाईं वरिपरिका मानिसहरु परिवारको सदस्यहरुधर्मका विद्यार्थीहरु,कार्यलयका मानिसहरु इत्यादी तपाईं प्रति दयालु र सुसंगत हुनेछन् ।
९. तपाईंसँग जहिले पनि जीउने माध्यम -सम्पत्ति हुनेछ ।
१०. तपाईंलाई अरुले जहिले पनि सुरक्षा र सेवा गर्नेछन् ।
११. तपाईंको सम्पत्ति अरुबाट चोरी हुने र अरुबाट लगिने छैन
१२. तपाईंले चाहेको सवैकुरा पुरा हुनेछ ।
१३. तपाईं जहिले पनि पुण्यवान नाग र देवहरुद्वारा सुरक्षीत हुनुहुनेछ ।
१४. सम्पूर्ण जीवनकालहरुमा तपाईंले बुद्धलाई देख्नुहुनेछ र धर्मलाई सुन्न सक्षम हुनुहुनेछ
१५. शुद्ध धर्मलाई सुनेर तपाईंले गहन अर्थशुन्यतालाई साक्षात्कार गर्न सक्नुहुनेछ ।
उपदेशहरुमा भनिए अनुसार करुणाका साथ यस मन्त्रलाई उच्चारण गर्ने देव वा मनुस्य जो कोही ले यी पुण्यहरु प्राप्त गर्नेछन् । त्यसबाहेक यस मन्त्रमा कैयन प्रकारका रोगहरुबाट चङ्गा पार्ने र सवै प्रकारको हानीबाट सुरक्षा गर्ने शक्ति छ ।
मन्त्रको रुपमा प्रकट हुने करुणावान बुद्धले हामीलाई सम्यक सम्बोधितर्फ डोर्‍याउँछ । करुणावान बुद्धको पवित्र कायको सम्बन्धमा हामी अर्पणहरु चढाउँछौपुण्य संग्रह गर्छौशुद्धिकरण गर्छौ र ध्यान गर्छौ । त्यसपछि करुणावान बुद्ध ओ म नि पद् मे हुँ मन्त्रको रुपमा प्रकट हुनुहुन्छ । यो मन्त्र उच्चारण गर्नाले हाम्रा नकारात्मक कर्महरु एकत्र हुन्छन र हामीले गुरु भक्तिदेखि त्यागबोधिचित्त र शुन्यता देखी तन्त्रका दुइवटा स्तरसम्म साक्षात्कार गर्नका लागि कारक बन्छ । त्यसपछि हामी सम्पूर्ण चेतनशील प्राणीहरुलाई सम्यक सम्बोधि सम्म ल्याउनका लागि सक्षम हुन्छौं । यस मन्त्रले हामीलाई कसरी लाभ पुर्‍याउँछ भन्ने कुरा यहि हो । यो हामीलाई फाईदा पुर्‍याउनका लागि वाह्य रुपमा देखा परेको करुणावान बुद्धको पवित्र वचन हो ।

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन
(Sunsan Tamang Pakhrin)

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ, २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।)
मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति, उपजाति, जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य, मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ।

हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो, हाल तामाङ छोरीचेलीले पनि हिन्दू छोरीचेलीले झै आफ्नो थर फेरेर लोग्नेको थर लेख्ने गरेको पाइन्छ। यो प्रचलन तामाङ सांस्कृतिक मूल्य र मान्यता विपरित छ। कुनै पनि सांस्कृतिक मूल्य र मान्यतालाई समकालीन समाजको आधारमा जोख्नु आवश्यक छ र अनुकूल भए अपनाउनु पर्दछ, नत्र छोड्नु पर्दछ। कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मूल्य र मान्यतालाई स्वीकार्नु हुँदैन। विवाहित चेलीले आफ्नो थर परिवर्तन गरेर लोग्नेको थर झुण्ड्याउनु भनेको श्रीमान् वा श्रीमानको खलकको दासत्व स्वीकार्नु हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो।

हिन्दू समाजमा विवाहपछि छोरीचेलीको जन्मको थर हुँदैन। जुन थरमा उसको जन्म हुन्छ अर्थात् विवाहपूर्व जुन थर हुन्छ विवाहपश्चात् उही थर रहँदैन। विवाहपश्चात् उनको थर श्रीमान्को थरमा परिवर्तन हुन्छ र उसको आनो कुनै जन्मको अस्तित्व देखिँदैन। हिन्दू नारीले लोग्नेको त्वम् शरणम्भएर स्वामीको थर स्थापित गर्नु पर्ने सांस्कृतिक परम्परा र मूल्यमान्यता रहेको देखिन्छ।
हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै मोक्तानथरकी चेली योन्जनथरको केटोसँग विवाह हुन्छ भने उनी योन्जनहुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ मोक्ताननै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा मोक्तानस्या’ (मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ।
चेलीको थर परिवर्तन हुनु र नहुनुमा सम्वन्धित जातिका सांस्कृतिक मूल्य र मान्यता जिम्मेवार हुन्छन्। तामाङ समुदायमा स्थापित मूल्यमान्यताको व्याख्या ताम्बाले गर्दछ। ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ। तामाङ समाजमा ताम्बाको ठूलो महत्व छ। विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाई सकेपछि भनौं विवाहको चरमोत्कर्ष (चारदाम)मा ताम्बा भन्दछन् – ‘डिन्छेन आपाला का, डिन्छेन आमाला स्या म्हाला स्याप्रि प्रात्चि। रुइवाला चारि (रुइसाङ्) मायुङला छ्यारिन् मुलाअर्थात् बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियो तर चेलीको अस्थि (हाड) माइतीको अधिनमा नै छ। तामाङ समाजमा अस्थिलाई थरको प्रतिक मानिन्छ।
तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत र मासु मात्र दिइन्छ तर रुइसाङ अर्थात् चेलीको अस्थि (थर) दिइदैन। ताम्बाले प्रष्ट शब्दमा भनेका छन् – ‘रुइबाला चारि मायुङ्ला छयारिन् मुलाअर्थात् चेलीको अस्थि माइतिको हातमा नै छ।विवाहपश्चात् पनि चेलीको हाड माइतीमा नै रहने सांस्कृतिक परम्परा रहेको छ। यस प्रक्रियाबाट तामाङ समाजमा विवाहपश्चात् चेलीको थर परिवर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ।
यसपछि बेहुली तर्फका ताम्बा भन्दछन् – ‘स्या का मायुङ्से प्रात्चि, रुइबाला चारि मायुङ्लान्। बुसिङ्ला चु रुइबाला चरि तोरमार तासाम् मायुङ्ला छयारि दोन्ला, मायुङ् रेन्बोर्छेअर्थात् माइतीले चेलीको रगत मासु हामीलाई सुम्पिनु भो। चेलीको अस्थि माइतीको वंशमा नै छ। चेली तलमाथि भयो (मर्यो) भने यो अस्थि (हाड) माइतीलाई फिर्ता गरिदिने छौं।यसरी बेहुला पक्ष रुइसाङ फिर्ता गर्ने बचनबद्ध हुन्छन्। ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ तामाङ चेली गाईवस्तु वा बेचविखनको वस्तु होइन रहेछ भनेर। विवाहपश्चात् पनि चेलीको हकअधिकार र कर्तव्य माइती घरमा रहिरहन्छ।
माथिको सामाजिक संस्कारबाट प्रष्ट हुन्छ तामाङ समाजमा कन्या दानहुँदो रहेनछ। आजभोलि हिन्दूधर्मको प्रभावले हो वा ओजे (ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा विशषगरी तराइतिर कन्या दानदिने चलन चलाएको सुनिन्छ। उनीहरुले बुझ्नु आवश्यक छ – ‘तामाङ छोरीचेली गाईवस्तु जस्तो दान दिने वस्तु होइन, न त दासी नै हो पराया घरको भनेर। तामाङ समाजको लागि छोरी जुवाई भनेको दोस्रो पुस्ताका सन्तान हुन्। तसर्थ गोड धुवाइ गर्ने र जुवाइलाई ढोक्ने परम्परा तामाङ संस्कृतिमा कतै पाइँदैन। यो चलन कन्यादान दिने संस्कृतिको उपज हो।
तामाङ समाजमा माइती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ। आफ्नो जन्मथरको यश राख्न वा कुलको रक्षा गर्न चेली तथा माइतीको समान दायित्व हुन्छ। यसो हुनाले आमाबुबाको मृत्युपश्चात् पनि चेली र माइतीबिच आवतजावत् भइनै रहन्छ। तर हिन्दू समाजमा चेली माइत आउनुको अर्थ जन्मको माया मात्र हो। आमाबुबा मरेपछि त्यो मायाको धागो झिनो हुँदै जान्छ। तामाङ समाजमा चेली माइत आउनुको अर्थ मायामोह मात्र होइन सांस्कृतिक हकअधिकार पनि हो। आमाबुबा नरहे पनि माइतीले चेलीको रेखदेखको पूर्ण जिम्मेवारी बहन गर्नुपर्दछ।
ताम्बाको यस्तो सामाजिक विधानले गर्दा नै तामाङ छोरीहरुको इच्छा विपरित विवाह गरिदैन। विवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ। यदि कसैले जवर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले विराजीको मत जाहेर गरेमा एक हप्तापछि पनि माइती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ। तीन-चार छोराछोरीकी आमा बने पनि चेलीले आफ्नो लोग्नेसँग बस्न अनिच्छा प्रकट गरेमा माइतीमा आउँछिन् र चेलीको इच्छाअनुसारको अर्को कुटुम्बसँग पुन विवाह गरिदिन्छन् अर्थात् चेलीको घरजमको मामिलामा चेलीको विचार नै सर्वोपरि हुन्छ।
चेलीको मृत्यु भएमा माइतीको उपस्थिति र स्वीकृतिबिना लास चलाउन पाइँदैन। माइतीले चेलीको मृत्युको कारण सोधपुछ गरी लासको अनिवार्य निरिक्षण गर्दछन् र ऊ विश्वस्त भएपछि मात्र लास चलाउन स्वीकृति दिन्छन्। यो प्रचलन मेडिकल साइन्सको पोस्टमार्टम जस्तै हो। कुटुम्बाले घेवा अर्थात् अन्तिम मृत्यु संस्कारमा माइतीलाई निम्त्याएर सामाजिक नायकहरु ताम्बा, गान्बा आदि भद्रभलाद्मीको उपस्थितिमा लामाको डाजाङ (आसान)मा चेलीको अस्थि विवाहमा गरिएको सर्तअनुसार फिर्ता गर्दछन्। माइतीले चेलीको रुइबाला चरी (थरको प्रतिक हाड) विधिविधानसहित ग्रहण गर्दछन्। यसरी तामाङ चेली कुटुम्बको घर गएर पनि जन्मथरमै आफ्नो अस्तित्व कायम गर्दछन् र मृत्युपश्चात् पनि ऊ आफ्नो जन्म घर र थरमा नै फर्किएकी हुन्छे।
माइतीले सामाजिक जिम्मेवारीपूर्ण चेलीको अस्ति (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पूर्खाको भूमि अर्थात् हालका पवित्र तिर्थस्थल स्वम्भूमा लगेर शान्तबुद्धलाई समर्पित गर्दछन् र प्रकाशको लागि बौद्ध तथा स्वयम्भूमा नाङ्साल (बत्ती) बाल्दछन्। सो कार्य गर्न माइतीले कारणवश नसक्ने भएमा चावाइ लामा (मूल लामा)लाई अनुरोध गर्दछन् र उनले सो कार्य सम्पन्न गर्दछन्। यी तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आनो पुर्खाको भूमिमा पूर्वजहरुसँग लिन गराउनु हो भन्ने विश्वास रहेको छ। त्यसपछि पनि वर्ष वर्षमा ती पवित्र स्थलहरुमा गएर चेली अध्याँरो यात्रामा होलिन्, उज्यालो होस्, शान्ति होस् भन्दै चेलीको नाममा माइतीले नाङसाल बाल्ने गर्दछन्। आजभोलि पनि प्रत्येक वर्षको चैत्र पूर्णिमाको अगिल्लो दिन बौद्धको चैत्यमा र पूर्णिमाको दिन स्वयम्भूमा मृतकको नाउँमा बत्ती बाल्ने तामाङ श्रद्धालुहरुको भिड हेर्न सकिन्छ।
यसरी तामाङ चेलीमा थर परिवर्तन नहुनुका कारणहरु माथिका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्कारहरुबाट प्रष्ट भएको छ। तामाङ समाजको लागि चेलीले लोग्नेको थर राख्नु भनेको लोग्नेको दासी बन्नु हो, स्वअस्तित्व विलिन गर्नु नै हो, माईतिसँगको सम्बन्ध तोडिनु पनि हो, आवातजावतको बाटो बन्द गरिनु पनि हो। जुन जातिमा चेलीको थर परिवर्तन हुन्छ अर्थात् लोग्नेको थर नै उसको आफ्नो थर हुन्छ, ती सबै जातिका चेली सांस्कृतिकरुपमा दासी सरह हुन्छन् भन्ने पनि छ। तामाङ समाजमा जस्तो सामाजिक तथा सांस्कृतिक वैधानिकता हिन्दू समाजमा नहुनाले छोरीलाई दान दिने वस्तुको रुपमा स्थापित गरिएको पाइन्छ र कन्यादानको परम्पराले गर्दा हिन्दू नारी स्वतन्त्रतानारी मुक्ति आन्दोलनको लक्ष्यएउटा काल्पनिक वस्तु मात्र हुन गएको छ सडक आन्दोलनमा होमिदा होमिदै पनि।
यसरी तामाङ समाजमा ताम्बाले विभिन्न सामाजिक तथा सांस्कृतिक विधिविधानमार्फत् तामाङ चेलीलाई नारी स्वतन्त्रताको सांस्कृतिक तथा सामाजिक वैधानिकता प्रदान गरेको छ। ताम्बाको यस्तो सामाजिकसांस्कृतिक वैधानिकतालाई अङ्गालेर आफ्नो परम्परागत हकअधिकारलाई निरन्तरता दिएर स्वतन्त्रतामा रम्ने वा गैरतामाङ सांस्कृतिक परम्पराको सिको गर्दै मुक्तिको लागि आन्दोलनमा उत्रने यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरो हो। धन्यवाद।

फुट नोट

१ यो लेख सर्वप्रथम नौलो तरङ्ग सामयिक (वर्ष १ अङ्क १, जेष्ठ, २०४९) प्रकाशित भएको हो । परिमार्जनसहित ज्यारुड खास्योर मासिक (वर्ष १ अङ्क ३ साउन, २०५०) मा र पछि अन्यत्र धेरै पत्रपत्रिकामा छापिएका छन् । यस अवधारणासम्बन्धी थप जानकारी र प्रमाणहरु प्रताप बलका पुस्तक दार्जिलिङका ताम्बाहरुको व्याख्यान (२००५) मा हेर्नुहोला।

२ शरीरविज्ञानमा पनि हाडलाई रक्तको स्रोत मानिएको छ अर्थात् हाडमा नै रगत बन्दछ । ताम्बाहरुले शरीरविज्ञान बुझेका रहेछन् भन्ने यसबाट प्रष्ट हुन्छ ।
३ काठमाडौंको बौद्धजोरापाटीस्थित तामाङ गुम्बामा २०६२ सला असारमा सम्पन्न एक विवाहमा सो गुम्बाका मूल लामाले पनि ओजे भएर हो वा के कारणले हो ताम्बाको वचन रुइबाको चरीको विधिविधान नगरिकनै विवाह सम्पन्न गरेका थिए । यस्तो सांस्कृतिक मूल्य, मान्यता र सामाजिक नायकहरुतर्पm पनि तामाङ जाति चनाखो हुनु आवश्यक छ । थप जानकारीको लागि यसै पुस्तकमा रहेको तामाङ जातिको मौलिक तथा गतिशील सांस्कृतिक पक्षहरु हेर्नुहोला ।
४ तामाङ चेली विजातीसँग गएमा पनि माइत आवतजावत गर्न सक्दछन् तर विवाहको रीतभात अर्थात् चारदाम गरिदैन । यसरी विवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीको रगत मासु दिइएको हँुदैन र चेली माइती कुलमा नै रहिरहन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात् अन्तिम संस्कार पनि माइतीले नै गर्नुपर्छ

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे

साभार:- Sanchu Blon Tamang

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे |
तिनी कातिर्क १ गते । तामाङ लेखनला ऐतिहासिक रे हिन्ना । तामाङ ग्योइ लेखन दिवस बिसी दाङ्बा प्रस्ताव तामाङ साहित्य एकेडेमिसे चु ङच्छान लाबा मुला । चु प्रस्तवा निबा दिङ ङि ङाच्छान एकेडेमिसे लाबा हिन्ना । बि.स १९८९ कार्तिक १ सोमबार कुनु गोर्खापत्र स्योस्योरि तामाङ ग्योइला गिक्छा थेन आधिकारिक प्रकाशन ताबा मुबा । थे दुइरि तामाङ ग्योइरि तत्कालिन ग्रेनलोन्पोला भाषण दा गोर्खापत्र स्योस्यो छिबाला मुबा ।
िनी बिमा बोगाल ब्लिसे ङि (८२) दिङ ङाछा तत्कालिन ग्रेनलोन्पो जुद्धशम्सेर राणासे वि.सं. १९८९ अशोज ३१ गते पिन्बा भाषण ला सारदा ल्होलोल्होलो आमाग्योइरि मुबा ।
तामाङ ग्योइरि न ब्रि, तामाङ ग्योइदा सोनालाइ बिबा नाराला छ्यामरि तिनी सामाजिक
सन्जलका देरि तामाङकादेसे सन्देश प्रभाह लासि चिबा मुला । तामाङ लेखन आन्दोलन
ङाच्छा बोर्गे, तामाङ ग्योइरिन साहित्य सिर्जना,आमाग्योइला विकासरि बो किन्गे, तामाङ
ग्योइ छार पुस्तादा हस्तान्तरण दाबिबा नाराला छ्यामरि तिनीला रेदा तामाङ
ग्योइ थेन ग्योइकाइदा क्षेत्र रि गे लाबाकादेसे डान्बाला मुला । थे दुइ हेन्से तिबा तामाङ ग्योइ लेखन थेन प्रकाशसन से ल्हानान फड्को लासी जिन्बा मुला । दात्ते दोना तामाङ ग्योइ थेन ग्योइकाइला थुम्रि छ्योआछ्यो ग्यार्जगिक छ्योइकादे थोन्सिजिन्बा मुला । छापारि जेक्खेन आताना विद्युतिय सन्चारमाध्याम, रेडियो, एफ. अनलाइन थेन टेलिभिजनरी तामाङ ग्योइसे ग्याल याङसि चिबा मुला । पृथ्वी नारायाण शाहला दुइरि लाबा कथित राज्य एकिृकरण थेन थेसे काप्पा एक भाषाला नितीला कारण तामाङ ग्योइसे ह्रेङ्बा दुइदोना खारे ख्रेन्ला आम्याङसाइ स्यान्दोला च्यासि तामाङ ग्योइ छोम्बोन मुला ।
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)



Sharing Buttons