hello
नेपालको पछिल्लो जनगणनाको जम्मा जनसंख्या २६४९४५०४ मा ५.८ प्रतिशत अर्थात्
क्षत्री, बाहुन (पहाड), मगर र थारूपछिको पाँचौं
स्थानमा रहेको जाति तामाङ हो।नेपाल भौगोलिक विविधता, विविध सांस्कृतिक परम्परा र
उत्सवहरूको अथाह भण्डार रहेको देश हो। अतीतमा सांस्कृतिक गरिमाको सृष्टिमा नेपालका
जातजाति पुर्खाहरूको उच्च योगदान रहेकोमा सन्देह रहँदैन। यसै क्रममा शतकौं-शतकदेखि
विशेष नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हाली आफ्नो प्रभावी मूल थातथलो बनाई मौलिक
सांस्कृतिक वैभवलाई उचाइमा पुर्याउँदै आएको मङ्गोल नश्ल अन्तर्गतको समुदाय हो तामाङ ।
lochhar photos 2851 |
नेपालभित्र मात्र नभई विश्वभर नै फैलिन पुगेको यो बृहत् समुदायको भाषा, धर्म, संस्कृतिका परम्परागत संरचनाहरू, संस्कारजन्य मान्यताहरू एवं विधि प्रक्रियाहरू उत्तर तिब्बतसँंग सामिप्यता
राख्छन्। कतिपय सांस्कृतिक परम्परा बाह्य संस्कृतिको प्रभावले मौलिकता गुमाउने
स्थितिमा पुग्ने आँकलन गरिँदैछ। किनकि यो समुदाय पनि आज परिवर्तनको सङ्घारमा
उभिएको छ। यद्यपि गर्वको विषय यो छ कि तामाङ समुदायमा प्रतिष्ठापित उच्च सम्मानित
त्रयीमूर्ति लामा,
ताम्बा, बोम्बो लगायत सांस्कृतिक, धार्मिक नायकहरू तथा केही बौद्धिक वर्ग पनि
धर्म,
संस्कृति, परम्परा विलुप्त हुन नदिई गतिशील रूपमा
जीवन्त राख्न प्रयत्नरत रहेको पाइन्छ।
Tika Bahadur Tamang Lochhar 2081 |
नेपालका हिउँदे शीतकालीन महिनाहरू क्रमशः पुस, माघ र फागुनमा धमाधम ल्होछारै-ल्होछार -नयाँ वर्ष) आरम्भ हुने क्रम सुरु
हुन्छ। विशेषगरी हिमाली पहाडी खण्डका धेरै जाति वर्षदिनकै ठूलो सांस्कृतिक पर्व
आगमनको खुसियालीमा विविध उपयोगी उत्पादनमुखी कार्यमा समेत आबद्ध हुन्छन्।
पितृहरूको सम्झनामा पूजापाठ, विश्व शान्तिको लागि प्रार्थना, घरबस्ती तथा धार्मिक स्थल, कला संरचनाहरूको सरसफाइ, निर्माण पुनःनिर्माण एवं ध्वजाधज्र्यु फहराउने, झण्डा लुङर झुन्ड्याउने, धार्मिक अनुष्ठान आदि कार्य हुँदाहुँदै एउटै सांस्कृतिक उत्सवलाई स्वागत
गरिन्छ,
त्यो हो, ल्होछार अर्थात् लोसार पर्व।
गुरुङ जातिको तोला (तमु) ल्होछार होस् वा तामाङ समुदायको सोनाम वा शेर्पाहरूको
ग्याल्वो ल्होछार किन नहोस्, उद्देश्य एउटै छ,
अभिप्रायः पनि
एकै छ। जातीय भाषाअनुसार नाम, उच्चारण र मनाउने तिथिमितिमा फरक देखिए पनि 'ल्हो'को अर्थ 'वर्ष'
वा 'साल' 'सम्वत्'
र 'छार'को माने 'नयाँ'/अभिनव वर्ष प्रारम्भ अर्थात् ल्होछारको दिन पुुरानो साललाई बिदा दिई नयाँ वर्ष
फेरिनु नै हो। उक्त बाहेक ह्योल्मो, मनाङ्गे,
थकाली, ल्होमी, जिरेल,
भुटिया तथा
अन्य केही तिब्बती मूलका हिमाली पहाडी जातिले समेत आआफ्नो नामले नेपालभित्र या
बाहिर जहाँ रहे पनि ल्होछार मनाउने गरेको पाइन्छ। भौगोलिक र ज्योतिषको फरक मतको
कारणले गर्दा नै ल्होछार मान्ने समय र तिथिमिति फरक परिरहेको हुनसक्छ। कुनै एउटै
ल्होछार -लोसार) लाई सबैले एकताको प्रतीक मानी मनाउन केही समयदेखि प्रयास भए पनि
यसले सार्थक रूप लिनसकेको देखिँदैन।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको पहिलो दिन अर्थात् नयाँ सम्वत् आरम्भको
दिन चन्द्रवर्ष चन्द महिनाको पहिलो दिन हो, जुन माघ शुक्ल प्रतिपदामा पर्छ। चन्द्र पात्रो परम्परामा आधारित भएर १२
जीवजन्तु पन्छीहरूको नाममा वर्षचक्र प्रणाली चलिरहेको देख्न सकिन्छ। यसमा एक
वर्षलाई १२ चन्द्र महिनामा विभाजन गरी प्रत्येक वर्षलाई पशुपन्छीका नाममा सम्बोधन
गरिन्छ र १२ वर्षपछि फेरि त्यही नाम दोहोरिरहेको हुन्छ। तर अधिकमास भएको बेला भने
१३ महिना स्वाभाविक रूपमा हुन जान्छ। वर्षहरूका प्रतीक १२ पशुपन्छीका नाम कसरी रहन
पुगे भन्ने सन्दर्भमा पनि अनेक रोचक कथनहरू सुन्नमा रहेका छन्। कुनै किंवदन्ती
गौतमबुद्धसँंग सम्बन्धित रहेको भेटिन्छ। तामाङ भाषा, संस्कृतिमा प्रयोग भएका वर्षचक्र -ल्होखोर्लो) का १२ पशुपन्छीका नाम नेपाली
भाषामा रूपान्तरण गर्दा यस प्रकार देखिन्छन् ः १. मुसा २. गोरु ३. बाघ ४. खरायो
-बिरालो) ५. मेघ -गरुड) ६. सर्प -नाग) ७. घोडा ८. भेंँडा ९. बाँदर १०. चरा ११.
कुकुर र १२. सुङ्गुर -बँदेल)। मुसालाई वर्षचक्रको सुरु मानिन्छ भने सुङ्गुरलाई
अन्तिम वर्ष।
![]() |
Tamang lochhar 2851 |
Comments
Post a Comment
TAMANG HYULLA PARIWAR