तामाङको पहिचान बोन्बो

तामाङको पहिचान बोन्बो

पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् (टेकबहादुर तामाङ, अध्यक्ष बोन कम्यूनिटी स्कूल)। यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।

साभारः   Bhim Dong Tamang

काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्र (Temal area)

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्।

प्राचीन नाम 'तेरमाला' बाट अपभ्रंस भएर 'तेमाल' हुँदै तिमाल भएको दन्त्य कथाहरूमा उल्लेख छ। बेसीदेखि लेकसम्मको भूभागलाई समेटिएको दस गाविस मेच्छे, चापाखोरी, नारायणस्थान, ठूलो भर्सेल, बोल्देफेदिचे, सरमथली, संर्स्युखर्क, कानपुर, मेथिनकोट, कटुन्जे गाविस तिमाल क्षेत्रमा पर्दछ। झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ। समथल फाँट हुँदै २१ सय मिटर उचाईसम्म रहेको तिमालमा उच्च पहाडी भेगको पहाड, पर्वत, हिमश्रृङ्खला, हरियाली जंगल, सुनकोशी नदी, रोशी खोला, वनबुट्यान र स-साना चउर र खेतबारीले जो-कोहीको मन नलोभ्याउला भन्न सकिन्न |

तामाङ जातिको वाहुल्य रहेको यस क्षेत्रमा तामाङबाहेक ब्राम्हण, क्षेत्री, नेवार, मगर, दमै, कामी, ठकुरी, सार्की, दनुवारजस्ता जातिहरूको समेत बसोबास रहेको छ। जातीय हिसाबले समेत विविधता रहेको यस क्षेत्र धार्मिक हिसाबले समेत प्रख्यात रहेको छ। यहाँका तामाङ जातिहरू बौद्ध धर्म मान्दछन् भने अन्य जातिहरू हिन्दू धर्म मान्दछन्।ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरू रेम्पोर्छे (पद्‌मसंभव)ले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार(गेलुङ ऊ), अन्य ऐतिहासिक धार्मिक स्थलहरू, भगवानहरूले तपस्या गरेका ओडारहरू, गुफा, गुम्बा, छ्योर्तेन, ककलिङ (काङड्हीने) र नाराणस्थान मन्दिर, दुम्जाको महादेवस्थानलगायत विभिन्न मठमन्दिरहरू यहाँको प्रख्यात धार्मिक एवं ऐतिहासिक स्थलहरू हुन्।

तामाङहरुको पर्व तिमालजात्रा (Tamang Festivals Temal jatra)

तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो- तिमालजात्रा। चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो। तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्।यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन्।

यस जात्राको उत्पत्तिका सम्बन्धमा खोजी गर्दा ठोस प्रमाण र तर्कपूर्ण किंबदन्ती अझै पाउन सकिएको छैन। तर जेजति प्राप्त भएका छन्, त्यसका अनुसार यस जात्राको उत्पत्ति काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ। पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री बुद्ध, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ। यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ। यति मात्र नभई तिमालजात्राको प्रारम्भ बौद्ध स्तूपबाट हुने हुँदा यसको उत्पत्ति बौद्ध स्तूपको -ज्यारुङ खस्योर) निर्माणको पृष्ठभूमिसँग पनि गाँसिएको प्रतीत हुन्छ।

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ। त्यहाँ ँउक्त दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ। यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन्। जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन्। यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग)मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन्।

यसै दिन नजीकबाट आउने तामाङहरू आआफ्ना घर र्फकन्छन्, टाढाबाट आउनेहरू बौद्ध स्तूपकै पीठमा तामाङ सेलो गाएर रात बिताउँछन्। यसको भोलिपल्ट अर्थात् चैत पूणिर्माका दिनमा सबेरै बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन् अनि स्वयम्भू स्तूप ज्योतिको दर्शन गर्छन्। स्वयम्भूमा पनि बौद्ध स्तूपमा गरिएको प्रक्रियाअनुसारै स्वयम्भू महाज्योति रहेको पीठको प्रदक्षिणा गर्दै सो धर्म र मृतकको मुक्तिका हेतु तयार गरिएका बत्तीहरू बाल्ने गर्छन्। मृतकको मुक्तिका लागि लामा पुरोहितबाट पाठपूजा पनि गराउँछन् र घर र्फकन्छन्। तिमालजात्रामा सहभागीहरू आउँदा पहिलेपहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउनेजाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ। मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ। पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ।

(तामाङ कथन)Statement Tamang

तामाङ जाति मंगोल वंशका हुनाले चीनबाट महामञ्जुश्रीआर्य काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृश्टिकोणबाट विश्लेषण गर्दा मञ्जुश्री सगैँ काठमाडौँ आई बसोवास गर्ने पहिलो आदिवासी नै तामाङ्गहरू हुनसक्छ भन्ने तर्क अर्कोतिर रहेको छ।

तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४०मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत् बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए। तत् पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत् फर्केका थिए। उनीसँग आएका घोडाचढी सेना हरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ।

त्यसैगरि अशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए। धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए। स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो। उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे। नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ। केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ काकानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।

(तामाङ जातिको इतिहास)Tamang History

तामाङ जातीको इतिहास तामाङ इतिहासःरचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट वतमान तामाङहरूको आदिम थलो रहेको भूभागहरूस‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गन सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गव गदछन्। यस्‍तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालदकाएक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन। तामाङ जाति, तामाङ राज्‍य वा अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्‍छवि काल, उत्‍तर लिच्‍छवि काल, मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन। नेपालका शासक जातिहरूका तामाङहरूलाई राजनैतिक, आथिक, सामाजिक, सांस्‍कृतिक, धामिक, शैक्षीक, भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस, शोषण दमन र उत्‍पीडन गरी आएका छन् जो वर्तमानसम्‍म निरन्‍तर चलिरहेकै छ। सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्‍त्री, समाजशास्‍त्री, भाषाशास्‍त्रीहरूले लेखेको रचना तथा सामन्‍ती राज्‍यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्‍नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्‌गो मुलुकको आदिवासि जनजाति तथा नेपाली अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन्। त्‍यो सत्ताधारी र सेन तथा विष्‍ट राजालाइ, गोखामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुवमा राइ र लिम्‍बुका राजालाई हराएको इतीहास लेखेको छ। तर ती जातिहरूकोभन्‍दा बढि जनसंख्‍या भएको, काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल रज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर)को वरिपरि कैयैं किपट र कविलाहरूमारहेमा स्‍वतन्‍त्र उदय हुनुपूर्ब नै वाइबा, रूम्‍बा, बल, ग्‍हीसीङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए। तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मैखीक रूपमा अभै भनिरहेका छन् यो यो ठाउँमा फलानो राजा थियो। ती राजाकादरवारका अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ। ताम्‍बा अथात मैखिक इतिहास परम्‍पराबाट पछिल्‍लोचरण्‍ामा तामाङ लिपिमा लामा बैद्ध धम लिपिबद्ध तामयीग लिपिमा भएकादोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्‍पत्तिका नाम्‍थरहरू, हाम्रा, जीक्‍तेन तामछ्योअी, रूअीछेन च्‍योप्‍गे, कुक्‍पाखा छ्याअी, तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍त लिखित पुस्‍तकहरू पाइएको छ। तापनि तामाङ जातिको बारेमा लेखेको भन्‍दा कयैं गुण्‍ा बढि सूचनाहरू मैिख क परम्‍परामै संरक्षित रहेको पाइन्‍छ। यही परम्‍पराकोमाध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अको पुस्‍ता सादै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङकोइतिहासलाई बचाएर ल्‍याएका छन्। मैजुदा मैिखक र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण्‍ तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्‍ययन, उत्‍खनन, िवश्‍लेष्‍ाण्‍, लेखन जस्‍ता कायहरू आथिक एवं प्रावधिक रूपले पनि वतमान द्रिरद्रावस्‍थाका तामाङ समाजको क्षमता र वशंमा तामाङ समाजको क्षमता र वशंमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसको कुनै चासो र मतलब छैन। जसलेगदा आज तामाङ जातिको सामाजिक इतिहासका हाम्रा महत्‍वपुण्‍ भैतिक सम्‍पदा , निधिहरू तथा मैखिक सम्‍पदाहरूदिनानुदिन, आजभन्‍दा भोलि भन्‍दा पसि हुदै अवशेषहरूको पनि अवशेषको रूपमासधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन्। तापनि आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेष्‍कहरूङ समाजसशास्‍त्री, भाष्‍ाशास्‍त्री, मानवशास्‍त्री, प्रागैितिहासिकएवं पाष्‍ाण्‍ पुरातत्‍व विज्ञहरूले अध्‍ययन, अनुसन्‍धान उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहर, शोधपत्रहरू विदेशी भाष्‍ाहरूमाबग्रल्‍ति रहेका छन्। अब ती विदेशी भाष्‍ाहरूमा भएका तामाङ जातिका वारेमा लेखिएका, रचिएका अभिलेखहरूसंगालेर या संग्रह गरेर आपनो भाष्‍ामा, पुनअध्‍ययन तथा विश्‍लेष्‍ाण्‍ा गरी भावि तामाङ सन्‍तानहरूलाई पुखाको इतिहासपुनलेखन गरी नया इतिहासको सृजना गरेर भएपनि सन्‍तोष्‍ा लिनुपने छ। त्‍यो नया इतिहास लेख्‍ने दायित्‍व आज तामाङजातिको सङ्घ तथा नव सन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ। तामाङ इतिहाससँग सम्‍बन्‍धित शब्‍द तथा अथयहा मुख्‍यतया तामाङहरूको इतिहासका मैखिक अवशेष्‍ाहरूलाई आपुले सुने, देखेको र स्‍वदेश तथा विदेश अन्‍वेष्‍ाकहरूकोविभिन्‍न पत्र पत्रिकामा लेखादि तथा पुस्‍तकादिमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ जातिकोउत्‍पत्ति, उद्गगम् इतिहास र मैखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाका इतिहासहरूलाई समेटिएको छ। नेपालकाविभिन्‍न कालका तामाङहरूको सानातिना घटनात्रमहरूलाई तथा रीमठीम, आथीक लगायत अन्‍यपक्षहरूलाई छाडेरयहा खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मैखिक रूपमा संरक्षित रहेको सारहरूलाइसंगालेर प्रस्‍तुत गरीएको छ। तामाङ जातिका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुभ्न पदा वारम्‍बारदोहोरिने र सुनिने तामाङ भाष्‍ाका शब्‍दहरू परिभाष्‍ा तथा तामाङ भाष्‍ामा खूल्‍ने आउन खथ विस्‍तार प्रस्‍तुत गरिएकोछ। छ। रहेको १_ तामाङ२_जोङ३_ग्रोङ रोङ तमु४_याम्‍बु काठमाडैं नेपाल५_ग्‍ले ग्‍लेसा ग्‍याब्‍लो ग्‍याल्‍सा६_कानी र मुमी मुल्‍मी१_ तामाङनेपालको ६० भन्‍दा बढि आदिवासी जनजातिहरूमध्‍ये एक महत्‍वपण्‍ आदिवासी जाति तामाङ हो। तामाङ भाष्‍ा बोल्‍नेहरूलाई तामाङ भनेर चिनिन्‍छ। नेपालमा डम्‍पु, टुङना, मुचुङगा र सेलोभन्‍नाले तामाङ जातिलाई बुभाउछ। अनि यो जातिको चिनारीको रूपमा आपनै घर बुना सुतीको स्‍यामालुगिं जस्‍तो परिया, ग्‍या, गाबरको, ग्‍या तोकरोक, उनी राडी, पाखी स्‍योल्‍दो सुकाअी लुकुनी, पेङ्का अल्‍लोको घरबुनालुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से, नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मैलिक पेशाहरू रहेको छ। तामाङ शब्‍दको अथबारे विभिन्‍न व्‍यात्तिहरूले आ-आपनैमनगढन्‍ते कुराहरू आएको हुदा यहा तामाङ शब्‍दको अथ, प्रयोग, एेतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसारचचा गरिएको छ। तमङ तामाङ शब्‍दको इतिहास र प्रयोगतामाङ शब्‍द मुख्‍यतया नेपालको राजधानि वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गने मंगोल मूलकोमानव जाति वा समुदायलाई बुभाउन प्रयोग भइ आएको छ। तामाङहरूले आपनो समाज वा समुदायमाभ आपनो परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ। त्‍यसो त, तामाङ शब्‍दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरैं। विदेशी विद्धान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो। त्‍यहाका राजा बुम देंगोन जसले सन् १२५३मा देखि १२८० सम्‍म राज्‍य गरेको थिए। उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका देखि मोन शेरिब अधिराज्‍यका तामाङहरूलाई दबाउन मूत्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचतशब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गव गने तामाङहरूलाई दबाउन मूतिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचत शब्‍दको रूपमा प्रयोग भएको तथ्‍या उजागर गरेका छ

उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य)को पुस्टी हुन्छ।
प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद् जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख गर्नुभएको छ। शर्माका अनुसार श्री ५को सरकार र सोभियत रुस सरकार बीच २०३४मा भएको साँस्कृतिक सम्झौता अर्न्तर्गत लेलिनग्राद विश्वविद्यालय, पुरात्व संस्थाका प्राग ऐतिहाँसिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्षपुरानो भएको दावी छ। प्राप्त ढुङ्गाका हतियारहरूमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत् र हिमालय भएर नेपालको काठमाडौँसम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरू नै हुन् भन्ने प्रसंगले पनि तामाङहरू ३० हजार वर्षपहिले देखि नै काठमाडौँमा वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ|

Sharing Buttons