तामाङको डम्फुसंगको सम्बन्ध


तामाङ जाती नेपालको आदिबासी जनजाती मध्येको दोश्रो ठुलो जाति हो, जस्को जनसंख्या मगर पछिको दोस्रो ठुलोमा पर्दछ । बौद्ध धर्म मान्ने तामाङ जाती  हरुको (मणिरत्न) डम्फुको बिशेष अर्थ र महत्व छ । डम्फुको उत्पत्तिको बारेमा प्रचलित किवदन्ति रोचक छ । हजारौ बर्ष अगाडीको कुरा हो घना जङगलको बस्तिमा बौद्धमार्गी तामाङ्को छोरा  छरी वयोन् दोर्जे नामक ब्यक्ति थिए । उनी अत्यन्त चन्चल स्वभावका थिए । उनी बोधिसत्व ज्ञान प्राप्त गर्न खोज्दैथिए । एक दिन उनी ज्ञान प्राप्त गर्न घना जङ्गलको बाटो हुँदै हिमाली भेगको बुट्यान तिर एक्लै बिरक्तिदै हिडिरहेको  बेला सुतिरहेको (मिर्त) मिर्ग देखे । लामो समय त्यो भेगमा पानी नपरेकोले हरियो परियो र पानी नभएर चरा चुरुगीं र मिर्ग मरेको थियो ।  दोर्जे लाई  दया जाग्यो । सिकारीले मार्ला भनेर यसलाई बचाउनु  पर्छ भनेर केही कदम छेउबाट छिउ-छिउ र ता अनी भन्दै २ हातको पञ्जा ठोकाइ आवाज निकाल्दा धुङ् को आवाज आयो । यसरी छिउ- छिउ ता धुङ् शब्द कालान्तरमा डम्फुको आवाज भएको भनी तामाङ समूदायमा मिथक छ ।
उनले बचाउन अनेकन प्रयास गर्दा पनि  मिर्ग उठेन । मिर्ग पक्कै मरिसकेको निश्चित भैसकेपछि यस्लाई तेसै छोड्न हुँदैन भनी आफु सँग भएको सानो हतियारले छाला काडेर बाँकी भाग लाई दाहसँस्कार गरी छाला लाई के९कसरी प्रयोग गर्ने भनी अन्तरात्मामा ध्यान दृष्टिले हेर्दा भगवान बुद्धसंगै बत्तिसकोटी देबीदेवता हरु देखियो । साथै एउटा गोलाकार घेरामाथि सूर्यको प्रकाश जस्तै फैलिएको पनि देखियो । उनै भगवान बुद्ध र देबी देउताको उपदेसलाई चिन्तन मनन गर्दै मिर्ग लाई दाहसँस्कार गरेपछि उनी हिंडे । केही पर जांदा भुइतिर नुगी रहेको एउटा रुखको हाँगा फेला पर्‍यो जुन रुख कोइराला (अंबुसिङ)को थियो । त्यसै हांगालाई आफ्नो २ हात वारपार बराबर काटेर नुगेको हांगाको टुप्पोले जहाँनिर छुएको थियो त्यहीनिरबाट आफ्नो पैतला राखी कदम चाल्दै आउनेक्रममा मिर्ग लाई दाहसँस्कार गर्ने ठाउँ सम्म ३२ कदम पुगेको थियो । गोलाकार बनाइ मिर्गको छाला त्यो गोलाकार माथि राखी ३२ लक्षणले युक्त भएकोर ३२ कदमलाई पनि सम्झी ३२ वोटा किलाको माध्यमद्वारा छाला अड्काइ एउटा (डम्फु) बाजाको रुपमा तयारी गरे । त्यसलाई प्रयोग गर्ने क्रममा जुनबेला छरी ब्लोन दोर्जेले सुतिरहेको भनिएको मिर्ग (घोरल) लाई जोगाउन मुख बाट निकालेको आवाज ता र ना जङगल नै थर्किने गरी प्रकृतिले दिएको आवाज धुङ् भन्ने आवाज लाई नै आत्मात गरि त्यसरी बनाइएको डम्फु बजाउने प्रकिया शुरु गरियो । यो दुइवटा आवाजको सम्रिषण मिलाई ताक धिङ धिङ  -ताक धिङ धिङ भन्ने आवाज संगै छरी ब्लोन पर्फुल्ल भई  बजाइ रह्यो । बजाईएको आवाज सगै मेघ गर्जन भई पानी पर्न थाल्यो र त्यहाँका अन्य जनावर,पशुपंछी ,चराचुरुङ्गी,किरा फट्याङ्राहरु बिउँझीन थाल्यो। छरी ब्लोन दोर्जेले डम्फु बजाइ रहदा चराचुरिगीहरु वोरिपरी आई झुम्मिरहेको र नाचिरहेको थियो भने डांफे चरा हातमा भएको डंफु माथि नाच्दै थियो ।
रुप स्गणीतिय हिसाबले लगभग चार लाइन मोटाइ,साढे तिन इन्चदेखि चार इन्चसम्मको चौडाई र चार फीट लम्बाई भएको अम्बुर सिङ (कोइरालाको काठ) बाट तयार पारि त्यसको दुइतिरको टुप्पो जोडी गोलाकार घेरा बनाइएको र वरीपरी १४ इन्च देखि १६ इन्च सम्मको तयारी घेरा माथि घोरलको छालाले मोरिएको हुन्छ , जहा ३२ वोटा बाँसको किला ठोकिएको हुन्छ र घेराको माथिल्लो भागमा चार इन्च जति फरकमा चरा पनि राखिएको हुन्छ । जुन चरा (छरी ब्लोन दोर्जे )ले भाव बिभोर भै डम्फु बजाई गीत गाउदा चरा पनि नाचेको र उक्त चराको स्वरूप नै डम्फु माथिको चरा हो भन्ने किम्बदंति प्रचलित छ ।
छरी ब्लोन ले  ध्यान दृष्टिले हेर्दा आफुले बनाएको जस्तो बाजा भित्तोमा झुंन्ड्याएर राखिएको देख्यो । केही बेर पछी आफुले बनाएको बाजा पनि त्यही भित्तोमा (ढाङ)मा झुन्डाएर राख्यो अनि आफै हेर्ने करम्मा डङ भन्ने शब्द मुख बाट प्रस्फुटन भयो । त्यही शब्द माथि 'फु' भन्ने शब्द चडाइ डङफुनाम रहन गयो । यसरी कालान्तरमा डम्फु हुन गयो ।

( कुलमान तामाङ सँगको कुराकानीको आधारमा  तयार )

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello