तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन
तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे , उसै थरमा जीवनभर रहन्छे , जस्तै ‘ मोक्तान ’ थरकी चेली ‘ योन्जन ’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘ योन्जन ’ हुँदैन , तामाङ सामाजिक नियम अनुसार ऊ ‘ मोक्तान ’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा ‘ मोक्तानस्या ’ ( मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ , २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।) मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति , उपजाति , जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा , मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य , मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ। हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो , हाल तामाङ छोरी...
Do you like This page?
ReplyDeletei'm proud of the tamang
ReplyDelete