दशैं पर्व हाम्रो पर्व होइन बहिस्कार गर्नु पर्छ ।
हिन्दु धर्म तामाङले मनाउदैनन् । तामाङको पर्व दशैं होइन । नेपालीहरु सबैको पर्व दशैँ होइन । हिन्दु धर्म भित्र बुद्धिस्ट धर्म पर्दैन । हामी तामाङ ले मनाउने धर्म भनेको बुद्धिस्ट धर्म हो । बुद्धले कहिल्यै पनि “ बली र मार हान्नु , रगतको टीका लाउनु र रगतले घरको भित्ता रङ्गाउनु भन्नु भएको छैन । उहाँ शान्ति र अहिंसाको मानव पुजारी हुनुहुन्थ्यो । हाम्रो धर्म भनेको निधारमा रातो रगत लगाउने पर्व होइन, अरुको ज्यान मारेर आफ्नो स्वार्थी पुरा गर्ने धर्म पनि होइन । निधारमा रातो रगत भनेको नराम्रो संकेत पनि हो त्यस्तो निधारमा रातो हुनु भनेको त्यो दिनको बिजय असफलता जस्तै हो । हाम्रो देश नेपाल धर्मनिरपेक्ष राज्य भनी घोषण भई अन्तरीम संविधानमा समेत उल्लेख भइसकेको स्थिति हो यो स्थिति सम्म पनि तामाङले धर्मनिरपेक्ष देशमा हाम्रो पनि पर्व दशैं हो भनेर कहिले पनि मनाउने छैन । नेपाल बहुसांस्कृतिक , बहुभाषिक , बहुधार्मिक , बहुजातीय मुलुकको रूपमा परिचित र संविधानमा उल्लेख भएको छ तर पनि सबै नेपाली बुद्धिस्ट साथीहरु हिन्दु धर्मलाई नै मान्ने तरखरमा लाक्छन् । हाम्रो पर्व भनेको लोछार हो दशैं एक प्रकारले