दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’
राजधानी समाचारदाता काठमाडौं, १८ माघ ‘मिस तामाङ–२०१५’को ताज लक्ष्मी तामाङ मोक्तानले चुमेकी छन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले उपाधि हात पारेकी हुन् । राजधानीमा शनिबार आयोजित प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायक मण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् । लक्ष्मीले ताजसहित विभिन्न उपहार पाइन् । प्रतियोगितामा मनीषा योञ्जनले ‘मिस ट्यालेन्ट’सँगै फस्ट रनरअप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए । त्यस्तै, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र स