Posts

Nepal Tamang hyulla pariwar

TAMANG HYULLA PARIWAR

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

Image
राजधानी समाचारदाता काठमाडौं, १८ माघ ‘मिस तामाङ–२०१५’को ताज लक्ष्मी तामाङ मोक्तानले चुमेकी छन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले उपाधि हात पारेकी हुन् । राजधानीमा शनिबार आयोजित प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायक मण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् । लक्ष्मीले ताजसहित विभिन्न उपहार पाइन् ।  प्रतियोगितामा मनीषा योञ्जनले ‘मिस ट्यालेन्ट’सँगै फस्ट रनरअप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए । त्यस्तै, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र स

hello

Image
(सोनाम ल्होछार ल्हुग ल्होछारको तामाङ फोटोहरु) (Tamang photos) नेपालको पछिल्लो जनगणनाको जम्मा जनसंख्या २६४९४५०४ मा ५.८ प्रतिशत अर्थात् क्षत्री , बाहुन (पहाड) , मगर र थारूपछिको पाँचौं स्थानमा रहेको जाति तामाङ हो।नेपाल भौगोलिक विविधता , विविध सांस्कृतिक परम्परा र उत्सवहरूको अथाह भण्डार रहेको देश हो। अतीतमा सांस्कृतिक गरिमाको सृष्टिमा नेपालका जातजाति पुर्खाहरूको उच्च योगदान रहेकोमा सन्देह रहँदैन। यसै क्रममा शतकौं-शतकदेखि विशेष नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हाली आफ्नो प्रभावी मूल थातथलो बनाई मौलिक सांस्कृतिक वैभवलाई उचाइमा पुर्‍याउँदै आएको मङ्गोल नश्ल अन्तर्गतको समुदाय हो तामाङ । lochhar photos 2851 नेपालभित्र मात्र नभई विश्वभर नै फैलिन पुगेको यो बृहत् समुदायको भाषा , धर्म , संस्कृतिका परम्परागत संरचनाहरू , संस्कारजन्य मान्यताहरू एवं विधि प्रक्रियाहरू उत्तर तिब्बतसँंग सामिप्यता राख्छन्। कतिपय सांस्कृतिक परम्परा बाह्य संस्कृतिको प्रभावले मौलिकता गुमाउने स्थितिमा पुग्ने आँकलन गरिँदैछ। किनकि यो समुदाय पनि आज परिवर्तनको सङ्घारमा उभिएको छ। यद्यपि गर्वको विषय यो छ कि तामाङ

(सोनाम ल्होछार ल्हुग ल्होला ज्यबादन्बा) Happy lhochhar 2071

Image

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)

Image
यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई ,  झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म ,  रोग ब्याधा ,  बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता ,  एकअर्कालाई मारेर खानुपर्ने ,  मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु प

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

Image
तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे , उसै थरमा जीवनभर रहन्छे , जस्तै ‘ मोक्तान ’ थरकी चेली ‘ योन्जन ’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘ योन्जन ’ हुँदैन , तामाङ सामाजिक नियम अनुसार ऊ ‘ मोक्तान ’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा ‘ मोक्तानस्या ’ ( मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ , २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।) मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति , उपजाति , जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा , मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य , मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ। हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो , हाल तामाङ छोरी