Posts

Showing posts from June, 2014

तामाङको पहिचान बोन्बो

Image
तामाङको पहिचान बोन्बो पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको   थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्त

काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्र (Temal area)

Image
तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला , सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्। प्राचीन नाम ' तेरमाला ' बाट अपभ्रंस भएर ' तेमाल ' हुँदै तिमाल भएको दन्त्य कथाहरूमा उल्लेख छ। बेसीदेखि लेकसम्मको भूभागलाई समेटिएको दस गाविस – मेच्छे , चापाखोरी , नारायणस्थान , ठूलो भर्सेल , बोल्देफेदिचे , सरमथली , संर्स्युखर्क , कानपुर , मेथिनकोट , कटुन्जे गाविस तिमाल क्षेत्रमा पर्दछ। झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ। समथल फाँट हुँदै २१ सय मिटर उचाईसम्म रहेको तिमालमा उच्च पहाडी भेगको पहाड , पर्वत , हिमश्रृङ्खला , हरियाली जंगल , सुनकोशी नदी , रोशी खोला , वनबुट्यान र स-साना चउर र खेतबारीले जो-कोहीको मन नलोभ्याउला भन्न सकिन्न | तामाङ जातिको वाहुल्य रहेको यस क्षेत्रमा तामाङबाहेक ब्राम्हण , क्षेत्री , नेवार , मगर , दमै , कामी , ठकुरी , सार्की , दनुवारजस्ता जातिहरूको समेत बसोबास रहेको छ। जातीय हिसाबले समेत विविधता रहेको यस क्षेत्र धार्मिक हिसाबले समेत प्रख

तामाङहरुको पर्व तिमालजात्रा (Tamang Festivals Temal jatra)

Image
तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो- तिमालजात्रा। चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो। तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला , सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्।यद्यपि जात्रामा नेपालका साथै भारत , बर्मा , भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन्। यस जात्राको उत्पत्तिका सम्बन्धमा खोजी गर्दा ठोस प्रमाण र तर्कपूर्ण किंबदन्ती अझै पाउन सकिएको छैन। तर जेजति प्राप्त भएका छन् , त्यसका अनुसार यस जात्राको उत्पत्ति काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न

(तामाङ कथन)Statement Tamang

Image
तामाङ जाति मंगोल वंशका हुनाले चीनबाट महामञ्जुश्रीआर्य काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृश्टिकोणबाट विश्लेषण गर्दा मञ्जुश्री सगैँ काठमाडौँ आई बसोवास गर्ने पहिलो आदिवासी नै तामाङ्गहरू हुनसक्छ भन्ने तर्क अर्कोतिर रहेको छ। तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४०मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत् बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए। तत् पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत् फर्केका थिए। उनीसँग आएका घोडाचढी सेना हरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ। त्यसैगरि अशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए। धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा श्रङचङ गम

(तामाङ जातिको इतिहास)Tamang History

Image
तामाङ जातीको इतिहास तामाङ इतिहासःरचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यहीकाल खण्‍डमा , यही देश र प्रदेशबाट वतमान तामाङहरूको आदिम थलो रहेको भूभागहरूस‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गन सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गव गदछन्। यस्‍तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालदकाएक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन। तामाङ जाति , तामाङ राज्‍य वा अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन , पुर्ब लिच्‍छवि काल , उत्‍तर लिच्‍छवि काल , मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन। नेपालका शासक जातिहरूका तामाङहरूलाई राजनैतिक , आथिक , सामाजिक , सांस्‍कृतिक , धामिक , शैक्षीक , भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस , शोषण दमन र उत्‍पीडन गरी आएका छन् जो वर्तमानसम्‍म निरन्‍तर चलिरहेकै छ। सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्‍त्री , समाजशास्‍त्री , भाषाशास्‍त्रीहरूले लेखेको रचना तथा सामन्‍ती राज्‍यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्‍नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्‌गो