Posts

Showing posts from 2014

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)

Image
यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई ,  झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म ,  रोग ब्याधा ,  बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता ,  एकअर्कालाई मारेर खानुपर्ने ,  मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु प

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

Image
तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन हिन्दू समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिवर्तन हुँदैन। ऊ जुन थर (कुल) मा जन्मेकी हुन्छे , उसै थरमा जीवनभर रहन्छे , जस्तै ‘ मोक्तान ’ थरकी चेली ‘ योन्जन ’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘ योन्जन ’ हुँदैन , तामाङ सामाजिक नियम अनुसार ऊ ‘ मोक्तान ’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमान्को घरका सदस्यले उसलाइ सम्बोधन गर्दा ‘ मोक्तानस्या ’ ( मोक्ताननी) भनेर बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आनो थर हुन्छ। (यो लेख सर्वप्रथम जेष्ठ , २०४९ मा प्रकाशित भएको हो। नारी दिवसको सन्दर्भमा फेसबुकका पाठकहरुका लागि प्रस्तुत गर्दछु।) मानिस सामाजिक तथा चेतनशील प्राणी हो। प्रजाति , उपजाति , जाति र सहजातिमा विभाजित मानव समाजको आआफ्नै मौलिक सांस्कृतिक परम्परा , मान्यता तथा मूल्यहरु हुन्छन्। यहाँ तामाङ समाजमा स्थापित सांस्कृतिक मूल्य , मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व बारेमा छोटो विवेचना गरी तामाङ महिलाको अधिकारबोधबारे सचेत गराउने प्रयास भएको छ। हिन्दू समाजको दबावले हो वा प्रभावले हो वा अज्ञानताले हो , हाल तामाङ छोरी

तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे

Image
साभार:-  Sanchu Blon Tamang तामाङ ग्योइला थुमरि गोर्गिक डान्तोबा रे | तिनी कातिर्क १ गते । तामाङ लेखनला ऐतिहासिक रे हिन्ना । तामाङ ग्योइ लेखन दिवस बिसी दाङ्बा प्रस्ताव तामाङ साहित्य एकेडेमिसे चु ङच्छान लाबा मुला । चु प्रस्तवा निबा दिङ ङि ङाच्छान एकेडेमिसे लाबा हिन्ना । बि.स १९८९ कार्तिक १ सोमबार कुनु गोर्खापत्र स्योस्योरि तामाङ ग्योइला गिक्छा थेन आधिकारिक प्रकाशन ताबा मुबा । थे दुइरि तामाङ ग्योइरि तत्कालिन ग्रेनलोन्पोला भाषण दा गोर्खापत्र स्योस्यो छिबाला मुबा । त िनी बिमा बोगाल ब्लिसे ङि (८२) दिङ ङाछा तत्कालिन ग्रेनलोन्पो जुद्धशम्सेर राणासे वि.सं. १९८९ अशोज ३१ गते पिन्बा भाषण ला सारदा ल्होलोल्होलो आमाग्योइरि मुबा । ‘ तामाङ ग्योइरि न ब्रि , तामाङ ग्योइदा सोनालाइ बिबा नाराला छ्यामरि तिनी सामाजिक सन्जलका देरि तामाङकादेसे सन्देश प्रभाह लासि चिबा मुला । तामाङ लेखन आन्दोलन ङाच्छा बोर्गे , तामाङ ग्योइरिन साहित्य सिर्जना , आमाग्योइला विकासरि बो किन्गे , तामाङ ग्योइ छार पुस्तादा हस्तान्तरण दा ’ बिबा नाराला छ्यामरि तिनीला रेदा तामाङ ग्योइ थेन ग्योइकाइदा क्षेत्र रि गे लाबा

संघीयताका अन्तर्राष्ट्रिय अनुभव

साभारः  Amrit Lopchan Tamang डा. मंगलसिद्धि मानन्धर   mangalsidhi अन्तरिम संविधानले २०६३ सालमा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको थियो । त्यसअनुसार पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले पहिचानलाई प्रमुख आधार र सामथ्र्यलाई सहायक आधार मानेर १४ प्रदेशको प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसरी नै ढिलै भए पनि २०६८ मंसिर ६ को मन्त्रिपरिषद् निर्णयअनुसार राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग गठन भयो । त्यसले पनि पहिचानलाई नै प्रमुख आधार बनाई १० प्रदेशको प्रस्ताव अगाडि सार्‍यो । आयोगले थप एक गैरभौगोलिक दलित प्रदेश पनि प्रस्ताव गर्‍यो । तर उल्लिखित प्रस्तावहरूप्रति पार्टीहरूबीच सहमति हुनसकेन । मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसले तीव्र रूपमा असहमति जनाए । तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओवादीले कुनै पनि प्रस्तावलाई प्रक्रियामा लगेर मतदान गराएन । सहमतिमै संविधान बनाउने आशयले संविधान लेखन अधुरै छाडियो । दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो पार्टीहरूको रूपमा स्थापित भए । दुवैको सं

तामाङ ब्यक्ति परिचय स्तम्भ (थाहा पाई राखौ,चिनौ)

Image
अबिरल अटल निरन्तरःसुलोचना थिङ Sulochana Theeng Tamang ( के गर्नु हुन्छःयो पोस्टलाई लाईक , सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी गराउ र प्रोत्साहित गरौ) तामाङहरुको कुरा खासै संचार माध्यममा त्यति आउदैनन र तामाङ सन्चारकर्मीहरु पनि अहिले केहि बढे पनि यात्रा निकै कठिन नै छ।एउटा तामाङ सन्चारकर्मी भए पछि नियमित पत्रकारिताको चुनौतीहरु मात्र सामना गर्नु नपरी थप अपेक्षा , भ्रम चिर्ने , बुझाउने चुनौतीहरु पनि पक्कै रहन्छ।अझ महिलाको सङख्या त अझ कम छ।यी र यस्ता सबै चुनौतीलाई पार गर्दै हाम्रा एक चेली पनि करिब १५-१६ बर्ष देखी बिधुतिय संचार माध्यममा बिभिन्न कुराहरुलाई पार गर्दै दुर्घटनालाई पनि पर्बाह नगरी निरन्तर रुपमा अगाडि बढदै बिगत लामो समय देखी तामाङ र आदबासी मात्र नभई नेपालकै सम्रग संगित र संचार क्षेत्रलाई योगदान दिदै तामाङको नाम उँचो बनाउने काम गर्दै आउनु भएको छ। उहाँले बालबलिकाको क्षेत्र मार्फत समाज सेबा पनि गर्दै आउनु भएको छ।उहाँले धर्म अध्ययनमा पनि स्ताकोत्तर गर्नु भएको छ।उहाँले नेपालको प्रमुख सन्चार माध्यमहरु काम गरि सक्नु भएको छ। हाल मुख्य executive को रुपमा कार्यर

बिमलाको मेडल,तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना

Image
साभारः  जनजाति डटनेट लेख-बिश्लेषण-- बिमला  तामाङ बिमलाको मेडल , तामाङ जातिको कथा र नेपालको ओल्म्पिक मेडलको सपना ( सबै तामाङले पढ्नु होला।प्रतिक्रिया दिनु होला। Share गर्नु होला।लामो भए पनि सबैले पढ्नु होला।महसुस गरौ।) अरुले भन्दा पनि यी कुराहरु तामाङले बुझ्नु पर्ने छ ।जुन दिन हामीले बुझ्ने छौ कसैले रोक्न सक्ने छैनन हामीलाई र हाम्रा प्रतिभाहरुले हराएर जानु पर्ने बाताबरण हट्ने छ।उचित कदर हुनेछ।समृद्द हुने छ।तामाङ १७ लाख जनसङख्या भएको जाति हो।१०-१२ भोटले जितेर जनता माथि राज गरिने परिपेक्षमा हामीले कुरा बुझे कसै सामु मागिरहनु पर्ने जरुरत नै पर्ने छन वा जातिय रुपमा बिभेद हुने स्थिति हुने छैन। हाईलाईट “ राज्यले पठाउने बेला त आफ्नो कर्तब्य निर्बाह गर्न सकेन अब उनलाई उचित सम्मान पुरुस्कार दिएर प्रस्याताप गर्नु पर्छ।१९ बर्षिय तामाङले सहि वाताबरण पाए कम्तिमा ३-४ वटा त ओल्म्पिक नै खेल्न सक्छिन मेडल जित्न सक्छिन(ओल्म्पिकमा पनि एसियाई खेलाडीले नै गोल्ड मेडल जितिरहेकी छन तसर्थ त्यति टाढा छैन)। राज्यले अहिले सम्मान गरि त्यसको लागि दिर्धकालिन योजना बनावोस।मिसन ओल्म्पिक २०१६ बन