(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)
यो शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई , झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म , रोग ब्याधा , बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता , एकअर्कालाई मारेर खानुपर्ने , मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु प