Posts

Showing posts from July, 2014

तथ्याङ्क दिन चाहेको छैन ।

तामाङ जातीको जनसंख्या ! श्री ५ को सरकार र हाल नेपाल सरकारले प्रत्यक १०-१० बर्षमा सम्पन्न गर्ने राष्ट्रिय जनगणना २०५८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्या २ करोड ३१ लाख रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अझै पनि नेपालमा बसोबास गर्ने बिबिध जातजातिहरुबारे कुन जातिको जनसंख्या कती छ भनेर तत्कालिन वा बर्तमान सरकारले सही तथ्याङ्क दिन चाहेको छैन । नेपालको आदिवासी तामाङ जाती पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएर बसोबास गर्दै आइरहेको एतिहासिक पृष्ठभूमी रहेको छ । नेपाल सरकारको २०४८ सालको जनगणनाअनुसार तामाङ जातिको कुल जनसंख्या १० , १८ , २५२ रहेको देखिन्छ भने प्रत्यक १०-१० बर्षपछी गरिने जनगणनामा २०५८ सालको तथ्याङ्कअनुसार तामाङ जातिको जनसंख्या १२ , ८२ , ३०४ मध्य तामाङ जातिको जनसंख्या १५ लाख ३९ हजार ८३० देखाएका छन । यो जनगणनाले पनि तामाङ जातिको सही जनसंख्याको तथ्याङ्क दिन सकेन । वास्तबमा तामाङ जातिको जनसंख्या निश्चितरुपमा ३० लाख भन्दा माथि हुनुपर्दछ । तर यती धेरै अन्तर क-कसको गल्तिले हुँदै छ ? ति पाखण्डी राणाशासकहरुको निरङ्कुश राज्यब्याबस्थाको निले गर्दा नेपालबाट भारत गएर बसोबास गर

ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा

Image
मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको , आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै , नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको , ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्य

तामाङलाई ह्योल्मो बनाउने अभियान चुनौतीको रुपमा आएको छ

भरतपुर नगरपालिका ११ , प्रगतिपथका सुर्य प्रकाश लामा हाल भरतपुर नगरपालिकामार् इन्जिनियरको रूपमा कार्यरत छन् । पुर्ख्र्यौली थलो सिन्धुपाल्चोक रहे पनि बुबाको पालामा सिन्धुपाल्चोकको कच्छीबाट दार्जिलिङ बसाइँ सरेका थिए । पछि वि.सं. २०२१/२२ सालमा चितवनमा सरेको लामा बताउँछन् । उनले स्कूल लेभलसम्मको पढाइ चितवनबाटै पूरा गरेका थिए । डिप्लोमा पोखराबाट र व्याचलर एक्मी इन्जिनियरिङ कलेज काठमाडौंबाट २०६६ मा पूरा गरेका हुन् । भरतपुर नगर तामाङ समाजको सह-सचिव लगायत विभिन्न सङ्घसंस्थामा आवद्ध लामासँग चितवनका तामाङ समुदायमा केन्द्रित रहेर गरिएको कुराकानीः कस्तो हुँदैछ कामको अनुभव ? अफिसियल काम हो , राम्रै भईरहेको छ । भरतपुर नगरपालिकामा तामाङको मात्र नभएर जनजातिहरूबाटै पनि कोही छैन मेरो (अधिकृत) लेभलको पोष्टमा रहेर काम गर्ने । जनजातिबाट म मात्रै छु , अन्य सबै कर्मचारी गैरजनजाति समुदायका छन् । चितवनको तामाङहरूको बसाइको बारेमा केहि जानकारी गराइदिनुस न । चितवनको इतिहास दुई किसिमको छ । नौ वटा गाविसहरू पहाडी गाविसमा पर्छन् । चितवन भन्ने वित्तिकै सुगम र सम्म भन्ने बुझाइ रहेको हुन्छ । तर ती नौ वटा गाविसहरू

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता - राम तामाङ तामाङहरु नेपालको पूरानो आदिबासी जातिहरुमध्ये एक हो । तामाङहरुको भाषा , धर्म , कला र संस्कृति प्रति तामाङहरुले गर्व गर्नु पर्ने तुप्रै पक्षहरु छन र यहाँ सुधार गरिनु पर्ने केहि धार्मिक र साँस्कृतिक परम्पराहरुको बारेमा छोटकरीमा विवेचना गरिने छ।) एउटा खुल्ला समाजमा हरेक ब्यक्तिलाई आफनो जीवनमा कुनै धर्म मान्ने वा नमान्ने पूर्ण स्वतन्त्रता हुन्छ । आफु जन्मेको परिवारमा परम्परागत रुपमा मानिआएको धर्मलाईनै निरन्तरता दिन पनि सक्छन् वा अरुनै धर्मको अनुशरण गर्न पनि सक्छन् यी सबै व्यक्तिगत रोजाईका कुराहरु हुन र यो स्वतन्त्रतालाई समाजले मान्यता दिनु पर्दछ । यदि कुनै धर्मको अनुशरण गर्छन भने आफुले रोजेको धर्मको बारेमा जानेर , बुझेर उक्त धर्ममा प्रवेश गर्नु र सोही धर्मको नीति , नियम भित्र अडिक रहेर शुद्ध मन , वचन र कर्मले धर्मको अभ्यास गर्नु महत्वपूर्ण हुन्छ। कुनै धर्ममा आश्था राख्दछ भने त्यसमा विश्वास गर्नु पर्छ । आफनो धर्मले निषेध गरेको गतिविधिमा लाग्नु धर्म प्रतिको अनादर हो , धर्मले देखाएको बाटोको अनुशरण गर्नु र आफनो धर्म अनुशारक

आदिवासीवाद के हो ?

आदिवासीवादले १. सामान्तवाद , पितृसत्तावाद , जातीयवाद , मनुवाद , साम्रज्यवाद , उदारवाद ÷ नवउदारवाद र सबै प्रकारको हैकमवाद , अधिनायकवाद र उपनिवेसवादबाट मुक्तिका साथै आदिवासी जनजातिको समुहिक जिवन पद्धति र उत्पिडीत जनताको मौलिक जिवनशैलीलाई सवाल , प्रतिस्ठापुर्ण र समृद्ध बनाउने छ । २. जन्मको आधारमा हुने बिशिष्ट – निकृष्ट , उच्च – निच , चोखो – बिटुलो जस्ता धार्मिक , आध्यात्मीक , दार्शनिक र लौकिक मान्यता , मुल्य , मापदण्ड , निति , दृष्टीकोण , मनुबृत्ति र ब्यवहार पुर्णतय अमान्य , अस्वीकार्य र दुरुत्साहित गर्दछ । ३. कुनै पनि समुदायको बिशिष्ट पहिचानको सम्मान , बिविधता , सहअस्तित्व र आत्मनिर्णयको अभ्यासलाई प्रवद्र्धन गर्दछ । ४. सामुहिक र ब्यक्तिगत मानव अधिकारको सम्मान गर्दछ । ५. आत्मनिर्णयको अधिकार , स्वायत्तता र स्वशासनको सुनिस्चीतता गर्दछ । ६. स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी ९ँचभभ उचष्यच बलम ष्लायच m भम अयलकभलत० को पालना हुने छ । ७. भुमि भुभाग तथा श्रोतमा स्वामित्व र नियन्त्रणलाई एैन कानुन बनाई ब्यवस्थित गरिने छ । ८. कुनै पनि समुदायको प्रथा जन्य कानुन र संस्थाहरुको प्

तामसालीङ स्वायत प्रदेश बहु पहिचान नै हो ।

Image
तामसालीङ स्वायत प्रदेश बहु पहिचान नै हो । शब्दकै कुरा गर्ने हो भने "तामसालीङ" तामाङ भाषा अन्तर्गतको शब्द हो भने "स्वायत प्रदेश" खस भाषाको शब्द हो त्यसैले प्रदेशको नाम राख्दा "तामसालीङ स्वायत प्रदेश" भन्नु तामाङ र खस भाषा दुबै मिसिएको छ । यसकारण शब्दको हिसाबमा यो बहु पहिचान नै हो । २४१ बर्ष देखी नेपाल एकल पहिचानमा थियो एक मात्रा जाती बाहुन राज्यको प्रमुख अङगहरुमा कब्जा गरेर बस्यो त्यही जातिको धर्म हिन्दू धर्म राष्ट्रिय धर्म बनाइयो । त्यही जातिको मात्रीभाषा खस भाषा मात्रा पठनपाठनमा ल्याइयो । त्यही जातिले मान्ने चाड पर्वहरुलाई मात्रा राष्ट्रिय बिदा दिएर जबर्जस्ती अरु माथि लादियो । त्यही जातिले लाउने पोषाकलाई मात्र राष्ट्रिय पोशाक बनाइयो । आदिबासी भाषा "चोमोलोङमो" लाई बिस्थापित गरेर खस भाषामा सगरमाथा भनियो "ज्योमोगाङ" लाई हिमाल भनियो तामाङहरुले आफु बसेको ठाउको नाम "याम्बु" भन्थ्यो त्यसलाई कान्तिपुर भन्दै अहिले काठमाण्डौ भनियो । "खोपाङ्" लाई भाद्गाउ भन्दै अहिले भक्तपुर भनियो । हुँदा हुँदै नदी नालाको नाम पनि ख